जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, January 20, 2011

लाज लाग्दैन ?

 -राजेन्द्र खाती क्षेत्री, (ललितपुर)

जुन देशका नेताहरु आफू नाड्डो हुँदा पनि लाजै मान्दैनन् त्यस्ता नेताहरुले देशको लागि के गर्छन् देशलाई अनिर्णयको बन्दीबाट मुक्ति गर्लान् र देशलाई विकासको अग्रगमनतिर लैजानेछन् भनेको त यिनीहरुले एकपछि अर्को गर्दै झन् देशलाई नाड्डो बनाउन थाले।

कहिले उच्चस्तरीय मिटिङ कहिले के मिटिङ निर्णयमा कहिल्यै पुग्न नसक्ने मिटिङ मात्र गरेर समय खेर फाल्नका लागि जनताले त्यो स्थानमा पुर्याएका हुन् र साँच्चै भन्ने हो भने नेताहरुको क्रियाकलाप हेर्दा जनतालाई तिनीहरुले पूरै धोका दिएका छन्।

जो नेताहरुमा देश बनाउने अलिकति पनि चिन्ता छैन त्यस्ता नेताहरुमा आमनेपाली जनताले विश्वास गर्नु पनि ठूलो भूल हो। कागतीको बोटमा सुन्तला फल्छ र खाउँला भनेर सोच्नु त्यो जस्तो महामूर्ख अरु के हुन सक्छ हाम्रा देशका पार्टीका नेताहरुसँग देश विकास गरी देशलाई निकास दिने के भिजन छ कसैको पनि राम्रो भिजन छ जस्तो लागेन। खाली सत्तामा जाने पुस्तौंपुस्तालाई पुग्ने रकम कमाउनेमा मात्र तिनीहरुको ध्यान छ। यस्ता नेताहरुबाट मुलुकले कहिले संविधानको आशा गर्ने मुलुक संविधान र शान्ति प्रक्रियाको संर्थक निष्कर्ष पुर्याउने आशै आशमा यति लामो समय बितिसकेको छ। अझै नेताहरुको घैंटामा घाम लागेको छैन। दुई वर्षे म्यादले नपुगेर आफै थपेको अर्को १ वर्षको आधा समय पनि खेर गइसकेको छ। अब बाँकी ६ महिनाको अवधिमा कसरी संविधान बनाउने हुन् यिनीहरुले नेताहरुको रवैया हेर्दा लाग्छ- आफूले बनाएको संविधानको दायराभित्र आफू पनि बस्नुपर्ने भएकोले उनीहरु संविधान नै बनाउन चाहँदैनन्। जनतासमक्ष हिजो गरेका प्रतिबद्धताहरु यति छिट्टै बिस्रन नेताहरुलाई लाज लाग्दैन ?

No comments:

Post a Comment