जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, December 16, 2010

श्रीमतीलाइ खुशी पार्ने तरीकाहरू

*  विहान उठ्ने वितिकै उनीलाई हेरेर मुस्कुराउनुहोस्। उनीलाई महशुस गर्न दिनुस् कि उनी तपाईको खुशि हो।
    * विहानको चिया उनी सागै खानुस्।
    * अफिस वा कतै वाहिर जानु भन्दा पहिला उनीलाई सोधेर जानुस्।
    * दिउँसो एक पल्ट मिस यु, लभ यु वा इगर टु सि योर स्माइली फेस यस्तै प्रकारको केही रोमाञ्चक एस. एम. ए. स पठाउनुहोस्।

    * दिउँसो एकपल्ट भएपनि फोन गर्नुस। खाजा खायो कि खाएन सोध्नुस्।
    * अफिस वाट फर्केर कोठा मा टि. भि. हेरेर वस्नुको सट्टा किचेनमा उनी सँगै वसेर उनलाई साथ दिनुस्।
    * आफ्नो मन परि च्यानल नहेर्नुस। रिमोट कन्ट्रोल उनैको हातमा दिनुस्। उनले जुन च्यानल हेर्छिन त्यसैमा रमाउनुस्।
    * कोठा, किचेन र वाथरुम सफा गर्नमा उनको मद्दत गर्नुस्
      लुगा धुँदा सक्नु हुन्छ भने पखालिदिनुस वा सुकाउन लगिदिनुस् नभए अगाडि भएपनि वसिदिनुस्। उनलाई एक्लै नछोड्नुस्।

        * जुठो भाँडा माझ्दा पानी हालिदिनुस् र धोइसकेको भाँडाकुँडा पुछेर थन्को लगाइदिनुस्। लुगा धुन सकिने वितिकै
          उनको लागि चिया नास्ता वनाएर खुवाउनुस्। सानै भएपनि उनको लागि केही उपहार लिएर आउनुस्।
    * वेला वेलामा उनीलाई वाहिर खाना खुवाउन लानुस्।
    * उनको रोजाइको कपडा लगाउनुस्।
    * उनको सानो भन्दा सानो कृयाकलापको खयाल गर्नुस्। उनको तारिफ गर्ने वानी वसाल्नुस्
    * आफ्नो मात्र एकलौटी कुरा नभनी उनको पनि कुरा सुनिदिनुस्।
    * यदि उनी कतै वाहिर जाँदैछिन भने उनकोलागि प्याकिङ्ग गरिदिनुस् र वसस्टप वा एयरपोर्ट छोड्न   जानुस्।
    * सपिङ्ग गर्नको लागि उनी सागै जानुस, सपिङ्ग व्याग समाइदिनुस्।
    * उनको भावनालाई वुझ्ने प्रयास गर्नुस् उनले व्यक्त गर्नु भन्दा पहिला आफुले वुझेर त्यसको पालना गर्नुस्।
    * उनको इच्छा र आकाँक्षाको समान गर्नुस्।
    * आफु श्रीमान हुँ भन्ने नसोचि आफु उनको साथी हुँ भन्ने हमेशा याद राख्नुस्।

No comments:

Post a Comment