जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 4, 2011

भेडेटारको विकासमा अमेरिकी टोली

धरान । धनकुटाको पर्यटकीयस्थल भेडेटारको विकासमा स्वदेशी तथा विदेशी दाताहरुले चासो देखाउन थालेका छन् । दाताहरुको सहयोगले भेडेटार नमूना गाउँ बन्ने तरखरमा अघि बढेको छ ।

पर्यटकहरुको आकर्षण केन्द्र बनाउँन भेडेटार-७ अन्तरगत पर्ने नाम्चे गाउँको थुम्की भन्ने डाँडामा अमेरिकन नागरिक राजिव गोयलको सकि्रयतामा स्पिरिट प्लेस आत्मा बस्ने ठाउँ नामको सुन्दर म्युजियम बन्ने भएको छ । गोयलको भनाईमा सो म्युजिममा कुनै सामानको संग्रह
नभै प्राकृतिक संरचनालाई नबिगारी स्थानीय गाउँलेहरुको घर संस्कृतिको झल्को दिने सानो गाउँ बनाइनेछ । जुन गाउँको डिजाईन गर्न अमेरिकाबाट प्रसिद्ध आर्किटेक्टर इन्जिनियर ट्राभाइस प्राइसको नेतृत्वमो ५ जनाको टोलि नाम्जे आइपुगेका छन् ।
राजिव गोयलको नेतृत्वमा आएको सो टोलिमा जडिबुटीविद् पेम्पा शेर्पा लगायत ५ जना विशेषज्ञहरुलाई नाम्जेबासीले भब्य स्वागत गरेका थिए । स्थानीय जनता ग्रामीण उच्च मावि र िसंहदेवी सामुदायिक संस्थाको संयुक्त आयोजनामा भएको स्वागत कार्यक्रममा स्थानीय गाउँले र विद्यार्थीहरुले झाग्री नृत्य मारुनी नृत्य संगिनी ढोल नाच र मगर जातीको प्रसिद्ध साँस्कृतिक हुर्रा नाच प्रस्तुत गरेका थिए ।

झण्डै १२ रोपनी जग्गामा शुरु गरिने सो योजना पूरा गर्न दुई महिनापछि ३० जना अमेरिकन स्वयंसेवकको टोलि नाम्जे आउने कुरा गोयलले जानकारी दिनुभयो । विश्वभरी १७ वटा यस्ता आत्मिय ठाउँ बनाएकोमा नाम्जे १८ औं ठाउँ पर्ने भएकोले यो योजना पूरा भएपछि भेडेटार अझ आकर्षणको केन्द्र बन्ने र स्थानीय गाउँलेहरको जीवनस्तर बढेर जाने कुरामा आफु ढुक्क भएको गोयल बताउँछन् ।

करिब ५ वर्ष अघि स्वयं सेवक शिक्षकको रुपमा नाम्जे पुगेका गोयलले पानीको समस्याबाट पीडित नाम्जेमा खानेपानीको व्यवस्था गर्न सहयोग पुर्याएका थिए । अहिले नाम्जेलाई ग्रीन भिलेज बनाउने योजनामा गोयल दम्पत्ति नै कम्मर कसेर लागेका छन् ।

No comments:

Post a Comment