जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 10, 2011

सन्तुष्टि (कथा

टिन टिन घण्टी बज्यो सविताले मोबाइल फोन उठाइन्, हलो भन्न नपाउँदै उताबाट अधवैँशे पुरूषको आवाज आयो - "धुलिखेलको सधैँ भेट्ने होटेलमा छु । तिमी छिटो यहाँ आइहाल । ट्याक्सीमा आउ जति लागे पनि लागोस् म तिरीदिउँला । छिटो आउनु आज थुप्रै काम छ ।"
सविता छिटो छिटो गर्दै नुहाएको चिसो कपाललाई पोको पार्दै हत्तपत
गन्तव्यतिर दौडिन्छे । उसलाई निकै हतार छ । ऊ समयमै त्यहाँ पुग्छे । त्यहाँ पुग्दा उसलाई रोकतोक कसैले पनि गर्दैन । लाग्दथ्यो ऊ महँगी ग्राहक हो ।
होटेलको कर्मचारीले सञ्चोविसञ्चो सोध्दै भन्छन् । साहेव त एक घण्टा अगाडि नै सवारी भइसकेछ । होटल कर्मचारीको त्यो कुराले सविता झन् अतालिन्छे । र उत्तर दिँदै अँ अलि ढिलो भयो जाममा परेँ । साहेव कति नं कोठामा हुनुहुन्छ । सेवामा रहेका कर्मचारीले भन्छ रू. नं. २२ मा सविता हतार हतार गर्दै रूमतिर दौडिन्छे र ढोका बाहिरबाट ढक ढक, गर्दछे ।
चिसो कपाल गाउन लगाएको एक हातमा रक्सीको गिलास लिएको पुरूषले ढोका खोल्छ । एउटा हातले समात्दैभित्र तान्छ र कम्मरले ढोका ढेप्छ ।
सवितालाई देख्नेबित्तिकै त्यो पुरूष कराउँछ झन् मैले तिमीलाई छिटो गर है भनेको होइन भन्दै थर्काउँछ । तिमीहरू यस्तै हो । गुन नै लगाउनु हुँदैन । अलिकति पैसा पायौ भने दङ्ग पर्छौ । दुई हप्ता म विदेश जाँदैमा यत्तिको भाउ भन्दै गाली गर्दछ । रक्सीको गिलाँस टेबुलमा राख्दै सवितालाई च्याप्दै ऊसँग लुटपुटिन थाल्छ । उसका अङ्ग अङ्ग चलाउन थाल्छ ।
दुई घण्टाको रासलीलापछि त्यो अधवैँशेको रूप बदलिन्छ । ऊ शिकार गरिसकेपछिको आनन्द लिँदै सुट पाइन्ट र टाइमा ढल्कन्छ । पाँच हजार बेडमा फाल्दै भन्छ तलबाट खाजा आउँछ । खाजा खाएर जानु मैले पेमेन्ट गरिसकेको छु । भोलि अफिसमा भेटौँला प्रमोशनको लहर चलेको छ क्यारे कुरा पनि गरौँला । त्यति भन्दै ऊ रूमबाट बाहिरिन्छ ।
सविता बिग्रिएको शरीर लथालिङ परेको लामो कपाललाई समसमाउछे । ब्यागबाट मेकअपको सामान निकालेर मेकअप गर्दछे । र पाँच हजार व्यागमा हाल्छे लाग्थ्यो उसलाई केही पनि भएको छैन । ऊ नै सन्तुष्टि भए झै लाग्दथ्यो । उनी त्यहाँबाट लामो सास फेर्दै निस्कन्छिन् उत्साहकासाथ । आज घरमा दसैं आउनेभयो । मासु चिउरा लगेर भाइबहिनीहरूलाई खान दिन्छु । आमाको ओखती दिन्छु । राम्रो जुत्ता किन्नुछ । मसँगै काम गर्ने मिराले कति राम्रो जुत्ता किनेकी छे । मलाई देखाउँदै थिई । त्यसैले किनुपर्ला र भोलि त अफिस जाँदा लगाएर जान्छु । उनको मनमा कुनै चोट थिएन । झन् उमङ्ग थपिएको थियो । उनको मनमा लोभ मात्र छाएको थियो ।
सविता सहरभन्दा पूर्व गाउँकी केटी थिइन् । सानैबाट दुःखमा हुर्केकी । बाल्य अवस्थामा बाबुको निधन । आमा साना भाईबहिनी दुःख सुख गरेर आमाले एस एल सी सम्म पढाएकी थिइन् । आमा रोगी थिइन् । चुलो चौका घाँस मल र भरियामा बितेको जिन्दगी । उनको सोच थियो । एस.एल.सी. पास गरी कमाउँदै पढ्ने इच्छा आकांक्षाहरू समालेकी थिइन् । यसै उद्देश्यले उनी परिवारसहित काठमाडौँ छिरेकी थिइन् । ठुलो आफन्त नभएको अपरिचित ठाउँमा एस.एल.सी. पासका प्रमाणपत्र लिएर शहरको रमझमी अफिसमा जागिर खोज्न हिँडेकी सोझीले गाउँले सवितालाई के थाहा यहाँ सोर्सफोर्स नातावाद कृपावाद चल्छ भनेर ।
