जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 10, 2011

यी हुन् एक्लै ४० डाँका तह लगाउने बहादुर

पोखरा, पुस २७ - एक्लै ४० डाँकालाई परास्त गरी थुप्रै यात्रुको धनमाल र युवतीको इज्जत जोगाउन सफल भारतीय सैनिकमा कार्यरत पोखरा, ६ बैदामका बिष्णुप्रसाद श्रेष्ठलाई भारत तथा स्थानीयस्तरमा सम्मानको ओइरो लागेको छ । 
आफ्नो १७ बर्षे सैनिक सेवाबाट निबृत्त भएर घर फर्किने क्रममा रेलमा आक्रमण गर्ने डाँकालाई परास्त गरेका ३५ वर्षिय श्रेष्ठ यतिबेला गाउँटोल तथा भारतभर चर्चामा छन् । घटनापछि उनी निबृत्तबाट फेरि सेवामा फर्काइएका छन् भने बढुवाको अवसर मिल्दैछ । साथै विभिन्न पदकबाट
विभुषित हुँदै लाखौ नगद पुरस्कार पनि हात पर्दैछ ।
भारतको राँचीस्थित भारतीय सेनाको ७/८ गोर्खा रेजिमेन्ट्समा नायक पदबाट रिटायर्ड भै फर्किनेक्रममा गत सेप्टेम्बर २ को मध्यरातमा पश्चिम बंगालको चित्तरंजनमा मौरिना एक्सप्रेसको रेलमा डाँकाहरुले आक्रमण गरेका थिए । डाँकाले यात्रीको नगद, मोबाईलसेटलगायत अन्य सामान लुट्दै श्रेष्ठनजीकै आए । 'मसंग पनि सामान र पैसा मागे, मैले दिन्न भनेपछि थप्पड लगाए', उनले भने, 'प्रतिकारमा एक्लै १० जनालाई ढलाए ।' त्यसपछि डाकाले एक युवतीमाथि बलत्कारको प्रयास गर्न थालेका र मानवीय कर्तब्य संझेर प्रतिकारमा उत्रिएको उनले बताए ।
घटनापछि रिटायर्ड श्रेष्ठलाई अहिले सेवामा हाजिर गराइएको छ । उनलाई भारत सरकारका तर्फबाट दिईने सौर्य चक्र, सर्बोत्तम जीवन रक्षापदक र गोडरे फिलिप्स ब्रेभरी अवार्डकालागि प्रस्ताव गरिएको छ । तिनवटै अवार्डमा छनौट भए उनले कम्तीमा एक करोड भारतीय रुपैयाँ, हवाई तथा रेल यात्रामा विशेष सुविधा, मासिक भत्ता र पेन्सन पनि तीन पुस्ताले पाउनेछन । श्रेष्ठले सौर्य चक्र र सर्बोत्तम जीवन रक्षा पदक लगभग निश्चित भैसकेको र यही २६ जनवरी तथा अगस्ट १५ मा अवार्डको घोषणा हुने बताए । 
बहादुरी काम गरेको भन्दै श्रेष्ठलाई तत्कालै सेवामा प्रवेश गराउँदै कमाण्डिङ अफिसरले ५० हजार नगद र उपहार दिएका थिए । यसकासाथै बैदामको मितेरी नारी समुहले पनि श्रेष्ठलाई हालै सम्मान गर्‍यो । पोखरास्थित भारतीय पेन्सन क्याम्पका अधिकारीले पनि स्याबासी दिएका थिए । 
घटनामा श्रेष्ठले एक डाकालाई रेलकै शौचालयमा थुनिदिएका थिए भने तीन जनाको खुकुरी प्रहारबाट मृत्यु र ८ जना घाईते भएका थिए । उनीहरुबाट ५० ल्यापटप, २० लाख नगद, २ सयथान मोबाईल सेट, एकदर्जन सुनका सिक्री बरामद गर्न श्रेष्ठ सफल भएका थिए । 
डाकाको आक्रमणमा श्रेष्ठको देब्रेहातमा चोट लागेकोमा तीन महिनाको उपचारपछि निको भएको थियो । एक महिना छुट्टीमा आएका श्रेष्ठलाई आउने र जानेक्रममा दुई सुरक्षाकर्मी संगै पठाइएको छ । 
बाबु गोपालप्रसादले छोराले यति ठूलो बहादुरीको काम गर्दा निकै खुशी लागेको भन्दै सर्वसाधारणलाई बचाउनु फौजीको कामै रहेको बताए । श्रीमती सीताले पनि आफु बाँचेर ठूलो काम गर्न सफल भएकोमा खुशी ब्यक्त गरिन् । 'घटनाले परिवारकै नाम र सम्मान् बढेको छ' उनले भनिन् ।

No comments:

Post a Comment