जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 4, 2011

नेपालमा २५ देशका लागुऔषध कारोबारी

अमेरिकादेखि चीन, नाइजेरियादेखि तान्जानियासम्मका लागुऔषध कारोबारीको अखडा बनेको छ काठमाडौं । वेलावेला लागुऔषधका कारोबारी पक्राउ परेको समाचार सार्वजनिक गर्छ नेपाल प्रहरी, तर पक्राउ पर्नेहरू भरिया मात्र हुन् । तिनका ँडन’ विदेशमा छन्, विदेशबाटै कारोबार गर्छन् । त्यसैले ँट्रान्जिट’ नेपालमा लागुऔषध कारोबार झन्झन् बढ्दो छ ।
२५ भन्दा बढी देशका लागुऔषध कारोबारीले नेपाललाई सुरक्षित 'ट्रान्जिट'का रूपमा प्रयोग गर्दै आएका छन् । सिंगापुर र थाइल्यान्डलाई केन्द्र बनाएर अन्तर्राष्ट्रिय गिरोहले नेपालमा लागुऔषधको धन्दा चलाइरहेका छन् ।

लागुऔषधका साथ विदेशी नागरिक पक्राउ पर्ने गरे पनि उनीहरू भरिया मात्र भएको प्रहरीको भनाइ छ । उनीहरूका नाइके त विदेशमा छन्, विदेशबाटै कारोबार चलाइरहेका छन् ।
नेपाल प्रहरीको लागुऔषधको नियन्त्रण गर्ने निकाय लागुऔषध कानुन कार्यान्वयन इकाइका अनुसार २५ भन्दा बढी देशका गिरोहले नेपालको बाटो भएर लागुऔषधको कारोबार गर्दै आएका छन् । इकाइका प्रहरी नायब उपरीक्षक -डिएसपी) दिवसराज उदासका अनुसार पहिलो नम्बरमा भारत र त्यसपछि युरोपियन र अपि|mकी मुलुकका व्यक्ति नेपालमा लागुऔषध कारोबारमा संलग्न छन् ।

नेपालमा पक्राउ परेका व्यक्तिको आधारमा भारतपछि पोल्यान्डका नागरिक नेपालमार्फत लागुऔषध कारोबारमा संलग्न रहेको डिएसपी उदास बताउँछन् । त्यसका साथै नाइजेरिया, जापान, पाकिस्तान, पोर्चुगल, फिलिपिन्स, इरान, सिंगापुर, थाइल्यान्ड, युक्रेनजस्ता देशका व्यक्तिको पनि नेपालमा लागुऔषध कारोबारको सञ्जाल देखिएको छ ।
जर्मनी, बेलायत, रसिया, अस्टि्रया, डेनमार्क, आइभोरीकोस्ट, तान्जेनिया, बेल्जियम, नेदरल्यान्ड, युएई, दक्षिण कोरिया, अफगानिस्तान, चीन, बर्मा, कम्बोडियालगायतका नागरिक पनि पटक-पटक लागुऔषध कारोबारमा पक्राउ परेको इकाइको तथ्यांकमा छ ।
विभिन्न तहको संरचना बनाएर ती देशका नागरिकले नेपालमार्फत लागुऔषधको कारोबार गर्दै आएको इकाइका प्रमुख प्रहरी नायब महानिरीक्षक -डिआइजी) वीरेन्द्रबाबु श्रेष्ठले बताए । 'लागुऔषधको कारोबार संगठित अपराध हो, यसमा अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय छन्,' उनले बताए । उनीहरूको तह-तहको संरचना हुने भएकाले नै गिरोहका नाइके पक्राउ गर्न गाह्रो भएको उनको भनाइ छ ।

कहाँबाट आउँछ लागुऔषध ?
डिआइजी श्रेष्ठका अनुसार नेपालमा सबैभन्दा बढी अफगानिस्तानबाट लागुऔषध भित्रिने गरेको छ । विश्वमा अफिमको ७० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र अफिमबाटै सेतो हेरोइन र खैरो हिरोइन बन्ने भएकाले लागुऔषध उत्पादनको केन्द्र अफगानिस्तान बनेको हो । अफगानिस्तानबाट भारत हुँदै लागुऔषध नेपाल भित्रिने गरेको छ । अफगानिस्तानपछि पाकिस्तान, भारत, बर्मा र कम्बोडियाबाट पनि लागुऔषध भित्रिने गरेको डिआइजी श्रेष्ठको भनाइ छ । नेपालमा स्थलमार्ग र हवाईमार्ग दुवै बाटोबाट लागुऔषध नेपाल भित्रिने गरेको छ । नेपाल-भारतबीच खुला सिमाना रहेकाले भारतबाट नेपालमा ठूलो मात्रामा लागुऔषध नेपाल भित्र्याई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याइने गरिएको छ । नेपालको कमजोर सुरक्षा-व्यवस्थाका कारण यसरी नेपाललाई 'ट्रान्जिट' बनाउने गरिएको हो । लागुऔषध कारोबारसम्बन्धी अपराधमा लामो समयदेखि अनुसन्धानमा आबद्ध डिएसपी उदास भने नेपालमा लागुऔषधको कम उत्पादन हुने र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालबाट उडेका विमानको सुरक्षामा कम कडाइ हुने भएकाले नेपाललाई 'ट्रान्जिट' बनाउने गरेको बताउँछन् । 'अफगानिस्तान र पाकिस्तानबाट उड्ने जहाजलाई लागुऔषध रहने आशंकामा सबै देशमा विशेष रूपले चेकजाँच गर्ने गरिएको छ,' उनले भने, 'तर, नेपालबाट उड्ने जहाजलाई त्यस्तो कडाइका साथ जाँच गरिँदैन, त्यही कारण नेपाललाई उनीहरूले प्रयोग गरेको हुन सक्छ ।'
नेपालबाट धेरै कारोबार हुने गरेको चरेस भने धेरै नेपालमा नै बन्ने गरेको प्रहरी बताउँछन् । पहाडी तथा तराईका जिल्लामा अवैध रूपमा खेती हुँदै आएको गाँजाबाट चरेस बनाइने गरेको छ । नेपालमार्फत हङकङ हुँदै युरोपलगायत अन्तर्राष्ट्रिय बजारमा लागुऔषध पुग्ने गरेको प्रहरीको भनाइ छ । त्रिभुवन विमानस्थलमा कडाइका साथ चेकजाँच गर्दा पनि 'फल्स बटम' बनाई लुकाइ-छिपाइ लागुऔषधको कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।

