जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, December 21, 2010

बिमल एक्लैले गरे द्वय नारीको उद्वार

साउदी अरेबियामा बढ्दो  नेपाली श्रमिक को संख्या संगै समस्याहरु पनि बढ्दो छन ।  जहाँको बन्द समाज जटिल कानुनि प्राबधान आदिले गर्दा हाउसमेडको रुपमा कार्यरत महिलाहरुको समस्या कहालिलाग्दो छ । रियाद स्थित नेपाली राजदुतावासमा सरण लिईरहेका  दर्जनौ नेपाली महिलाहरुको संख्यले नै  यसको पुष्टि गरेको छ ।  यो दुतावासमा सरण लिन आउनेहरु त रियाद वरिपरको मात्र संख्या हो बिशाल साउदी अरेबियामा नेपाली राजदुताबासको नजर बाहिर नेपाली चेलीहरु कुन अवस्थाबाट गुज्रिएका होलान केवल अन्दाज मात्र  गर्न सकिन्छ । 
 साउको घरमा राम्रो खान लाउन र औषधि उपचारको अभावमा बिरामी भै नेपाल एम्बेसीको गेट बाहिर आइ अर्धबेहोस अवस्थामा भेटिएकी  बाग्लुंग घर बताउने बर्ष ५० कि अम्बिका श्रेष्ठ बिके तथा बिरगंज घर बताउने बर्ष ३७ कि श्रीमती दुर्गा बिछुराल  समेत अस्वश्थ्य भै नेपाल एम्बेसीमा सरण लिइरहेको र उपचार तथा नेपाल पठाउन  टिकट को लागि समस्या रहेको जानकारी पाएपछि गैर आवासीय नेपाली संघ साउदिअरेबियाका सल्लाहकार श्री विमल गौतमले आफ्नो जन्मदिन २ नोभेम्बरको अवसरमा उनीहरुलाई रियाध काठमाडौँ सम्मको २ वटा हवाई टिकट उपलब्ध गराउनु भएकोछ । उनीहरु नोभेम्बर ११ मा नेपाल पुगिसकेको दुतावासले जनाएकोछ ।
 औसद व्यक्तिहरुले भोजभतेर पार्टी आदिमा रमाएर जन्मदिन मनाउने परम्पराबाट हट्दै  भोजभतेरको खर्चले  २ जना असहाय बिरामी नेपालि चेलीलाई उद्धार गरि नेपाल पठाउने साहासी विमल गौतमलाई कुनै ब्यक्ती अथवा संस्थाले मात्रै धन्यबाद दिएर पुग्दैन । अबश्य बिमल सिंगो नेपाल र आम नेपालीहरुको धन्यबादको पात्र हुनु पर्छ । त्यस्तै गरि ती द्वय नारीको मात्रै हैन, नेपाल आमाको समेत भारि आशिश लागोस  भन्ने नारी सञ्जालको तर्फ़बाट पनि संधै कामना गरिरहने नै छ ।  वहांको यस शुभ-कार्यबाट प्रेरणा लिइ भबिष्यमा अन्य धेरै सहयोगी हातहरु जन्मनेछन भन्ने राम्रो सन्देश पुग्ने आशा गर्न सकिन्छ । साथै  " समस्या उत्पन्न  भए पछी  उपचार  खोज्नुभन्दा समस्याको  उत्पत्तिनै  हुन नदिने"  तर्फ सम्बन्धित  सबैमा  ध्यानाकार्शन हुन जरुरी छ   ।  

No comments:

Post a Comment