जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, January 27, 2011

लुटेरा पक्राउ

 - काँकडभिट्टा(ब्लाष्ट) 

खुकुरी प्रयोग गरी लुटपाट गर्दै गर्दा सोमबार राति दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट नम्बर प्लेट नखुलेको एक थान मोटरसाइकलसमेत नियन्त्रणमा लिइएको छ ।
झापाको बाहुनडाँगी–५ तेलपानी भन्ने ठाउँमा मेचीनगर–४ का धर्म राई र इलामको जिर्मले–८ का नारद राईलाई जिर्मलेकै हेमन्त तामाङलाई खुकुरी
देखाएर ध्द्य ण्ठण् ऋ ढडटद्द नम्बरको मोटरसाइकल लुट्न लाग्दा स्थानीयवासीको सहयोगमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर देवीप्रसाद फागोले बताए ।
लुटेराहरु अन्य आपराधिक गतिविधिमा समेत संलग्न भएको अभिलेख प्रहरीसँग फागोले जानकारी दिए । दुवै अभियुक्तलाई इलाका प्रहरी कार्यालयमा राखिएको छ ।

No comments:

Post a Comment