कसरी हुन्छ तस्करी ?
लागुऔषध तस्करीका तरिका गिरोहले पटक-पटक परिवर्तन गर्ने गरेका छन् । त्यसमध्ये सबैभन्दा बढी देखिएको भनेको नेपालबाट कार्गाेमार्फत विदेश निर्यात हुने हस्तकलाका सामान, तयारी पोसाक तथा कार्पेटमा लुकाएर ठूलो परिमाणमा लैजाने गरिएको छ । क्याप्सुल बनाएर खाई पेटभित्र लुकाएर पनि लागुऔषधको तस्करी हुने गरेको इकाइका प्रहरी बताउँछन् । पछिल्लो समयमा महिलाले भित्री कपडामा लुकाएर लैजाने गरेका घटना पनि धेरै देखिएका छन् । त्यसकारण पछिल्लो समयमा लागुऔषध कारोबारमा संलग्न गिरोहले महिलालाई प्रयोग गर्ने गरेको पाइन्छ । त्यसरी नै एक किलो खैरो हिरोइन लिएर विदेश उड्न लागेको अवस्थामा गत वर्ष युगान्डाकी महिला कासुरा प्रोस्कोभियालाई त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरेको थियो । नेपाली महिलालाई पनि यस्तो काममा कमिसन दिएर प्रयोग गर्ने प्रवृत्ति बढेको प्रहरीको भनाइ छ ।

अन्य सामानको रूपमा कार्गाेमार्फत ठूलो मात्रामा लागुऔषधको कारोबार हुने गरेको प्रहरी बताउँछ । फलफूल, बिस्कुट, ग्याससिलिन्डरजस्ता सामानमा लुकाएर लागुऔषको कारोबार हुने गरेको प्रहरीको भनाइ छ । नेपाल प्रहरीले पर्याप्त प्रविधि, स्रोतसाधन र जनशक्तिको अभावमा लागुऔषध तस्करी नियन्त्रण गर्न सकेको छ्रैन । अवस्था कतिसम्म कमजोर रहेको छ भने नेपालको एयरपोर्टमा लागुऔषधको अनुसन्धानमा संलग्न प्रहरीसँग एक्स-रे मेसिनसमेत छैन ।

को-को छन् कारोबारमा ?
पुस १५ गते बिहीबार प्रहरीले करिब आठ लाख मूल्यबराबरको ९६ ग्राम खैरो हिरोइनसहित एक भारतीय किशोरलाई समात्यो । तर, त्यो कसले पठाएको भन्नेबारे उक्त किशोरले नै थाहा नभएको बताएको थियो । 'उसको पछाडि ठूलै गिरोह रहेको छ, तर त्यसबारे उसैलाई थाहा छैन,' डिआइजी श्रेष्ठ भन्छन्, 'ठूलो गिरोह लागुऔषध कारोबारमा संलग्न रहेको प्रस्ट हुँदा पनि हामी पत्ता लगाउन सक्दैनौँ ।' नेपालमा लागुऔषध तस्करीमा अन्तर्राष्ट्रिय गिरोह नै सक्रिय भएको प्रहरीको भनाइ छ । तर, कुन-कुन गिरोह सक्रिय रहेको छ भन्ने प्रहरीलाई नै जानकारी छैन । पक्राउ परेका व्यक्तिको गिरोहसँग सम्बन्ध नहुने गरेको र अन्य व्यक्तिले उनीहरूलाई प्रयोग गर्ने गरेको प्रहरीको अनुभव छ ।

