जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 10, 2011

पिलाउँदै जाउ प्रीय

पिलाउँदै जाउ प्रीय
म पीउँदै जाँउ
चढाउदै जाउ नसा प्रीय प्रेमको
आफैभित्र म हराँउ
लेउ आलिङ्गनभित्र प्रीय
तिम्रै प्रेममा म रमाउँ
बँन्धन प्रेमको कसिदेउ
कहिल्यै म
नफुकाउँ
साथ सधै देउ प्रीय
युगौयुग तिमीमै हराउँ ।

बनिदेउ तिमी सितल छहारी
दिई साथ जीवनभरी
हटाईदेउ तृष्णाका लहरहरु
बनी मेरी प्रेमकी जलारी
पिलाउँ तिमी प्रीय
म पिउँदै जाँउ
पिलाउ नसा प्रेमको
म थाक्दै नथाकुँ
जीवनका नसाहरु
प्रेममै मिसाउँ
भरीदेउ मेरो संसार
प्रेममय जो बनाउ
तीम्रो र मेरो
मेरो र तिम्रो ॥

चाँदले जूनसँग
ढट्टामा लठ्ठिए झै
हावाले हवेलीसँग
मदहोश चुम्बनहरु जस्तै
हाँसले तलाउँसँग
एउटा सून्दर प्रणयलिला जस्तो
कोईलीले कण्ठसँग
सूरीला तालहरुमा रमेझै
भुलाउ मलाई यी सबै प्रीय
रचिदेउ रचाईदेउ
एउटा नयाँ प्रेमकथा
तिम्रो र मेरो
मेरो र तिम्रो ॥

बाँडिदेउ मलाई प्रीय
तिम्रा एकान्तहरु
सुन्न सकुँ म प्रीय
तिम्रा ढुकढुकीका पलहरु
तिमी केही बोल मेरा समिपमा
लज्जाले ढाकिएर
म केही बोलु जबाफमा
आलिङ्गनभित्र बाँधिएर
फेरी रचाउँ अर्को क्षण
बनाऔ संसार प्रेममय
तिम्रो र मेरो
मेरो र तिम्रो ॥
साथीहरू

नबोलाउ साथीहरू भेट्न भनि मलाई,
म त घर भित्रै कुज्जिएर हिंड्न नसक्ने भा छु
न देउ साथीहरू उपहार भनि मलाई,
म त नियतिका उपहार मात्र लिने भा छु
नलगाउ साथीहरू आशाको खेति गर भनि मलाई,
म त चन्द्रमा सूर्य सम्म नचिन्ने भा छु
न लाग साथीहरू बदल्न भनि मलाई,
म त खिइएको नदिको ढुंगा भा छु
न लगाउ साथीहरू हास्न भनी मलाई,
नसम्झाउ साथीहरू जीवन के हो भनी मलाइ,
म त जीवको अर्थ क्यानभासमा कोर्ने भा छु
म त हास्न भुलिसकेकछु
नसोध साथीहरू के भो भनि ,
म त ज्वाला भित्र मस्त दन्कि रा छु
न देखाउ साथीहरू बाटोभनि मलाई,
म त जीवनको दोसा“धमानैं हराई रा छु
न कोर चिठी साथीहरू सम्झि मलाई,
म त संसारबाट टाढिने भा छु

- नरेन्द्र पौडेल "आन्जन" \
 
तिमी
तिमी हिजो किन नजरमा आयौं
दिलभित्र पाहुना बनि बास माग्यौं \
तर आज किन फेरिएर टाढी गयौं \
टाढा–टाढा धेरै टाढा टुटी गयौं
तिम्रा नयन नशालु किन पगाल्यौ
मुस्कानमा तिमीले किन मन अल्झयौ
थाहै नपाइ किन तिम्रा अधरहरू चुमायौ
तर आज मरो निर्दोष मनलाई टुक्राई दियौ
के थाहा नजर तिम्रो फेरिन्छ भन्ने
सानो ह्दय पनि तिम्रो बदलिन्छ भन्ने
हा“सी हासी माया बटुल्ने तिमीले पनि
आसु आसुको भारि बोकाइ दिन्छौं भनि

- नरेन्द्र पौडेल "आन्जन"
 
म’


