- सुभद्रा भण्डारी, काठमाण्डौ, हाल इजरायल
बाँचे त संसार देख्न पाइन्छ, चित्र बिचित्र देख्न र सुन्न पाइन्छ, मरे त सकियो संसार ? लामो समयको बिश्राम पछि आजको यो बसिबियालोमा २ शब्द कोर्न मन लाग्यो, मनमा छचल्किएका भाबनाहरु समेट्दै यहाँ पस्किने जमर्को गरेकी छु । हरेक प्राणी जन्मिदा जन्मसंगै मुत्यु पनि लिएर जन्मेको हुन्छ, नाङो शरिर, अचेतन मन, अनि सुक्ष्म प्राणिको रुपमा जन्मिने मानब जाति ठुलो सौभाग्य स्वरुप सजिब प्राणीहरुको अग्रपङ्तिमा सर्बश्रेस्ठ साबित उभिएको छ । अचेत र सुन्यतामा हरेक शिशु भबिष्यको कल्पना बिना नै धर्तीमा पाइला टेक्छ, जन्मिदै भरिएको दिमाग र सिङ्गारिएको संसार लिएर आउदैन जो कोही पनि,,? थोपा थोपा मिलेर घैला भरिए झै, अनी

घैला भरिनको लागि घैला सहि ठाँउमा थाप्नुको रहस्य रहे झै ? शिशुदेखि बालक, बालक देखि बयस्क अनि असल नागरिकको नामले परिचित हुन परिवार, समाज र सिङ्गो राष्ट्रकै महत्वपुर्ण भूमिका रहेको हुन्छ । हरेक राष्ट्रको आ-आफ्नै धर्म सँस्कृति, परम्परा, भाषा भेषभुषा र त्यसको महत्व हुन्छ । पुर्खाले कल्पना समेत गर्न नसकेका आधुनिक आबिस्कारको साथै दिन प्रतिदिन नयाँ खोज र सोंचमा भौतारिरहने मानब जातिको बिकाशको क्रममा एउटा सानो भुभागलाई आफ्नो परिचय दिन सफल देशहरु मध्ये नेपाल पनि बिश्वको नक्सामा चित्रित प्राकृतिक छबीले नै परिचित देश हो ।
-------------------------त्यही नेपाल नामले चिनिने राष्ट्रको त्रिशुलीको बगरदेखि उकालो लम्किदै जाँदा-जाँदा बीच बाटोमा पर्ने चौतारी देउरालीसंगै पिरती गाँस्दै, माया साट्दै अनि मनमा श्रृजित भाबनाहरु त्यहि मौन प्रकृतिसँग जुनेली खेल्दै लम्किदा लम्किदा आउने धेरै टाढाको सुन्यतामा दियालो चम्किरहेको बस्ती हो मेरो गाँउ । अशिक्षाको अन्धकारमा कुसँस्कारले ग्रसित, नारी-पुरुष, धनी-गरिब ,अनि जातिय भेदभाव र छुवाछुतमा अल्झिएर ठुलो गर्हा मा गहिरो जरा फिजाउन सफल त्यही हो मेरो समाज । पुरुषको नाममा महिलाको सौभाग्य उजाड्ने, आमाले छोरीको मर्म नबुझ्ने, बिधुवाको नाममा आरोपित बद्नाम र यातना श्रृजित गर्न खप्पिस, नारीले नारीको घोर अन्याय गर्न सफल त्यही अन्यायी रोगले ग्रसित हो मेरो समाज । धनीले गरिबलाई सोसिरहेको, मोटोले दुब्लोलाई डसिरहेको जुकाले रगत चुसे झैं परिश्रम चुसिरहेको सँगम हुनै नसक्ने २ नदीको किनार झै छुटिएको दुरी हो मेरो समाज । काँध थाप्ने लाशमा, मरेपछि पिम्डको आशमा, छोरो नै जन्माउनु पर्ने परम्परामा ग्रसित छोरोबादी हो मेरो समाज । शिक्षालाई भन्दा दाईजोलाई जोड, कमी भयो भने बिग्रिने मोड, यता नी छैन, उता नि भएन, नारीको जिन्दगी सधैं नै बोर, यस्ता बिबशता नबुझ्ने घोर अपराधी हो मेरो समाज ।