लागुऔषध कानुन कार्यान्वयन इकाइका अनुसार हालसम्म नेपालमा पक्राउ परेको ठूलो गिरोह भने जापानको याकुजा समूह हो । जापानको सबैभन्दा ठूलो 'ग्याङस्टर'का रूपमा चिनिएको उक्त गिरोहका तीन सदस्यलाई प्रहरीले ६ वर्षअघि पक्राउ गरेको थियो । त्यतिखेर पक्राउ परेकामध्ये एक व्यक्तिको जेलभित्रै हत्या भएको छ, अर्का एकलाई कारबाहीका लागि जापान नै पठाइएको र अन्य एक भने हाल पनि नख्खु जेलमा छन् । त्यसरी पक्राउ परेयता उक्त समूह सक्रिय नरहेको डिएसपी उदास बताउँछन् । बरु जापानका अन्य समूहका व्यक्ति नेपालमा सक्रिय रहेको उनको भनाइ छ । जापानकै माफियाको एक सदस्य हिरोकाजु तामुरालाई एक केजी दुई सय ग्राम चरेससहित पक्राउ परेको छ । उसले त्यसअघि नौपटक नेपालमार्फत लागुऔषधको कारोबार गरिसकेको प्रहरीको भनाइ छ ।

विदेशी गिरोहसँगको सम्पर्कमा नेपालमा लागुऔषध कारोबार सक्रिय अन्य व्यक्ति भनेका डिबी गुरुङ हुन् । ०४९ सालमा लागुऔषधको मुद्दामा पहिलोपटक पक्राउ परेका गुरुङ पछिल्लोपटक ०६३ मा पक्राउ परेयता जेलमा छन् । पछिल्लो समयमा नेपालमा लागुऔषध कारोबारमा भने पाकिस्तानमा बस्दै आएकी गोपी तामाङ र उनका श्रीमान् इजरायली नागरिक छन् । छोराछोरीसहित गोपीद्वारा परिचालित व्यक्तिहरू पटकपटक पक्राउ परेको लागुऔषध कानुन कार्यान्वयन इकाइको तथ्यांक छ । आफन्त सबैलाई उनले लागुऔषधको धन्दामा लगाएको प्रहरी बताउँछ ।

त्यसैगरी नेपाली महिलासँग विवाह गरेर कतिपय विदेशी नेपालमार्फत लागुऔषध कारोबारमा संलग्न छन् । गत जेठमा मात्र त्यस्तै एउटा जोडीलाई प्रहरीले पक्राउ गरेको थियो । नाइजेरियन नागरिक जेम्सले काठमाडौंकी अनिता गुरुङ उपनाम भएकी अनिता श्रेष्ठसँग विवाह गरी लागुऔषध कारोबारमा संलग्न रहेका थिए । चार केजी चरेस युरोप पठाउन खोज्दा उनीहरू प्रहरी फन्दामा परेका थिए । त्यसैगरी माली देशका बाबा युमारूसँग विवाह गरेर यस्तो धन्दामा लागेकी नूर बानुको जोडीलाई गत जेठमा मात्र प्रहरीले सेतो हेरोइनसहित पक्राउ गरेको थियो । प्रायः लागुऔषध धेरै खपत हुने देशका व्यक्ति नेपालमा पर्यटकका रूपमा आएर यस्तो धन्दामा लागेको प्रहरी बताउँछ ।
६ महिनाअघि पक्राउ परेका पे|mन्च नागरिक मोहमद हाइचामले आफूले तीनपटक नेपालबाट लागुऔषध युरोपमा लगेर बेचिसकेको र आफू समूहका नाइकेबारे वफादार रहेकाले समूहबारे नबताउने बताएका थिए ।

विदेशी संगीतकारदेखि मेडिकल डाक्टर तथा शिक्षकहरू नेपालमा लागुऔषध कारोबारमा संलग्न रहेको लागुऔषध कानुन कार्यान्वयन इकाइको तथ्यांकमा छ । डेढ वर्षअघि पक्राउ परेका अमेरिकन मूलका नागरिक रोबल्ट बैंकका अंग्रेजी शिक्षक रहेका थिए । त्यसैगरी युएईका आरक्युवाम एड्रीलाई पनि प्रहरीले गत वर्ष पोखरा जाने क्रममा पक्राउ गरेको थियो भने काठमाडौं विश्वविद्यालयमा मेडिकलसम्बन्धी अध्ययन गर्न आएकी प|mेन्च नागरिक सिल्भिया नेलीसमेत लागुऔषधको धन्दामा लागेको पाएपछि प्रहरीले पक्राउ गरेको थियो ।

नेपालमा हाल सबैभन्दा बढी चरेस, खैरो हिरोइन, सेतो हिरोइन र सिरिन्जजन्य लागुऔषधको सबैभन्दा बढी कारोबार हुने गरेको छ । पछिल्लो समयमा याबा पनि नेपाली बजारमा देखिन थालेको छ । जसलाई जानकारहरू निकै खतरनाक भन्छन् । किनकि याबा नेपाली बजारमै ठूलो मात्रामा खपत हुने गरेको प्रहरी बताउँछ । त्यसकारण
यसले नेपालमा ड्रग संस्कृतिको विकृति फैलने प्रहरी बताउँछ ।

- नवराज मैनाली

No comments:

Post a Comment