शिर मेरो गगन, बनोट मेरो धर्ती
रगत मेरो शीत, वैस ढकमक्क हरियाली
उद्देश्य मेरो क्षितिज, प्राप्ति खोक्रो आश
दुःख मेरो विपत्ती, हार एक गहिरो विनाश\
आवारा मेरो नियति, सत्य विहानीको रवि
दरिद्री मेरो मति, प्रमाण नास दैवको छवि
प्यास मेरो सागर, तिक्ष्णा पग्लिरहको हिमाल \
परिवर्तन मेरो अभिशाफ, बाध्य फेरिरहेको श्वास\
- नरेन्द्र पौडेल "आन्जन"

किन यसरी बदलि दियौं
हातहरू थामी ज¨घारहरू एक्लै तारिदिएकी थियौ
मुटुभित्र लुकाएर चा“दनी जस्तै आधर चम्काइदिएकी थियौ
तर आज किन यसरी हातहरू छोडि तिमी बदलिदियौं किन
लक्ष्य सम्म नपुग्दै बीचमै अ“धेरी रात पारिदियौं किन

संसारभरिमा बढी माया गर्ने तिमी, निसंकोच भन्थ्यौ
सानो मेरो गल्तिमा पनि चित्त दुखाएर रुने गर्दथ्यौ
तर आज छेपराको र¨ झै तिमी बदलिदियौं किन
मेरै छाति माथी विस्तारै कुल्ची गयौं किन

दुःख सुख साझा भनि मलाई आशावादी बनाइदियांै
आशुका भेललाई हा“सोमा बदली मलाई बा“च्न सिकायौं
तर आज मेरो सानो तिरस्कारलाई नसहेर बदलिदियौं किन
मलाई आ“सुको पोखरीमा डुबाएर आफू फर्कि आयौं किन

एकल यात्री भनि दिल भित्र मलाई बास दिए थियौं
अधेरीलाई चिरी मेरो ओठामा मुस्कान भरिदिएकि थियौं
तर आज अञ्जान बनि बाटो नै बदलि दियौं किन
मलाई सागर बीचमा छाडी आफू बिलाइ गयौं किन

हराउन लागेका आशालाई परेली भित्र सजाई दियौं
चिप्लि लडन आ“टका पाइलालाई धर्ती बनि रोकिदियौं
तर आज फक्रन आटेको कलिलो मनलाई धोका दियौं किन
साह्रो पथ्थर सम्झी नदीको बगरमा नै छोडिदियौ किन

  का“डा बीच फक्रिएको गुलाफ भनि सबै सामु सजाइदियौं
ओइलाइ रहेका आस्थामा पनि शीत बनि फक्राइ दियौं
तर आज कठोर हुरी बनी मलाई भु“इमा झारिदियौं किन
पापी फूल भनी सबै सामु एउटा नमूना बनाइदियौं किन
- नरेन्द्र पौडेल "आन्जन"

 उनको विश्वास 

 विश्वास भित्रका विश्वासलाई कसैले पत्यार नगरिदिदा,
क्याक्टस का“डा बनि उनको कोमल मन च्यास्स घोचिदिंदा
घोप्टो परि परि रुन्छिन् उनी निली भइ सबको माझ
आखिर किन विश्वासै बनेछ उनीलाई ठूलो अपवाद π
हुरिहरूमा जोगाई राखेकी थिइन दियो विश्वासको,
तर क्षणक्षणमा बदलिएर विश्वास बन्छ रूप घातको
सागरको गहिराइमा लुकाइ राखेको उनको बहुमुल्य विश्वास,
आज उनीलाई नै भारी भइ खोज्दै छिन बिसाउन विश्वास π

एकान्तहरूलाई साथी बनाएर विश्वासलाई केलाउछिन,
अनि आ“सुका नदीहरूले सादा बगरमा कहानी बगाउछिन
उनको निर्दोष आत्माले भन्छ विश्वास बनेछ विष मलाई,
मुलायम चेहरा प्रश्न गर्छ के विश्वास मात्र जीवन हो मलाई π

का“पिरहेका ओठ चलाई भन्छिन विश्वा गर्दैनन किन मलाई,
आ“खा वरिपरि फूलाई राखेको विश्वासलाई किन राख्छन जलाई
राख्छन् किन टुक्राइ, मेरो जीवन र विश्वासलाई दुई किनारा लगाई,
बाध्य भएर भुइमा लड्छिन विश्वासको कात्रो ओढी मुर्दा विश्वास समाई
  - नरेन्द्र पौडेल "आन्जन"

No comments:

Post a Comment