साधारणतय सबैजसो आमाबाबुले आफ्ना छोराछोरीलाई माया गर्दछन् तर उनीहरुले एउटा प्रमुख कुरो दिन नसकेको जस्तो लाग्छ मलाई । खान, लाउन, शिक्षा-दिक्षा मात्र दिएर छोराछोरीलाई पुग्दैन भन्ने कुरो धेरैले नबुझेको देखिन्छ । माया त घरमा पालेको कुकुरलाई पनि गरिन्छ । तर मायाले मात्रै मान्छेलाई पुग्दैन । मान्छेलाई चाहिने अर्को कुरो हो, आफ्नो तरिकाले जीउने मौका दिनु । छोराछोरीले भनेको
मानेनन् भने हामी विचारसम्म पनि नगरी झड्ङ्ग रिसाउन भ्याइसक्छौं । आफूले अह्राएको नमानेमा गाली गर्ने, कुट्ने आदि गरिन्छ । कति बेलासम्म कुट्नु हुन्छ एकदिन त उसलाई कुट्न नमिल्ने दिन पक्कै आउँछ । यस्तो कुटाइ त केवल उसलाई दादागिरी गर्न खोजेको भएनर ? उनीहरु सप्रिउन् भनेर कुटेको नि भन्ने सबैको एउटै उत्तर हुन्छ तर कुटेर कोही पनि सप्रिदैनन् । कुट्नु भनेको केवल रिस पोख्नु हो । अथवा शक्तिको आधारमा आफूभन्दा कमजोरलाई दबाउनु मात्र हो । जसरी तानाशाहहरुले जनतालाई बन्दुकका आधारमा दबाउँछन्, यो त्यो भन्दा फरक होइन । तेसैले यो दादागिरी बन्द गरिनुपर्छ नत्र भविष्यमा धोका हुन्छ । बच्चा त हो नि भनेर हामी केही विचारै नगरी बोल्छौं, तर्सौंछौं, थर्कौंछौं अनि कुट्छौं पनि । आफू शारिरीक रुपमा कमजोर भएको ठूलै सजाय भोग्नु पर्ने हुन्छ उनीहरुले । एउटा कुरा पक्का हो बच्चाहरु जे मन लाग्यो तेही गर्छन् । उनीहरुलाई, के भइरहेको छ त्योसंग कुनै लिनुदिनु छैन तर यसो भन्दैमा उनीहरुलाई बजाइहाल्न पनि त मिल्दैन । हो यही बजाउने प्रवृत्तिले उनीहरुलाई बा-आमालाई अर्कै दृष्टिले हेर्ने, आफ्नो कुरा कजबचभ नगर्ने जस्ता बानी बसालिदिन्छ । विस्तारै विस्तारै बच्चा र बा-आमाबीचको दूरी बढ्दै जान्छ । एउटा सुखमयी परिवार यसरी भताभुङ्ग हुन्छ ।
यो त भयो बच्चा सानो छँदा उबचभलतक ले गर्ने जबर्जस्ती । जब बच्चा अलि ठूलो हुन्छ तेसबेला उसलाई मन पर्ने विषयमा उसलाई नसघाई चलनचल्तिका विषयहरु पढ्न बाध्य गराई फेरी अर्को जबर्जस्ती गर्छन् बा-आमाले । मानौं कसैको कोखबाट जन्म लिए बापत उनीहरुलाई ठूलै ऋण चुकाउनु पर्छ । छोराछोरी भनेको बा-आमाको सम्पत्ति हैनन् । आफ्नो तरिकाले उपभोग गर्नलाई उनीहरु भनेका आफूमार्फत यस धर्तीमा पदार्पण गरेका हैनन् । किनकी कोही पनि आकाशबाट झर्दैन, प्रकृतिको नियम अनुसार उसलाई २ जनाको सम्भोगमार्फत नै जन्मनु पर्छ, जसलाई उसले पछि बा, आमा भनी बोलाउँछ । आफ्नै विचार, जीवनशैली तथा परिचय भएका छुट्टै मान्छे हुन् । जसरी बा-आमाले भनेको मान्नै पर्छ भन्ने छैन । तेसैगरी छोराछोरीले भनेको पनि मान्नै पर्छ भन्ने छैन । तर उनीहरूलाई हस्तक्षेप गर्ने पनि हाम्रो कुनै अधिकार छैन । न त उनीहरुलाई काम अह्राउने हाम्रो अधिकार नै छ । न उनीहरुलाई यसो गरी चल भन्ने हाम्रो अधिकार नै छ । तर उनीहरुले चाहेको खण्डमा सल्लाह जरुर दिन सकिन्छ । सहयोग लिन चाहेमा दिन सकिन्छ । तर सहयोग लाद्न भने हुँदैन । जुन सम्बन्ध हाम्रो बा-आमासंगको हो । भहबअतथि तेही सम्बन्ध छोराछोरीसंगको पनि हो । बा-आमालाई हामी ढोग्छौं, छोराछोरीलाई पनि ढोग्नुपर्छ । यहाँ कोही पनि ठूलो छैन अनि कोही पनि सानो छैन । बा-आमालाई छोराछोरीले ढोग्नुपर्छ र छोराछोरीलाई बा-आमाले ढोग्नुपर्छ । बाको छोरासंग जुन सम्बन्ध हो तेही सम्बन्ध हो छोराको पनि बासंग । तेसैले दुबैले एकअर्कालाई ढोग्नुपर्छ । अनि मात्रै एउटा सुखी परिवारको निर्माण हुन्छ । तेसैगरी सुखी परिवारका लागि श्रीमतीले श्रीमान्लाई ढोगेपछि श्रीमान्ले पनि श्रीमतीलाई ढोग्नु पर्छ । हाम्रो चलन अनुसार श्रीमतीले श्रीमानलाई मान्नुपर्छ । तर के आधारमा ? किन ? यसको कसैले विचारै नगरी यसकै पछिपछि कुदेको मात्र पाइन्छ । श्रीमान र श्रीमतीबीचको सम्बन्ध पनि बराबरिकै हो, एउटै हो दुबैतिरबाट । तेसैले यसमा कोही ठूलो पनि छैन र कोही सानो पनि छैन । श्रीमान श्रीमतीभन्दा ठूलो पनि हैन र सानो पनि हैन तेसैगरी श्रीमती पनि श्रीमान्भन्दा सानी पनि हैन र ठूली पनि हैन । श्रीमतीले घरका धन्दा गर्न हुन्छ भने श्रीमान्ले पनि घरको धन्दा गर्न हुन्छ र यदि गरिएन भने रुढीले गाँजेको स्पष्ट देखियो । श्रीमतीले श्रीमान्को कपडा धुन हुन्छ भने श्रीमान्ले पनि श्रीमतीको कपडा धुन हुन्छ । श्रीमान्ले भनेको श्रीमतीले मान्न पर्छ भने श्रीमतीले भनेको पनि त श्रीमानले मान्नै पर्ने भयो । मानेनन् भने हामी विचारसम्म पनि नगरी झड्ङ्ग रिसाउन भ्याइसक्छौं । आफूले अह्राएको नमानेमा गाली गर्ने, कुट्ने आदि गरिन्छ । कति बेलासम्म कुट्नु हुन्छ एकदिन त उसलाई कुट्न नमिल्ने दिन पक्कै आउँछ । यस्तो कुटाइ त केवल उसलाई दादागिरी गर्न खोजेको भएनर ? उनीहरु सप्रिउन् भनेर कुटेको नि भन्ने सबैको एउटै उत्तर हुन्छ तर कुटेर कोही पनि सप्रिदैनन् । कुट्नु भनेको केवल रिस पोख्नु हो । अथवा शक्तिको आधारमा आफूभन्दा कमजोरलाई दबाउनु मात्र हो । जसरी तानाशाहहरुले जनतालाई बन्दुकका आधारमा दबाउँछन्, यो त्यो भन्दा फरक होइन । तेसैले यो दादागिरी बन्द गरिनुपर्छ नत्र भविष्यमा धोका हुन्छ । बच्चा त हो नि भनेर हामी केही विचारै नगरी बोल्छौं, तर्सौंछौं, थर्कौंछौं अनि कुट्छौं पनि । आफू शारिरीक रुपमा कमजोर भएको ठूलै सजाय भोग्नु पर्ने हुन्छ उनीहरुले । एउटा कुरा पक्का हो बच्चाहरु जे मन लाग्यो तेही गर्छन् । उनीहरुलाई, के भइरहेको छ त्योसंग कुनै लिनुदिनु छैन तर यसो भन्दैमा उनीहरुलाई बजाइहाल्न पनि त मिल्दैन । हो यही बजाउने प्रवृत्तिले उनीहरुलाई बा-आमालाई अर्कै दृष्टिले हेर्ने, आफ्नो कुरा कजबचभ नगर्ने जस्ता बानी बसालिदिन्छ । विस्तारै विस्तारै बच्चा र बा-आमाबीचको दूरी बढ्दै जान्छ । एउटा सुखमयी परिवार यसरी भताभुङ्ग हुन्छ ।
तेसैले एउटा परिवारका सदस्यहरुमा रुढी अनुसार माथिबाट तलतिर जाँदा पहिला बा अनि आमा, अनि छोरा अनि छोरी । तर आधुनिकतामा हेर्दा सबै बराबरि । कोही भन्दा कोही न त ठूलो न त सानो । यसरी बन्छ एउटा सुखी परिवार ।
No comments:
Post a Comment