------------------------भनिन्छ सुनाई र भोगाइमा धेरै फरक हुन्छ भनेर, जसले सुनेको मात्र हुन्छ उसँग भोगाइको अनुभुती हुदैन, जसले भोगेको हुन्छ उसलाई राम्रोसँग भोगाइको अनुभब पनि हुन्छ । हाम्रो समाजमा गरिने बिबिध बिभेदहरु अनि बिशेष गरी नारी र पुरुषबीचको भेदभाबलाई लिएर म सानो हुँदा निक्कै कल्पनामा बहने गर्थे अनि आफैसँग धेरै प्रश्न सोध्ने गर्थे र भगवानलाई पनि एकोहोरो सोधाइ सोधिरहन्थे तर कदापी सहि जवाफ पाउन सकिन, सदा मैले नितान्त एकोहोरो प्रश्न सोधिरहे, मात्र सोधिरहे ?? हरेक बहानामा गरिने महिला हिँसा देखेर आफ्नो परम्परादेखि धिक्क्कार लाग्थ्यो र बुढापाकालाई सोध्ने गर्थे, यो चलन कसले बनाएको, जबाफमा भगवानको पालादेखि चलिआएको भन्ने उत्तर पाउँथे, फेरी मलाई भगवान पनि कति पक्षपाति भनेर भगवानसँग जलन हुन्थ्यो र आफैलाई सोध्थे, किन होला हामी नारीप्रति भगवान पनि यति निस्ठूरी ,? गाँउमा उकाली, ओराली देउराली, चौतारीसँग रुँदै पुकार्ने गर्थे, दुख सुख साट्ने गर्थे, त्यो अन्यायी समाजभन्दा त्यही सुन्दर मुकदर्शक देउराली, भन्ज्याङ्ग नै प्यारो लाग्थ्यो मलाई । आकाशमा उड्ने चरीलाई हेर्दै कल्पिन्थें म, कमसेकम खुला आकाशको स्वतन्त्र दुनियाँमा त बाँच्न पाएको छ त्यो चरीले ,,? न त कुनै भेदभाब न त कुनै पक्षपात नेपालका नारी जाति भन्दा त त्यही चरीको जिन्दगी शान्त र शुसिल लाग्थ्यो मलाई ? अनाबस्यक इज्जतको नाममा हजारौ बिकाशका प्रतिस्पर्धी बिजहरु त्यसै ओइलाएर मरिरहेको हुन्थ्यो तर पनि त्यो मेरो समाज कदापी बुझ्ने कोशिस गर्दैनथ्यो । जातको कलङकित नाममा बगैचामा ढकमक्क फुलेको फुललाई निमोठेर अबोध मुर्तीलाई चढाए झै मायाको निशानीसंगै सङ्गालिएका हजार सपना, काँचको कचौरी फुटेर टुक्रा टुक्रा भए झैं मुटु छिया छिया हुने गरी टुटाइदिन्छ समाजले र सम्पूर्ण दोशको जिम्मेवार नारीमाथी नै थुपारिन्छ, यती बेला भुलिदिन्छ समाजले पुरुषको पनि बराबर हात थामिएको हुन्छ भन्ने कुरा ? धनी र गरीबको बिशाल पर्खाल उभिएकै कारण गरिब सधै चपेटामा चेपिरहेको हुन्छ, माइती गरिब भएकै कारण हजारौ नारीहरु यातनाको शिकार भोग्दै, सासु, लोग्ने र पुरै परिवारबाट अपहेलित हुनुपरेको यथार्थ सत्य प्रमाणहरु थुप्रै देखिन्छन् हाम्रो समाजमा । कुनै नारी कुशल घर घरानमा नजन्मिनु, बाबा आमा गुमाउनु, दाजुभाइ बिहिन हुनु वा गरिब आमाको कोखमा जन्म लिनुमा उनको के दोस हुन्छ र ? तर, हाम्रो समाज सम्मानको बदला तिरस्कार दिन तम्सिरहेको हुन्छ, कसैकी छोरीलाई सासूले नै बढि हुकुम चलाइरहेकी हुन्छे त आफ्नी छोरी अरुको अन्यायमा पिल्सिरहेकी हुन्छे, यसरी नै घुमिरहेछ समयको चक्र घुमे झै ?
