जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 22, 2011

आफैंलाई चोट पुर्‍याउने सनक

माघ ८ - अठार वर्षे नैनाले आफनो  पाखुरा ब्लेडले चिरेर पे्रमीको नाम लेखेकी छन् । अग्लो ठाउँबाट हामफाल्ने रमेश केही महिनाको अस्पताल बसाइपछि घर फर्केका छन् । मट्टीतेल/पेट्रोल खन्याएर आफैंलाई आगो लगाउन खोज्ने रुनूलाई उनका पतिले जोगाए । घाँटीमा पासो लगाउन खोज्ने सुरेशलाई छिमेकीहरूले बचाए । स्लिपिङ टयाबलेट खाएकी सरला आफन्तले तत्काल अस्पताल नपुर्‍याएका भए बाँच्दिनथिन् ।  

माथि उल्लिखित घटना हाम्रो समाजमा प्रायः देखिने गरेका छन् । जानेर सामान्य मानसिक स्थितिमा यसरी आत्मक्षति पुर्‍याउने गरिएको मान्यता पनि हाम्रो समाजमा विद्यमान छ । यस्तो सनक भएका व्यक्तिहरूले धेरै मानसिक तनाव, आन्तरिक असन्तुलन वा धेरै भावुकताका कारण आफूलाई चोट पुर्‍याउँछन् । आत्मक्षतिका लागि केही व्यक्ति योजनाअनुसार चल्ने भए पनि कतिपयले भने एक्कासि यस्तो कदम उठाउने गरेका छन् । यस्तै, आफैंलाई हानि पुर्‍याउने काम केही व्यक्तिले एक/दुई पटक गरे पनि केहीले यो सनकलाई निरन्तरता दिइरहन्छन् । 

द रोयल कलेज अफ साइकेटि्रस्टको तथ्यपत्रअनुसार धेरै बढी मात्रामा औषधि सेवन गर्नु, चक्कु वा ब्लेडजस्ता धारिला हतियारले आफैंलाई काट्नु, शरीरमा आगो लगाउनु आत्मक्षतिका उदाहरण हुन् । टाउको ठोक्नु, मुक्का हान्नु, तीखो हतियार शरीरमा घुसाउनु वा कुनै अखाद्य पदार्थ खानु, असुरक्षित यौनसम्बन्ध राख्नु, अत्यधिक मद्यपान गर्नु, निरन्तर भोको बस्नु पनि आत्मक्षतिमै पर्छन् । 

'हाम्रो मुलुकमा युवायुवतीले ब्लेडले हात काट्ने आत्मक्षति सबैभन्दा बढी पाउने गरिएको छ', वरिष्ठ मनोचिकित्सक डा. निराकारमान श्रेष्ठ भन्छन्, 'उनीहरू आफूलाई मार्न चाहँदैनन्, आफूप्रति अरूको ध्यानाकर्षण गराउन उनीहरूले यस्तो गर्ने गरेका हुन् ।' आत्महत्यामा आफू मर्ने कुरा सम्बन्धित व्यक्तिलाई थाहा भए पनि आत्मक्षति गर्नेहरूले भने आत्महत्या चाहेका हँुदैनन् । तर आत्मक्षतिकै क्रममा नचाहँदानचाहँदै ज्यान जाने गरेका उदाहरणसमेत धेरै छन् । 

'पत्नीले टाउकोमा पेट्रोल खन्याउनु र पति आएर रोक्छन् भन्नेमा ढुक्क परी सलाई कोरेर आफैंलाई आगो लगाउनु यस्तै उदाहरण हो,' आत्मक्षतिको एउटा घटना उल्लेख गर्दै डा. श्रेष्ठ भन्छन् । उनका अनुसार आत्मक्षतिको समस्या पुरुष र महिला दुवैमा पाउने गरिए पनि महिला यसमा अलि बढी लागिपरेका हुन्छन् । नेपालमा हाल आत्मक्षतिको घटना पहिलेभन्दा बढेको र त्यसमा २५ वर्षमुनिका युवायुवती अधिक रहेको डा. श्रेष्ठ बताउँछन् ।

'आत्महत्या गर्ने व्यक्ति बाँच्न सक्छ तर बाँच्ने उद्देश्यले गरिएका यस्ता क्रियाकलाप गर्नेहरू मर्न सक्छन्,' पोखरामा कार्यरत मानसिक रोग विशेषज्ञ डा. लुमेश्वर आचार्य भन्छन्, 'आत्मक्षतिको प्रवृत्ति भएकाहरूलाई उपचार आवश्यक छ, यसले आत्महत्याको खतरा बढाउँछ ।'

चिकित्सकीय तथ्यहरूका अनुसार आत्मक्षति कुनै पनि उमेरमा हुन सक्छ । तर दस युवामध्ये एकजनाले कुनै एक समय आत्मक्षति गर्न सक्छन् । युवाको दाँजोमा युवतीले बढी आत्मक्षति गर्छन् । समलैंगिक र द्विलैंगिक व्यक्ति आत्मक्षतिका सिकार हुन्छन् । बाल्यावस्थामा भएको शारीरिक, मानसिक र लैंगिक शोषणसमेत आत्मक्षतिको एउटा कारक हुन सक्छ । 

डा. श्रेष्ठका अनुसार आत्मक्षति गर्ने धेरैजसो व्यक्तिहरूले पहिले मानसिक व्यथाको सामना गरेका हुन्छन् । आत्मक्षति गर्ने अधिकांश व्यक्ति मानसिक रोगी नभए पनि केहीमा उदासिनता, दुव्र्यसनजस्ता समस्या पाउन सकिन्छ । 

'आफैंलाई चोट पुर्‍याउनाले तनाव वा अन्य समस्याले गर्दा उत्पन्न हुने नराम्रो अनुभव कम हुन्छ,' हामफालेर हड्डी भाँचेका रमेश भन्छन्, 'आत्मक्षतिमा आफैंलाई दुःख पुर्‍याएर आत्मग्लानी कम गर्ने प्रयास गरिन्छ ।' 

आत्मक्षति कडा खालको मानसिक रोगले गर्दा समेत हुन सक्छ । डिल्युजन -अवास्तविक दृढ विश्वास) ले पीडित एक व्यक्तिले पुण्य मिल्छ भनेर आपmनो लिंग काटी भगवान्लाई चढाएका थिए । 'ती व्यक्तिसँग कुरा गर्दा आफूलाई मार्ने उनको आशय नरहेको बुझियो,' डा. श्रेष्ठ भन्छन्, 'उनी दृढ अवास्तविक विश्वासले पीडित थिए र आमव्यक्तिले भन्ने कुनै पनि कुरा मान्न तयार थिएनन् ।'

आत्मक्षतिको उपचार त्यसको कारण पत्ता लगाएर गर्नुपर्ने हुन्छ । 'ड्रगको समस्याले गर्दा आत्मक्षतिको चाहना उत्पन्न भएको हो भने दुव्यर्सनकै उपचार गर्नुपर्छ,' आत्मक्षतिलाई हलुका तवरले लिन नहुने उल्लेख गर्दै डा. श्रेष्ठ भन्छन्, 'व्यक्तिको समस्या पहिचान गरेर त्यसलाई हटाउनुपर्छ ।'

No comments:

Post a Comment