
बरफको डल्लोजस्तै भएका कारण चांबीको कुरै छाडौं कुनै मोटरले नै कारका चक्का हिलाउन सक्ने अवस्था थिएन ।

न्युयोर्कका पेटर हेल्फेरले आफ्नो जमेको कारको उद्दार गर्नका लागि तातो पानी हाल्दा पनि नभएपछि हथौडा लगायतका अनेकौं हतियारको प्रयोग गर्नुपरेको थियो ।

हथौडाले कारको उद्दार गर्न खोज्दा उल्टै कारको सिसा फोडियो ।

अनेकौं प्रयासपछि कारलाई बरफमुक्त गराउदासम्म दिउसोको चार बजिसकेको थियो ।

बेलुका पार्क गर्दा सारसौंदो रहेको कार बिहान पूरै जमेपछि पेटरले गरेको संघर्ष सांच्ची अनौठो थियो ।

उनले झुक्किएर बिग्रेको पाइपको नजिक कार पार्क गरेका थिए ।

न्युयोर्कको चिसोमा कार पानीले भिजेपछि यसरी जमेको हो ।

साभार : न्युयोर्क पोष्ट
No comments:
Post a Comment