जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 15, 2011

श्रीमती माइती गएपछि आत्महत्या

महोत्तरी, १ माघ : श्रीमती माइती गइदिएको झोंकमा गएराति महोत्तरीमा एक युवकले विषादी सेवन गरी आत्महत्या गरेका छन् । सुगा भवानीपट्टि गाविस–३ बस्ने वर्ष १८ का राकेश मण्डलले गएराति आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । शुक्रवार दिनभरि रिक्सा चलाएर राति घर गएको युवक मण्डलले श्रीमती माइत गइसकेको थाहा पाएपछि राति नै ससुराल गएको तर सँगै श्रीमती नआएपछि विषादी सेवन गरी घर फर्केको बताइएको छ  ।

    विषादी सेवन गरी घर फर्केका युवक लडबडाई रहेको देखेपछि परिवारजनले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लगेको र राति करिब ९ बजे निजको उपचारकै क्रममा मृत्यु भएको हो । मण्डलले मुसा मार्ने औषधि खाएर आत्महत्या गरेको शव परीक्षणबाट देखिएको छ ।
    मृतक मण्डलको ससुराली भारतको सीतामढी जिल्लाअन्तर्गत भिट्ठा पञ्चायत हो ।

No comments:

Post a Comment