जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, January 27, 2011

प्लस टु बंक रोक्न प्रहरी निगरानी

- Nagarik News

रुबी रौनियार, काठमाडौं, माघ १३- कक्षा बंक गर्ने लत बसेका प्लस टुका विद्यार्थीका लागि नराम्रो खबर छ। स्कुल ड्रेसमा कक्षा बंक गरेका विद्यार्थी देख्नेबित्तिकै अब प्रहरीले समाएर स्कुलमै बुझाइदिनेछन्।
   महानगरीय प्रहरी आयुक्त कार्यालयले प्लस टुका विद्यार्थीमा बढेको विकृति घटाउन पुलिस-पब्लिक पार्टनरसिप अवधारणाअन्तर्गत प्लस टु स्कुलवरिपरि निगरानी बढाउने कार्यक्रम ल्याउँदै छ। माघ अन्तिम सातादेखि प्रहरीले स्कुलवरिपरि बाइक र भ्यानमा गस्ती गर्नेछन्।
प्लस टुका विद्यार्थीमा लागूपदार्थ सेवन, कक्षा छाडेर हिँड्ने, मोटरबाइक उच्च गतिमा चलाउने, ट्राफिक नियम पालना नगर्नेजस्ता विकृति बढेको महानगरीय प्रहरी आयुक्त कार्यालयका
एआइजी अर्जुनजंग शाहीले बताए। विद्यार्थीकेन्द्रित चेतना फैलाउने कार्यक्रमअन्तर्गत यसो गर्न लागिएको उनले बताए।
'कक्षा बंक गर्ने विद्यार्थीलाई समातेर हामी स्कुलमा बुझाइदिन्छौं,' शाहीले नागरिकसँग भने, 'लागू पदार्थ सेवन गर्ने र तीव्र गतिमा बाइक चलाउने विद्यार्थीलाई पहिचान गरेर परामर्श दिनेछौं।' उनका अनुसार प्रहरी अनुसन्धानमा विशेष गरी प्लस टु समूहकै विद्यार्थीमा विकृति बढेको पाइएकाले उनीहरूलाई नै केन्द्रित गरेर कार्यक्रम ल्याउन लागिएको हो।
शाहीले प्याब्सन, एन प्याब्सन, हिसान र शिक्षक संगठनका प्रतिनिधिसँग प्रहरीले सञ्चालन गर्ने कार्यक्रमबारे जानकारी गराइसकेका छन्। शाहीले विद्यालयमा विद्यार्थी र शिक्षकमा बढ्दै गएको असुरक्षा पहिचान गरी सुरक्षाको वातावरण बनाउने कार्यक्रमसमेत ल्याइएको जनाए।
विद्यार्थीलाई विकृतिबाट जोगाउन सरकारले प्रहरी र स्कुलसँग सहकार्य गरेर ल्याउन लागेको कार्यक्रम सराहनीय भएको एन प्याब्सनकी अध्यक्ष गीता राणाले बताइन्। प्लस टु वरिपरि निगरानीले किशोर विद्यार्थीमा बढेको विकृति कम हुने आशा उनले व्यक्त गरिन्।

विकृति कम गर्न र विद्यार्थी-शिक्षकलाई सुरक्षित राख्न प्रहरीले ल्याउन लागेको कार्यक्रम प्रशंसनीय भएको अखिल नेपाल शिक्षक संगठनका काठमाडौं जिल्ला अध्यक्ष रमेश रूपाखेतीले बताए।

No comments:

Post a Comment