जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 25, 2011

डनहरूलाई सारिँदै छ दुर्गमका जेलमा

चक्रे भनिने मिलन गुरुङ, राजु भन्ने राजेन्द्र गुरुङ, अमर टन्डन, युनिश अन्सारी, अब्दुल बहाव, दसही शाह, कान्छा मन्डल, अरुण लामा, यादव गिरी, वीरेन्द्र श्रेष्ठ, जित लामा, वीरेन्द्र शाह, अफताव आलम, मुक्तहर अन्सारी र इसामुद्दिन मिया अब दुर्गमका जेलमा पुग्दैछन्
काठमाडौं, माघ १२ - संगठित रूपमा ठूला अपराधमा संलग्न रहेर काठमाडौंको जेलमा रहेका कैदीलाई दुर्गम जिल्लाका जेलमा स्थानान्तरण गरिने भएको छ । यस्ता अपराधीले जेलभित्रबाटै आपराधिक योजना बनाउने गरेकाले स्थानान्तरण गर्न लागिएको हो । यस्तो स्थानान्तरणमा पुराना अपराधी पर्नेछन् । 'कुनै न कुनै बहानामा जेलमा मोबाइल प्रयोग गर्ने, सके भाग्ने, नसके भित्रैबाट अपराध कार्यलाई विगतमा झैं निरन्तरता दिने गरेको सुराक पाएपछि उनीहरूलाई उपत्यकाबाट बाहिर सार्न लागिएको हो,' वरिष्ठ प्रहरी उपरीक्षक माधव नेपालले भने, 'आफ्ना सदस्यहरूसँग निरन्तर भेटघाट गरी योजना बनाई असुलीसमेत गर्दै आएकाले उनीहरूबीचको सञ्जाल तोड्न सरुवाको सिफारिस गरेको हो ।'   
राजधानीका जेलको सुरक्षा र व्यवस्थापन गरिरहेको नेपाल प्रहरी मातहतको अनाश्रति गुल्मका प्रमुख डीएसपी वीरेन्द्रकुमार बस्यालले तयार पारेको सूचीलाई हालै महानगरीय आयुक्तको कार्यालयले प्रहरी मुख्यालय पठाएको छ । आयुक्त कार्यालयले कारणसहित पठाएको सूचीलाई पुष्टि गर्दै प्रहरी मुख्यालयले पनि उक्त सिफारिस गृह मन्त्रालयमा पठाएको छ । आयुक्तको कार्यालयले 'खुँखार अपराधी' लाई दुर्गम क्षेत्रमा पठाउने प्रस्ताव प्रहरी मुख्यालय पठाएको दोस्रो दिन डिल्लीबजार कारागारमा कैदी-बन्दीबीच झगडा भएको थियो ।
समाचार स्रोतका अनुसार तत्काल काठमाडौंबाट दुर्गम जिल्लाको जेलमा सारिनुपर्ने सूचीमा १५ कैदी/बन्दीको नाम छ । तिनीहरूमा चक्रे भनिने मिलन गुरुङ, राजु भन्ने राजेन्द्र गुरुङ, अमर टन्डन, युनिश अन्सारी, अब्दुल बहाव, दसही शाह, कान्छा मन्डल, अरुण लामा, यादव गिरी, वीरेन्द्र श्रेष्ठ, जित लामा, वीरेन्द्र शाह, अफताव आलम, मुक्तहर अन्सारी, इसामुद्दिन मिया छन् । यसरी जेल सारिन लागेकाहरू खोटाचलन, लागूऔषध, डाँका, कर्तव्य ज्यान, अपहरण र किर्ते मुद्दाका कैदी हुन् ।
यसअघि पनि प्रहरीले जेलमा रहेका खुँखार अपराधीहरूलाई उनीहरूको नेटकवर्क छिन्नभिन्न पार्न दुर्गम जिल्ला पठाउने निर्णय गरेको थियो । तर गृह मन्त्रालयले उपत्यका बाहिरको जेलहरू तुलनात्मक रूपमा सुरक्षित नरहेको भन्दै प्रहरीको उक्त प्रस्तावलाई अस्वीकार गरेको थियो । सेन्ट्रल जेल रहेका सुन्धारास्थित केन्द्रीय कारागर मातहत डिल्लीबजार र नख्खु गरी तीन जेलमा हाल ३ हजार ५ थुनुवा कैदी/बन्दी छन् ।
ग्याङफाइट गर्ने ३८ कैदीको सरुवा
डिल्लीबजारको सदरखोर कारागारमा एकअर्का समूहमाथि आक्रमण गर्नेहरूमध्ये ३८ जनालाई कारबाही स्वरूप दुर्गम जेल सरुवा गरेको छ । सदरखोरका आन्तरिक प्रशासन हेर्ने चौकिदार र उनको विपक्षमा रहेकाहरूबीच गत ६ गते राति एकले अर्को समूहमा सांघातिक आक्रमण गर्दा ५ कैदी गम्भीर घाइते भएका थिए । एकअर्काबीचको झगडा र हानाहानका कारण सदरखोर रातभरि तनावग्रस्त भएको थियो ।
त्यसरी सरुवा हुनेमा मन्जिल गुरुङ, प्रमोद घिमिरे, प्रदीप कँडेल, श्याम वर्णमाला, अभिशेख पौडेल, सुरज गुप्ता, राजु सेडाइँ, विशाल श्रेष्ठ, राजु राई, रामेश्वर गौतम, मणिश्वर गौतम, अशोक थापा, आशिष विष्ट, जलेश्वर शाह, दीपक खड्का, नवीन गुप्ता, ध्रुव स्याङतान, मंगल वाइवा, वसन्त छेत्री, गणेश कार्की, केदार श्रेष्ठ, सुनिल महर्जन, किरण प्रभात नेपाली, निमा लामा, राजु लामा, मणिन्द्रराज मल्ल, देवा तामाङ, विपिन प्रसाईं भवनाथ काफ्ले छन् । सरुवा हुनेहरूमध्ये बर्दिया १०, दाङ १५, दोलखा र रामेछाप ३/३, रसुवा ५ र ललितपुरको नख्खु कारगारमा दुई जनालाई सरुवा गरिएको छ ।

source:-ekantipur

No comments:

Post a Comment