जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 22, 2011

अश्लिल सामाग्री बिक्री वितरण र प्रशारण गरे पाँचवर्षसम्म कैद र १ लाख जरिवाना'

कानुनले निषेध गरेको अश्लिल सामाग्रीहरु कसैले प्रशारण, प्रर्दशन र बिक्री वितरण नगर्न शुक्रवार गृह मन्त्रालयले सबैलाई सचेत गराएको छ ।
सूचना प्रविधिको प्रयोगमा आएको व्यापकतासगै इन्टरनेट लगायतका विधुतीय संन्चार माध्यमहरुमा सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका तस्विर र सन्देशहरु जथाभावी आउन थालेपछि गृहले यस्तो चेतावनीयुक्त सूचना जारी गरेको हो ।

अश्लिल समाग्रीले समाजमा विकृति बिसंगती फैलाउनुका साथै आपराधिक गतिविधि समेत बढेकाले यस्तो सूचना जारी गर्नुपरेको गृहका प्रवक्ता जयमुकुन्द खनालले बताए ।
खनालका अनुसार विधुतिय कारोवार ऐनले निषेध गरेको त्यस्ता सामाग्रीहरु इन्टरनेट सेवा प्रदायक लयागत सम्बद्ध संस्थाहरुले प्रशारण प्रर्वद्धन वितरण एवं प्रवाह गर्न पाउने छैनन ।
उनका अनुसार यस ऐनले निषेध गरेका सार्वजनिक नैतिकता र शिष्टाचार बिरुद्धका अश्लिल सामाग्रीहरु कसैले पनि प्रकाशन, प्रर्दशन, प्रशारण एवं विक्री वितरण गरेको पाइए उक्त ऐनको दफा ४७ बमोजिम एक लाख रुपैया जरिवाना र ५ वर्षसम्म कैद सजाय हुने व्यवस्था गरेका छ ।
गृहले शुक्रवार जारी गरेको बिज्ञप्तीमा यस ऐन बिरुद्ध कसैले कार्य गरेको सूचना भए इमेल गर्न र लिखित सूचना दिनका लागी छुट्टाछुट्टै नौ वटा ठेगाना समेत जारी गरेका छ । अश्लिल गतिविधी गरेको सूचनाका बिरुद्ध कसैले लिखित उजुरी गर्नका लागि गृह मन्त्रालय, सूचना तथा सन्चार मन्त्रालय, नेपाल दुरसन्चार प्राधिकरण र प्रहरी मुख्यालयमा सूचना दिन सूचित गरिएको छ ।
त्यस्तै इमेल गरी जानकारी दिनका लागि siteinfo@nta.gov.np, info@nepalpolice.gov.np, info@moha.gov.np, moiogon@ntc.net.np, apf.security division@gmail.com मा पनि जानकारी दिन सकिने उल्लेख छ । (kantipur)

No comments:

Post a Comment