जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 25, 2011

काठमाडौंमा रुवाबासी !

नेताहरुले नेपालमा विश्वमा नै कहीं नभएको अनौठो काम त गरिरहेकै छन् । चुनावमा हारेकाहरु पनि नेपालमै प्रधानमन्त्री हुन्छन् । १७ पटकसम्म चुनाव गरेर पनि प्रधानमन्त्री छान्न सक्दैनन् । कामचलाउ प्रधानमन्त्रीले यति लामो समयसम्म सरकार चलाएर विश्वमै कहीं नभएको अनौठो काम गरेका छन् । यहीं अनौठै अनौठोकोबीच नेपालमा अर्को अनौठो काम हुन लागेको छ । अहिलेसम्म नेताहरुले अनौठो काम गरेपनि अब भने जनताले अनौठो गर्न लागेका हुन् ।

राजनीतिक दलहरुले समयमै नयाँ संविधान निर्माण गर्ने र शान्तिपकृयालाई निर्धारित समयमै सम्पन्न गर्ने कुरा पत्याउन त पहिले पनि मुस्किल थियो । अहिले पनि उत्तिकै मुस्किल छ ।
त्यसैले नयां संविधान निर्माण र शान्तिप्रकृया पूरा गराउनका लागि दबाबका लागि अनेकौं कार्यक्रम हुने गरेका छन् । तर अब हुन लागेको कार्यक्रम भने अहिलेसम्मकै नयां र अनौठो छ । प्याक्डोन नेपाल नामको संस्थाले जनताको सहभागितामा एउटा अनौठो दबाबमुलक कार्यक्रम गर्न लागेको छ । हो नेतालाई दबाब दिन काठमाडौंमा रुवाबासी कार्यक्रम हुने भएको छ । नेताप्रति जनताको असन्तुष्टी व्यक्त गर्न हुन लागेको रुवाबासी कार्यक्रमका लागिसबै क्षेत्रबाट शुभकामना र सराहना प्राप्त भएको प्याक्डोन नेपालका अध्यक्ष सहबीर विकेले जानकारी दिनुभयो ।

शान्तिप्रकृयालाई टुङ्गोमा पुर् याउने र नयाँ नेपालको निर्माण गर्ने कार्य अपेक्षित गतिमा अगाडि बढ्न नसकिरहेको वर्तमान अवस्थामा समृद्ध नेपाल हेर्न चाहने देशभक्त नेपालीहरुले विभिन्न फोरमबाट दवाव दिन अपरिहार्य भएकाले रुवाबासी कार्यक्रम गर्न लागिएको सोमबार जारी वक्तब्यमा जनाइएको छ ।
नेपाली जनताको त्याग र बलिदानबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरी समयमै संविधान निर्माण गर्न यस्ता खालका दवावमुलक कार्यक्रमले टेवा पुग्ने प्याक्डोनको भनाइ छ ।

सानातिना मतभेद र आग्रह पूवाग्रहहरुलाई जनताको संविधान निर्माण नहुजेल र स्थायी शान्तिको अविभारा पूरा नहुन्जेल न्युनिकरण गर्दै यथाशीघ्र उक्त कार्य सम्पन्न गर्न गराउन सम्पूर्ण राजनीतिक दल नेतृत्व एवं नेपाल र नेपालीप्रति जिम्मेवार बफादार सम्पूर्ण असल नागरिकको दायित्व भएकाले दबाब सृजनाका लागि रुवाबासी कार्यक्रम गर्न लागेको प्याक्डोनको भनाइ छ । रुवाबासी कार्यक्रम फागुन ५ गते गरिन लागेको हो । रुवाबासी नयां बानेश्वरको संविधानसभा भवन अगाडि विहान ११ बजॆदेखि सुरु हुनेछ । छैन त अनौठो ??

No comments:

Post a Comment