------------------------परिवर्तनलाई रोक्न खोज्नु सुर्यलाई हत्केलाले छेक्न खोज्नु जस्तै हो, यो कदापी सम्भब हुदैन, अधिकार मागेर पाइदैन भने लडेर पनि लिन सिक्नु पर्छ, अन्याय गर्नु महापाप हो भने सहनु पनि अपराध हो । समयको मागसंगै परिवर्तन पनि बिस्तारै पाइला सार्दै अगाडि बढ्दो रहेछ, आज परिस्थितीले मोड आधुनिक बिकाससंगै मोडिसकेको छ । हिजो अन्याय र अत्याचार गर्दै दबाउने पिपासुहरु आज मलिन मुद्रामा हार्दै दिनप्रतिदिन प्रायश्चित पनि गर्दैछन् । समयको मागसंगै नेपाली महिलाहरु पनि जागरुक हुँदै पुरुष सरह प्रतिश्पर्धा गर्दै आफुलाई पुरुषसँग दाँज्न थाले, पुरुषले गरेको संम्भबत सबै काम काँध थाप्न तयार भए । जिउँदाको जन्तिदेखि मर्दाको मलामी जानसम्म हिंम्मत कसे । देशमा दिन-दिन बढिरहेको हत्या, हिंम्सा बेरोजगार र महङ्गी संगै चेपिएका सारा नेपालीको मार्मिक पिडालाई मध्यानजर गर्दै नेपाली नारीहरु पनि रोजगारको लागि पर्देशको यात्रा रोज्न थाले
। त्यही हाम्रो भ्रामिक समाजबाट उछिट्टिएर रोजगारको खोजिमा पर्देशमा पसिना बगाइरहेका हजारौं नेपाली चेलीहरुसँग आ-आफ्नै कथा ब्यथा र बेदनाले छाति रङ्गिएको छ । नेपालमा हजार पिंडा सङ्गालेर मर्नु न बाच्नुको दोसादमा अल्झिएका नारीहरु आफ्नै नेपाली रगत {दलाल} को झुटो आस्वाशन र लाल्छनाले कति नारकिय जीवन भोगिरहेका छन् त कति पर्देशमा रुँदै आफ्नै आँखामा आफै बलात्कृत हुन बिबश छन् । खुशीको साटो बेदना र आँशु उपहार बटुल्न वाध्य छन् । प्रत्येक दिन जसो साउदी, कुबेत,बहराइन,लेबनेन जस्ता खाडी मुलुकमा नेपाली नारीहरुले भोगेको पिडादायी दिनचर्याको साथमा दुखद समाचार बढिरहेको सुनिन्छ । सुन्नेले बिचरा भन्ला, पढ्नेले २ शव्द लेखिहाल्न पनि सक्छ, आफन्त र नातगोताले त तिरस्कार नै गर्न सक्छन् तर दुख्नेलाई घाउमा पट्टी लगाउने कोही हुदैन, कुनै पनि महिला नागरिकता वा पासपोर्ट बनाउन जाँदा अभिवाबकको अनुमती अनिवार्य हुनुपर्छ । त्यही अभिवाबकको गलत निर्णयकै कारण पनि कति महिलाहरु नारकिय जीवनसम्म पुगेका छन् । नेपाल सरकार त मुकदर्शक भई मात्र सुनिरहन्छ, हेरिरहन्छ,, आफ्नै पुत्ला जलिसक्दा पनि शरम पचाएर कुर्सिको लोभमा नाचिरहन्छ । देशमा आज यो कुर्सीको खेल नभइदिएको भए नाताबाद र पैसाको चलखेलले सत्ता नजमाएको भए आज यो तमाम युवा शक्ति बिदेश पलायन हुने थिएन । हुने बिरुवाको चिल्लो पात भने झै उच्च बर्गका महिलाहरु यूरोपतिर नै टाप कसे, धेरै दु:ख सुख गरी आफ्नै देशमा बसे त कसैले बिबशतालाई अङ्गाल्दै खाँडीमुलुकतिर पनि यात्रा रोजे । मध्यम बर्गिय महिलाहरु जापान, कोरिया, हङकङ र इजरायल जस्ता देशतिर लम्किए । बिदेश लाग्ने मनशाय नै हो भने नेपाली दिदी बहिनीहरुले उचित ज्ञान, शिप र सुरक्षित बाटो अपनाउनु आबश्यक देखिन्छ ।
