जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 11, 2011

हिमपात र शीतलहरले जनजीवन प्रभावित

काठमाडौँ । उच्च पहाडी भेगमा हिमपात र तराईमा चलेको शीत लहरले अत्यधिक चिसो बढी मुलुकको जनजीवन प्रभावित भएको छ ।
हिमपात र बाक्लो हुस्सुले कठ्याङ्गि्रदो चिसो उत्पन्न हुँदा विशेष गरी तराईमा केही दिनदेखि सडक तथा हवाइ यातायात, शिक्षा, स्वास्थ्यलगायतका समग्र क्षेत्र प्रत्यक्ष तथा
अप्रत्यक्षरुपमा प्रभावित भएको हो ।
अहिले अत्यधिक चिसोका कारण देशमा करिब ४० जनाको ज्यान गएको, रुघाखोकी, श्वासप्रश्वास, निमोनियालगायतका चिसोजन्य समस्याबाट विशेषगरी बालबालिका, वृद्धवृद्धा, विपन्न वर्ग बढी प्रभावित भएको र हिउँदे कृषि बाली प्रणालीमा असर पुगेको अवस्था छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज मुलुकमा सुदूर पूर्वबाहेकका तराई क्षेत्रको अधिकतम तापक्रम १३ डिग्री सेन्टीग्रेड र उच्च पहाडी क्षेत्रको न्यूनतम तापक्रम -८ डिग्री सेन्टीग्रेडसम्म रहेको छ ।
धनगढीको अधिकतम तापक्रम १०.३, नेपालगन्जको १०.६, भैरहवाको १२.२, सिमराको १३.२, काठमाडौँको १९.६, जुम्लाको १६.५, जिरीको १३.० र जोमसोमको १२.७ डिग्री सेन्टीग्रेड रहेको विभागले जनाएको छ ।
त्यस्तै धनगढीको न्यूनतम तापक्रम ७.८, नेपालगन्जको ७.५, काठमाडौँको ०.७, जुम्लाको -७.५, जिरीको -३.८ र जोमसोमको -८.० डिगि्रसेन्टीग्रेड रहेको विभागको वेभसाइटमा जनाइएको छ ।
आजजस्तै तराई क्षेत्रमा शीत लहर चल्ने, उच्च पहाडी भागमा हिमपात हुने र काठमाडौँमा बिहान कुहिरो लागे पनि दिउँसोको मौसम सफा रहने अनुमान विभागको छ ।

No comments:

Post a Comment