जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, December 22, 2010

महिला कामदारलाई कोठामा थुनेर यातना

- मोहन भट्टराई
मोरङको टंकी बाँसबारीस्थित न्यु गि्रन रेस्टुरेन्टकी सञ्चालिका आसु लामाले रेस्टुरेन्टमा कार्यरत एक महिला कामदारलाई चरम यातना दिएकी छिन् । उनले आफ्नै रेस्टुरेन्टमा कार्यरत अमृता लामालाई चोरीको आरोप लगाउँदै कोठामा थुनेर यातना दिएकी हुन् ।
कुटपिटबाट लामाको दाहिने हात भाँचिएको छ । सञ्चालिका लामाले आफ्नो डिजिटल क्यामेरा र भाइ रुद्रको मोबाइल चोरेको आरोप लगाएर शनिबार कुटपिट गरेको पीडित अमृताले बताइन् । अमृताका अनुसार लामाले ज्योतिषीलाई हेराउँदा अमृताले चोरको बताएपछि उनलाई यातना दिएका हुन् । 'ज्योतिषीले मैले चोरेको देखाएपछि ढोका थुनेर दिदीभाइले मुङ्ग्रोले हिर्काएर हातै भाँचिदिए,' अमृताले भाँचिएको हात देखाउँदै भनिन् । कुटपिटबाट उनको देब्रेहात भाँचिएको छ भने दाहिनेहात, घुँडा, ढाड र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । अमृता पीडकलाई कारबाहीका लागि शरीरभरि चोट लिएर भौँतारिइरहेकी छिन् । आसु र उनका भाइले आफ्नो सात वर्षको छोरालाई अपहरण गर्ने धम्कीसमेत दिएको बताइन् । 'तेरो नानीलाई अपहरण गरी तँलाई मारिदिन्छौँ भनेका छन्,' उनले भनिन्, 'मलाई बचाइदिनु पर्‍यो ।'
लामाले ६ महिना काम गरेको तलबसमेत नदिएको अमृताले बताइन् । 'अहिलेसम्म (६ महिना) काम गरेको पैसा पनि दिएका छैनन्,' उनले भनिन्, 'महिनाको दुई हजार पाँच सय दिने भनेको थियो, अहिलेसम्ममा मलाई पटक-पटक गरी जम्मा चार हजार मात्र दिएका छन् ।'
रेस्टुरेन्ट सञ्चालिका लामालाई सोमबार राति अबेरसम्म सम्पर्क गर्न खोज्दा मोबाइल स्विचअफ थियो । उनका व्यावसायिक साझेदार बुद्धिमान राजवंशीले भने यस विषयमा केही बोल्न चाहेनन् । 'मलाई यसबारे केही थाहा छैन,' उनले भने, 'सबै कुरा आसुलाई नै सोध्नोस् ।' महिला पुनस्र्थापना केन्द्र विराटनगरले अमृतालाई न्याय दिलाउन कानुनी सहायता दिने जनाएको छ । 'हामी उनलाई कानुनी सहायता र औषधि उपचार गर्न नसक्ने अवस्था भए त्यसका लागि पहल गरिदिन सक्छौँ,' ओरेककी कार्यक्रम संयोजक मन्जिता उपाध्यायले भनिन् ।

1 comment:

  1. म एडम्स KEVIN, Aiico बीमा plc को एक प्रतिनिधि, हामी भरोसा र एक ऋण बाहिर दिन मा व्यक्तिगत मतभेद आदर। हामी ऋण चासो दर को 2% प्रदान गर्नेछ। तपाईं यस व्यवसाय मा चासो हो भने अब आफ्नो ऋण कागजातहरू ठीक जारी हस्तांतरण ई-मेल (adams.credi@gmail.com) गरेर हामीलाई सम्पर्क। Plc.you पनि इमेल गरेर हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ तपाईं aiico बीमा गर्न धेरै स्वागत छ भने व्यापार वा स्कूल स्थापित गर्न एक ऋण आवश्यकता हो (aiicco_insuranceplc@yahoo.com) हामी सन्तुलन स्थानान्तरण अनुरोध गर्न सक्छौं पहिलो हप्ता।

    व्यक्तिगत व्यवसायका लागि ऋण चाहिन्छ? तपाईं आफ्नो इमेल संपर्क भने उपरोक्त तुरुन्तै आफ्नो ऋण स्थानान्तरण प्रक्रिया गर्न
    ठीक।

    ReplyDelete