--------------------महिलाहरुको लागि बिदेश यात्रा नै अशुरक्षित भन्ने भ्रमले नेपाली समाजमा ठुलै डेरा जमाएको देखिन्छ, हिजो आज इजरायलको रोजगारसँग नेपाली नारीहरुको ठुलै चर्चा-परिचर्चा गरिन्छ हाम्रो समाजमा । इजरायलमा केही बर्षदेखि रोजगार पाउन थालेका नेपालीहरु मध्ये ८० प्रतिशत नेपाली महिलाहरु यहाँको रोजगारमा संलग्न रहेको अनुमान गरिएको छ । इजयायलको रोजगारमा आउन चाहने र मन लोभ्याउनेहरुको धुइरो नगन्य छन् । मानब अधिकारसंगै महिलाको सम्पुर्ण हक सुरक्षित र कडा कानुन भएको देश इजरायलको रोजगार नारीहरुको हकमा अपबाद बाहेक असुरक्षित भन्न सक्ने कुनै आधार देखिदैन । प्रसँग यो हो की नेपालदेखि बज्ने टेलिफोनको घन्टीमा होस् या इन्टरनेटमा भेट हुने सहयात्री मित्र सँग ? प्रश्न एउटै केन्द्रबिन्दुमा टुंगिन्छ, महिला कामदारको अवस्था कत्तिको सुरक्षित छ भन्ने बारेमा ?अनबिज्ञहरुलाई जवाफ दिन त खुशी लाग्छ र जवाफ दिन सकिन्छ इजरायलको रोजगारमा महिलाहरुलाई नेपालमा भन्दा चौगुणा सुरक्षित छ भनेर । कतिसँग वास्तविक ज्ञान हुँदा हुँदै पनि बुच पचाएर सोध्ने गर्छन् । लाग्छ , कता -कता समाजमा अझै पनि नारीहरुलाई हेर्ने आँखामा नकारात्मक भ्रमको खेती मौलाइरहे जस्तो ? चसक्क मुटु चस्किन्छ र भन्न मन लाग्छ, परम्परागत औजसी खप्पर जे गरे नी लागिरहने ठक्कर ? तर सामन्तीहरुको दमन सहिरहने र प्रतिकार नगर्ने हो भने चेतनशिल प्राणी हुनुको कुनै औचित्य हुदैन । मुख खुल्ला छ भन्दैमा बोलिहाल्नु र कलम चलाउन जानेको छ भन्दैमा जे पायो त्यही लेखिहाल्नुको परिणाम कहीलेकाही नकारात्मक पनि सक्छ । यदी आफ्नो जन्म दिने आमा, जिवन दिने जीवनसङ्गिनी अनि आफ्नै चेलिबेटीको सुरक्षा र सम्मान दिन कोहि जान्दैन भने त्यो नालायक समाजको कसिंङ्गर हो भन्दा फरक नपर्ला । संसार विश्वासमा अडेको हुन्छ र त्यहि विश्वासको चौतारीमा मात्र मायाको फूलबारी फक्रिन सक्छ । यदि आवाज उठाउन सक्नेले पिंडा र अन्यायमा पिल्सिरहेका अन्यायीहरुको न्यायको लागि २ शब्द खर्च गरिदिए त्यसले महत्वपुर्ण स्थान पाउन सक्छ । कुनै पनि नेपाली महिला इजरायलमा जबर्जस्ती हुनु परेको घटना आज सम्मको तथ्याङ्कमा बिरलै पाइन्छ । खुशी सँग कसैले खुशी साट्छ भने त्यो ब्यक्तिगत अधिकारको साथै दोस्रो पाटो हो । आफ्नो सिंन्दुर पोतेको रक्षा गर्दै प्रत्येक छुट्टीको सदुपयोग आफ्ना साथीहरुसँग बिताउने चेलीहरु धेरै छन् यहाँ, सत्यसाइ केन्द्रमा गएर आफ्नो धर्म र संस्कारको दियो जगाइराख्ने दिदि बहिनी दाजु-भाइहरुको पनि कमी