ठुला ठुला कम्पनीहरूमा काम गर्ने रहर सँगालेकी सवितालाई के थाहा हाकिमहरूबाट नासिनु पर्दछ भनेर । दुई वर्षसम्म जागिर खोज्दा पनि कसैले पत्याएन । एस.एल.सी. ले जागिर पाइन्छ । डिग्री गरेर आउ न । अनि पाइन्छ भन्दै खिन्न पारेर पठाउने, कोही खाली छैन भनेर ठूला ठूला आडम्बरी कुर्सीमा बस्नेहरूलाई कति सजिलो छ । सोझो बाध्यता र हामी जस्ता सामान्य गाउँलेकी लागि अभिशाप बनेको छ ।
कता हो कताबाट एउटा वित्तिय संस्थाको कार्यालयका एउटा हाकिमले बोलाए र जागिर दिन्छ भने । जागिर पाइने खुशीमा फुरूङ परेको सविता घरबेटीको व्यवहारले दिक्क भएकी थिइन् । काम नगरे बहाल तिर्नुपर्ने पेशा नभए पछि के गर्नु । खुशीले मख्ख बनेकी सविता अब जागिर मग्न थिइन् । भोलिदेखि नै आउनु काममा तर भरे ४ बजे मैले लेखिदिएको यो होटेलमा आउनु अन्तर्वार्ता लिनुछ ।
सजिएर दङ्ग पर्दै साँझ होटेलमा पुग्छे सविता त्यहाँ त्यही अधवैँशे हाकिम सुट पाइन्ट लगाएर एक्लै हातमा महँगो रक्सी राखेर आनन्दले बसिरहेको हुन्छ । मानिलिऊँ त्यो हाकिम कति बजे आहारा आउँछ र झम्टौँला भने सुरमा छ । सर भन्दै सविता भित्र पस्छे । अधवंशेले ढोका लगाउँछ । बस होटल पत्ता लगाउन त गाह्रो भएन । नि भन्दै कुराकानी गर्दछ । चिसो केही लिन्छौ । सविता लिन्न सर भन्दै लामो सास फेर्छे । कुराकानी चल्छ । कुरा चल्दा चल्दै अधवैश पुरूषले हातहरू लम्काउँछ । औँलाहरू आँखा र कपालतिर पुर्‍याउँछ । सविता डराएर उनको हात पन्छाउँदै सर अन्तर्वार्ता भनेको होइन । अधवँैशे भन्छ । यही त हो अन्तर्वार्ता । मबाट पास भयौ भने भइहाल्यो नि । खुशी पारन मलाई भैगो नि । अचम्म पर्छे सविता जागिर खान यो प्रकारका अन्तर्वार्ता पनि दिनुपर्दछ भनेर । अधवैँशे भन्छन् । यहाँ थुप्रैले यसरी नै जागिर खाएका छन् । फूर्तिसँग हिँडेका छन् बराबर प्रतिस्पर्धा गरे मै हुँ गर्छन् । तिमी मात्र कुनै नयाँ ऊ होइन भन्दै निकै परिभाषा दिन्छ । हुन्छ भने हुन्छ भन हुँदैन भने के भन्ने । एउटा प्रतिष्ठित कम्पनीको यश र ऐश्वर्यले भरिभराउ भएको त्यो व्यक्तिको नियादित रूप देख्दा अचम्म पर्छे सविता । हुन पनि अहिले यस्तै रजाइ रहेछ । घरबेटी बाले पनि समयमा बहाल तिर्न सक्दा बेला बेलामा हात समातेर जबर्रजस्ती गर्न नखोजेको पनि होइन । पल्लाघरे त्यो सिपाही पनि स्वास्नी हुँदा हुँदै रानी बनाएर पाल्छु भन्छ । सबैको आँखा गोली नै छ । छ भने यही नै त ठिक होला नाम इज्जत र मससँग हिँडन पाइन्छ भने किन मौका गुमाउने यो नभेटे अर्को अंजिगर निस्किनै हाल्छ । जिन्दगीको उतारचढाव धेरै छैन । धेरै जिम्मेवारी र भविष्य र कर्तव्य निष्ठाले केही बन्दोरहेनछ सहमतिमा नै हात बढाउनु पर्दोरहेछ भन्ने बुझिन् सविताले । झिनो मसिना हामी जस्तालाई कीरा ठान्छन् । यो समाजले आफ्नो भन्नेहरू पराई गराइदिन्छ । सविताले अनुमति दिए झैँ मानेर अधवैँशे उपभोग गर्दछ । भोलि अफिस आउनु नौ बजे काम हुन्छ राम्ररी काम गर्नु आठ हजार तलब दिन्छ । राम्रो कम्पनी हो ।

यसै गर्दै उनले पाँचौ वर्ष बिताइसकेकी छिन् । यो काम सवितालाई कुनै अनौठो लाग्दैन । किनभने धाक र रवाफ देखाएर हिँडे पनि यसले नै इज्जत दिएको छ । गरिबीको रोग हुनुभन्दा आनन्दी जीवनले आत्मासम्मान दिन्छ । यो सविताले भोगेको र बुझेको थिई किनभने समाज अशुद्ध छ तर गाईको गहुँत छरेर शुद्ध पारिँदोरहेछ । किनभने उसले दिएको जागिरले मेरो परिचय बनेको छ । शानसँग हिँड्न पाइएको छ । इज्जत छ शान छ । मान छ । राम्री भएको छु । सुन्दर छु राम्रो व्यूटिपार्लर गएर ठाँटसँग हिँडेको छु । यस्तै सन्तुष्टिमा छे सविता अशान्तिको भयमा पनि मनलाई बुझाउँछे सविताले ।

No comments:

Post a Comment