जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, December 21, 2010

नारी हुनुको अभिशाब

नारीले नारीको आवाज उठाउन नसक्नुको बिडम्बनाको यो पनि छ कि ९५ प्रतिशत महिलाहरु अझै पुरुषको डिपेनमा जिउन बाध्य छन । जस्का कारण  हाम्रो समाज र संस्कारले नारीलाई आफ्नो भाग्य आफै कोर्नबाट बन्चित गराएको छ । पारिवारिक, समाजिक रुपमा अवशरका बाटाहरुमै बन्देज लगाईएको छ । हामी नारी लिंगले भिन्न मात्रै न हो ! तर प्रत्यक्ष अप्रत्यक्ष रुपमा "चाँहिदाका भाँडा नचाहिदा ठाँडा" अबश्य बनाएको छ । जस्ले गर्दा हामी नारी हरेक तहबाट ओझेलमा परेका छौ । यस्ता बिकराल समस्या प्रति चेतनाको बिकास खोई ? हामी नारी पितृसतात्मक देश भनेर कहिले सम्म मौन बस्ने ? उत्पिडीत बर्गबाट कहिले निकास पाउने ? नारीलाई किन संधै तल्लो दर्जामा राखिन्छ ? तर यिनै कैर्यौ प्रश्नका जवाफहरु दिन प्रति दिन नाजवाफ बन्दै गईरहेका छन, कहाली लाग्दा समस्याहरु गम्भिर बन्दै गईरहेका छन ।हो, मेरा पुरुष आफन्ताहरुको बिरोध गर्न खोजेको हैन तर देख्दै र भोग्दै आईरहेका तीतो सत्य हामीले ओकल्नै पर्छ अर्थात बकनै पर्छ । भन्न खोजिएको गाँठी कुरा के हो भने, अब पुरुषबाट अधिकारको आशा गर्नु "आकाशको फल आँखा तरी मर" जस्तै हो । देलान र खाम्ला भन्ने नचिताए पनि हुन्छ । अबुझ र बसभ्य पुरुषहरको त कुरै छोडौ सचेत बर्गका सभ्य महापुरुष पनि लाजै नमानी कानाँ तेल र मुखाँ लड्डू हालेर मौन बसेका छन । जसअर्थमा नारी अधिकार न मिठै मुखले मागेर पाईन्छ, न खोसेरनै पाईन्छ । लिखित रुपमा मात्रै सिमित थियो, छ र रहनेछ । तर्सथ हाम्रो नेपालमा आमुल परिवर्तन चाहाने हो भने सबै भन्दा पहिला चेतनाको बिकास पुरुषबाटै हुन जरुरी छ । यसरी सबै संधै मौन रहने हो भने मुलकमा भयावह प्रस्थिति नआउला भन्न सकिन्न ।
सहन पनि कति सम्म सहने ? कहिले सम्म सहने ? कस्का लागि र किन सहने ? सहनेको पनि सिमा हुनु पर्‍यो नी ! जब छोरी आमाको कोखबाट नाक खुम्च्याउदै जन्मिछे । छोरी जन्मेकै कारण जन्म दिने बाउआमानै खुसी हुदैनन् । जन्मेकै दिन देखि छोरी अपबहेलित हुन्छे । अरुको के कुरा आफ्नै बाऊको अहंकारको शिकार बन्छे, आफ्नै दाजुभाईहरुबाट पक्षबादको भाँडो बन्छे अनि जन्मसिद्धै पंखेत्ता काटिएको चरी झै हुन्छे । मानविय मान सम्मान  र पारिवारिक अनि सामाजिक दर्जाबाट तल रहेर जिउन विवश हुन्छे । आखिर लिंग र शारिरिक बनावटले नारी भएर जन्मनुमा दोष के थियो ? अन्तमा गएर छोरीले आफ्नै भाग्यलाई आफैले दोष दिएर मर्नु परेको छ ।

उल्लेखित समग्र भनाईको आशय प्रति सबैको ध्यानाकार्शन गराउँदै ठोकुवा दिएर भन्नु पर्दा समाजमा भैरहेका गम्भिर गैरजिम्वार बिषयको चुरो नलागे सम्म र नर नारी बिचमा अन्तरद्धन्दात्मक खेलको अन्त्य नभए सम्म जस्ले जति सुकै भाषण गरोस चाहे शाषणनै गरोस नेपाल शभ्य समाजको परिकल्पना हुनै सक्दैन । मुलुकमा न बिकास आउँछ न शान्तिनै छाउँछ, त्यसैले सम्बन्धित सबैको अबिलम्ब ध्यान जावस ..........    

No comments:

Post a Comment