छैन यहाँ ? साना काखे नानीहरुलाई सम्झिदै, तड्पिदै, रुदै पल-पल बिताउने थुप्रै नारीहरु छन् यहाँ । एउटा आमा शिक्षित हुँदा सिंगो परिवारलाई नै टेवा पुगे झै हजारौं आमाहरुले यो पर्देशको भुमिबाटै भएपनि सकारात्मक सन्देश लिएर आफ्नो मातृभुमी फर्किने हो भने आउँदो पुस्ताले ३३ प्रतिशत महिला अधिकारकोलागि युद्द लडिरहनु पर्दैन । फुल पनि सबै सुगन्धित हुन्छन् भन्ने कहाँ हुन्छ र, बासना त आफैले चुम्न सक्नुपर्छ । भागबत् राम गीतामा पनि भनिएको छ, अरुको निन्दा गर्नु कसैको हत्या गर्नु भन्दा ठुलो अपराध हो भनेर ? यसरी सधैं अरुको निन्दा र गिद्दे आँखा लगाउदै जाने प्रबृतिलाई नबदल्ने हो भने हाम्रो समाज सधैं तोते बोली र बामे सराइमा मात्र घिस्रिरन्छ, अल्झिरहन्छ, ठोक्किरहन्छ ।
-----------------घरमा असल गृहिणीको रुपमा नारीलाई हेर्ने चलन पनि नभएको होइन हाम्रो संस्कारमा तर क्षणमै किन टुटाइन्छ नारीका हर इच्छा, सपना र रहरहरु ? जीबनको आधी दोबाटोमा भेट हुने सहयात्रीको नाममा निर्दोश नारीहरुको सिंउदो उजाडिन्छ ? प्राकृतिक अन्जानका सानातिना दोषहरुकै कारण पनि नारीको जीवन अन्धकारमा होमिएको हुन्छ तर किन भनिन्छ नारी र पुरुष १ रथका २ पाङ्ग्रा हुन् भनेर ? समाजको विविध बाँधलाई पार गर्दै नेपाली महिलाहरु पनि बिश्वको बढ्दो बिकाश संगै अघि नबढेका होइन् । असल छोरी, असल पत्नी या असल आमा जुनसुकै परिस्थितीको पनि सामना गर्न सक्ने नारी आकाश, घर सम्हाल्नेदेखि लिएर सन्तान तथा परिवार खुसीको लागि कठोर परिस्थिती पनि सहजै स्वीकार्छन् ? एउटा पुरुषलाई घर छोड्दा जति कठिन हुन्छ, नारीलाई आफ्नो सन्तानसँग छुट्टिदा त्यसको दोब्बर पिेडा हुन्छ , तैपनि देशको नाजुक परिस्थितीको कारण बिश्वको कुनाकुनामा आफ्नो देशको पहिचान दिन पुगेका छन् नेपाली नारीहरु । सासूलाई घरमा खाना बनाउन, मेलापात जान होस् या परिवारको खुशीको लागि प्रदेशिन ? कुन क्षेत्रमा हात फैलाएनन् नारीहरुले ? यो जगतलाई जगाइराख्ने उपहार प्रत्येक दिन नारीले नै दिइरहेका हुन्छन् तर पनि, हाम्रो समाजको नजर अझै नारीको जन्म र पुरुषको जन्ममा बंश धान्ने, कुल थाम्ने जस्ता भ्रामिक कुरामा अल्झिरहेको देखिन्छ तर वास्तविक बंशज त नारीबाट नै पैदा भइरहेको हुन्छ त्यसमा नारी र पुरुषको पाटो बराबर हुन्छ । जन्म अजम्बरी नभई अघोषित मृत्यु पर्खिरहेको हुन्छ हरेक मान्छे । नारी-पुरुष, धनी-गरिब, ठुला-साना सबैको बाटो एउटै स्थानमा टुङ्गिएको छ , त्यो बाटोमा न त कुनै पक्षपात ? न त कुनै भेदभाब ? अब हाम्रै नेपाली जगतलाई सोधेर हेरौ "नारी उपहार की तिरस्कार "???"उपहार की तिरस्कार "???

No comments:
Post a Comment