जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, January 27, 2011

६०औँ पटक नेपाल आउँदा जुर्‍यो लगन

रोहित पराजुली 

 कास्की, १२ माघ
नौमती बाजाको झ्याइँझ्याइँले मन्दिरपरिसर गुञ्जायमान थियो, जन्ती पनि बाजाको तालमा छम्छम् नाच्दै थिए । ढाकाको दौरा, सुरुवाल र टोपीमा सजिएका बेलायती बेहुला त त्यसै-त्यसै मख्ख थिए ।
६०औँ पटक नेपाल आएका बेलायती नागरिक ग्यारी भानौको यो भ्रमण विशेष थियो । नेपाली केटी बिहे गर्ने योजना सफल भएकोमा उनी दंग थिए, कम्मरमा खुकुरी भिरेका विदेशी बेहुला देखेर बटुवा पनि छक्क थिए ।
ग्यारीका जन्ती बुधबार बिहान पोखरा लेकसाइटस्थित नेपाल गेस्टहाउसबाट हिँडेका थिए, केहीबेरमा जन्ती बैदामस्थित केदारेश्वर मन्दिर पुग्यो जहाँ नेपाली चेली साधना श्रेष्ठ प्रतीक्षामा थिइन् ।


५५ वर्षीय ग्यारी र ४३ वर्षीया साधनाले मंगलबार नै जिल्ला प्रशासन कार्यालयमा कानुनी बिहे गरेका हुन् । तर, ग्यारीले नेपाली संस्कृतिअनुसार पनि बिहे गर्ने इच्छा गरेपछि बुधबारको कार्यक्रम तय भएको हो । 'मैले नेपाललाई माया गरेको आज सार्थक भयो,' बुधबार बिहेपछि उनले भने ।


उनको बिहेमा बेहुली पक्षका युवतीले बेहुलाका जुत्ता लुकाउने चलन पनि देखियो । बेहुला जग्गेमा जाँदाजाँदै युवतीहरूले जुत्ता लुकाइदिएका थिए । तर, पछि खाना खाने वेलामा खुट्टा खाली भएपछि उनी भन्दै थिए, 'अहिले जुत्ता देऊ, खाना खाएर आउँछु र फेरि लुकाउला ।' उनको यो प्रस्ताव सुनेर सबै हाँसे, तर जुत्ता दिएनन् । 'बार्गेनिङ'पछि बेहुलाले तीन हजार रुपैयाँ दिए र जुत्ता फिर्ता लगे ।
बेलायती संस्कृति र समाज मन नपर्ने बताउने भानौ सन् १९८० मा पहिलोपटक नेपाल आएका हुन् । अहिलेसम्म ६० पटक नेपाल आएको उनले बताए ।
उनी आफ्नो देश बेलायतलाई छुट्टी मनाउने ठाउँ र नेपाललाई आफ्नो घर भन्छन् । 'मलाई नेपाल धेरै मनपर्छ, त्यसमा पनि पोखरा सबैभन्दा धेरै,' उनले भने । आफ्नो देशका केटी यौन र पैसालाई मात्र प्राथमिकता दिने हँुदा आफूले उता बिहे नगरेको ग्यारीको भनाइ छ । 'यताबाट धेरै मान्छे पैसा कमाउन उता जान्छन्, तर म यतै जीवन बिताउन चाहन्छु,' उनले भने ।
दुलहीका बहिनीज्वाइँ काठमाडांैनिवासी हीरा श्रेष्ठ र पर्वत घर भई हाल काठमाडौं बस्ने नारायण अधिकारी यो बिहेका लमी थिए । अधिकारीका छोरासँग इन्टरनेटमा च्याट गर्दा भानौले नेपालमा बस्ने र विवाह गर्ने इच्छा व्यक्त गरेका थिए । 'छोराले भनेपछि मेरा साथी हीरा श्रेष्ठसँग कुरा गरेँ, साधनासँग ग्यारीको कुरा मिल्यो,' अधिकारीले भने ।
उनका अनुसार पोखरा- १ बागबजारकी साधना र ग्यारीको बिहे तीन वर्षअघि नै पक्का भएको हो । बेहुला 'ट्रेन मेनेजेर' हुन् भने बेहुली सामाजिक कार्यकर्ता ।
दुलहीका बाबु रामभक्त श्रेष्ठले केटाकेटीको कुरा मिलेपछि बिहे गरिदिएको बताए । 'दुवैको कुरा मिल्यो, आज बिहे पनि भयो, नेपाललाई माया गर्ने विदेशी ज्वाइँ भेटियो, मलाई योभन्दा खुसी के चाहियो र ?' उनले भने ।
भानौले यसअघि बेलायती दूतावासबाट विवाहका लागि नो अब्जेक्सन लेटर पनि ल्याएका छन् । त्यस्तै बिहेका लागि २१ दिन नेपाल बस्नुपर्ने कानुनी प्रक्रिया पनि पूरा गरेका हुन् ।

No comments:

Post a Comment