जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 22, 2011

सावधान ! काठमाडौंमा महाकालको खतरा !

काठमाडौंमा महाकालको खतरा बढेको छ । यो कुनै सनसनी मच्चाउनका लागि गरिएको प्रचारवाजी होइन । सांच्ची बढेको छ  यस्तो खतरा । त्यो महाकालले ७ लाख नेपालीहरुको ज्यान समेत लिनसक्ने चेतावनी दिइएको छ । कसैको मनगढन्ते चेतावनी होइन यो । सरकार र आधिकारिक संस्थाहरुले नै दिएको चेतावनी हो । के हो त्यो महाकाल  ?  कसरी आउछ त्यो महाकाल ? यसै सम्बन्धमा तयार पारिएको विशेष रिपोर्ट । 

भयानक भूकम्पको जोखिममा परेको छ नेपाल । विश्वका अन्य देशको तुलनामा भूकम्पीय जोखिमका हिसाबले नेपाल ११ औं नम्बरमा छ । विश्वका २१ शहरलाई आधार बनाएर गरिएको अध्ययनमा पनि काठमाडौं भयानक भुकम्पको जोखिममा छ । सन् १९९० सालमा त ८ हजारको मात्र ज्यान गयो  । तर अब नेपालमा त्यस्तै भूकम्प आएमा एकलाखदेखि सातलाखसम्मको ज्यान जान सक्ने अनुमान छ ।

के भएको थियो ७५ वर्ष अगाडि ?
बिक्रम सम्वत १९९० साल माघ २ गते दिउंसोको सवा दुई बज्दै थियो । नेपालमा भयानक बिपत्ति आयो । प्राकृतिक विपत्ति थियो त्यसैले अचानक आयो । सबै आ आफ्ना काममा मस्त थिए  कसैले पूर्वानुमान गरेकै थिएन । त्यति नै बेला ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गयो ।  त्यसैले ९० सालको महाभूकम्पमा  ८ हजार ४ सय ४८ मानिसको मृत्यु भयो । हजारौं घर भत्किए ।  कति घर भत्किए भन्ने तथ्याङक समेत संकलन गर्न कठिन भयो । राजधानीमा मात्रै झण्डै ६० प्रतिशत घर भत्किए ।  भूकम्पपछिको स्थीति यति दर्दनाक बन्यो कि ज्यान गुमाएका मानिसलाई जलाउन काठको समेत अभाव भयो । त्यसैले भुकम्पबाट मृत्यु भएकाको शव भत्किएको घरको दलिन खोजेर समेत जलाइयो ।
फेरी भूकम्पको जोखिम
आधिकारिक रुपमा नै नेपाल  भयानक भुकम्पीय खतराको सूचीमा परेको हो । त्यसमा पनि राजधानी काठमाडौं अझ बढी जोखिममा छ । जाइका नेपाल र गृहमन्त्रालयले गरेको अध्ययनबाट यसै कुराको पुष्टि भएको छ । हुन त भूकम्पको जोखिम सबैठाउमा नै छ । तर विश्वका दुईसय सहरमध्ये पनि काठमाडौंमा सबैभन्दा बढी जोखिम छ । गृहमन्त्रालयले मात्र होइन भुकम्प प्रविधि राष्ट्रिय समाज एनसेटले गरेको प्रतिवेदन पनि यसै भन्छ । विश्वका २१ शहरलाई आधार बनाएर गरिएको अध्ययनमा काठमाडौं भयानक भुकम्पको जोखिममा छ । खानी तथा भुगर्व विभाग अन्र्तगत राष्ट्रिय भुकम्प मापन केन्द्रको अध्ययनले पनि काठमाडौं अत्यन्त जोखिममा रहेको पुष्टि गरेको छ ।
हो विश्वका दुईसय सहरहरुमा काठमाडौं पहिलो नम्बरमा छ ।  विश्वका अन्य देशको तुलनामा पनि नेपाल ११ औं नम्बरमा छ । त्यसैले नेपालको भौगोलिक धरालत निकै कमजोर भएका कारण जुनसुकै बेला भयानक भुकम्प जाने खतरा छ ।
नेपालमा फेरी १९९० को जस्तै भुकम्प गएमा एकलाख मानिसको तत्कालै मृत्यु हुने गृहमन्त्रालयको आंकलन छ ।  त्यो बाहेक भुकम्पको असरबाट कतिको मृत्यु हुन्छ भन्ने अनुमानै समेत  गर्न गाह्रो छ ।
१९९० सालको जस्तो भुकम्प आए राजधानीमा ७ देखि ८ लाख मानिस मर्न सक्ने भुकम्प प्रविधि राष्ट्रिय समाजका कार्यकारी निर्देशक आमोदमणि दीक्षितको भनाई छ । काठमाडौं भन्दा बढी जोखिम भक्तपुरमा रहेको उहाँको दावी छ । त्यसैले भक्तपुरमा अझ मानिस मर्न सक्ने उहांको अनुमान छ । मानिसको मृत्यु हुनेमात्र होइन । भयानक भूकम्प गएमा भूकम्पमा घाइते हुनेहरुलाई उपचार गर्न राजधानीमा अस्पताल समेत हुनेछैनन् ।  राजधानीका धेरै अस्पतालहरु पनि भूकम्पीय जोखिममा रहेका छन् । ५० प्रतिशत भन्दा बढी अस्पताल र भौतिक संरचना भत्किने अनुमान छ आमोदमणि दिक्षीतको । खानेपानी र बिजुलीको संरचना पनि ध्वस्त हुने भएकाले धेरै मानिसले त उपचार समेत नपाएर ज्यान गुमाउने खतरा रहेको उहाको भनाई छ ।  राष्ट्रिय भुकम्प मापन केन्द्रका भुकम्पविद् सुधीर रजौरे पनि भुकम्पबाट कहालीलाग्दो अवस्था आउन सक्ने बताउनुहुन्छ ।
१९९० सालको भुकम्पको केन्द्रबिन्दु भोजपुरमा थियो । राजधानी  काठमाडौं नजिकै धादिङ र रसुवामा भुकम्पको २ वटा केन्द्रबिन्दु छन् । नेपालको पूर्व या पश्चिम जुनसुकै ठाउंमा भुकम्प गएपनि त्यसको ठूलो असर काठमाडौंमा पर्ने अनुमान छ भुकम्पविद रजौरेको ।

No comments:

Post a Comment