जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Sunday, January 23, 2011

विवाहमा आउनु होला, केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला

विवाहको लगन धमाधम आउँदैछ। आफन्तको विवाहमा सामेल हुनु सामान्य कुरा हो। कही विवाहमा जान पर्‍योकी धेरै जसोलाइ त बडो टेन्सन् हुन्छ। के लगिदिने कस्तो लगिदिने । खाली हात कसरी लखर लखर जाने आदी इत्यादी। खासमा विवाह भोज आयोजना गर्ने लाई जती टेन्सन हुन्छ। जाने मान्छेलाई के कस्तो उपहार लाने भनेर अलिकती भए नि मानशिक तनाब हुन्छ है। आज भोली त यस्तो खाले कार्ड पनि देखिन्छ है "कृपया जिन्सी
सामान नल्याउनु होला।" यस्को मत्लब हामीले बुझ्न पर्‍यो कि नगद लानु परो अब कती नगद दिने हो। खाम बन्दी झन डेन्जर हुन्छ। जती दिए नि था नहुने।

विवाहमा उपहार/दाईजो दिने नि मलाइ त आज भोली वाइहात लाग्छ। यस्ले गर्दा झन् घरमा कलह र काहि काहि त दाइजोले गर्दा आइमाइको ज्याननै पनि गएको सुनिन्छ। सोफा, टि.भी, ओछ्यान, दराज, खाट लिने लाज पचाएका केटाहरु हुन्। आफ्नो औकातले म आँफै जोड्छु भन्न नसकेर ससुरालीको दाईजो सोफामा बस्न कस्तो लाज पनि नलाग्ने होला? जस्तो सुकै धनी केटी पक्ष किन नहोस् दाईजो दिदा मानसिक तथा अर्थिक भार पर्छ। ल दिनै मन लागे आफ्नो बुवा आमाले पछी आफ्नो छोरीलाई सुटुक्क उपहार दिन सक्छन।


ओहो !! हाम्रो नेपालमा त घर कि गृह लक्ष्मी आउनु अगाडि गृह लक्ष्मी दराज आइपुग्छ। जुन केटाले विवाहमा यस्ता सामान लिन्छ उनीहरुले सोच्नु कि आफु तेही दराज , सोफा, कोही कोही त बाइकमा बेचिएको ठान्नु। आफुले जिन्दगीमा केही गर्नै नसक्ने हुतिहारा भएर समाजको अगाडि दाईजो भित्राउनेहरु निच हुन । होइन भने भगवानले बोल्नको लागि मुख दिएका छन। विवाह अगाडिनै केटी पक्षकोमा गएर मलाई दाइजो होइन असल जिबनसाथि मात चाहिएको हो । दाईजोले मेरो आत्मसम्मानमा ठेस पुराउछ भन्दा कुन चाँही छोरीका बाबु आमा खुशी हुन्नन र अहो!!! हुनेवाला ज्वाइसाप् त बडो जाति र बुज्जकि रैछन् है भनेर केटि पक्षका पनि नाक फर्सि जत्रो हुन्छ। कुनै पनि बाबु आमालाइ सामान भन्दा त छोरि नै महत्वपुर्ण हुन्छन् । आफ्नो मुटुको टुक्रालाई अर्काको घरमा पठाउदा यसै त भाव-बिहल भै राखेको हुन्छ। तेही माथि दाईजो उपहारले झन् टेन्सन थपी दिएको हुन्छ।

त्यसैले आजका युवा-युवतिहरुले यो बिषयलाइ गम्भिर रुपले लिनु पर्छ र विवाह गर्दा कुनै किसिमको दाईजो र उपहार नलिएर समाजमा बिध्यमान कुरिती हटाउने सबैले जिम्मा लिनु पर्छ । आखिर ३०० रुपैयाको कप प्लेट सेट ल्याउनु भन्दा चोखो मनले धेरै धेरै आशिर्बाद लाग्छ नि होइन र ? आउने पनि खुशी, पाउने पनि खुशी। समाजमा हामिले ठुला ठुला काम गर्न नसके पनि समाजमा भएका कुरिती नपनाउदा आफ्ना आफ्न्त बिच वाँह वाँह कमाइन्छ। त्यसैले विवाह गर्न ठीक्क पर्नु भएका अथवा विवाहको सोच बनाउनु भएकाले कार्ड मै यस्तो लेख्ने हो कि? कृपया विवाहमा जसरी पनि पाल्नुहोला, उपहार र नगद केही नल्याउनु होला, आशिर्बाद दिनु होला, जानु होला।

No comments:

Post a Comment