जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, January 19, 2011

पहिले पति पीडित अहिले पत्नी पीडित

यमुना अर्याल

दुई हप्ता पहिलेको नेपाल साप्ताहिकमा पत्तीपीडितको कहानी पढेपछि केही नलेखी बस्नै सकिँन । मेरै आखाँले देखेका कैयौँ पत्नीपीडित छन जो समाजको इज्जतका लागि हिंसा सहेर बसेका छन । केही भन्नै नहुने, अधिकार र समानता कुरा झिकी हाल्ने , एक पैसाको जागिर खायो भन्दै दश पैसाको फुर्ती लगाउने नेपाली महिलाको परिपाटी देख्दा त लाजै लाग्छ । हुन त यी कुरा हाम्रा अधिकारकर्मीले सुनेभने महिला भएर पनि महिलाविरोधी कुरा गरेकी भन्लान् । अझ यिनै महिलाहरु पुरुषले हेपे भन्दै नारा लगाउँछन । आफूले दुई पैसा कमाउँदैमा त्यत्रो धाक लगाउने महिलाले सोँच्नु पर्ने हो आफ्ना श्रीमानले कमाई गरेर श्रीमती घर परिवार सबैलाई पालेका हुन्छन । उनीहरुले यसो केही भनेपनि सहनुपर्छ । यहाँ पुरुषले जति महिलाले कमाउथे र घरपरिवारको सबै जिम्मा आफ्नै काँधमाथि थुपारिन्थ्यो
भने हरेक दिनजसो पुरुष महिलाको हिंसाबाट अझैँ बढी प्रताडित हुन्थे । अहिले तथ्यांककै कुरा गर्ने हो भने ६५ प्रतिशत महिला पुरुषबाट पीडित छन ३५ प्रतिशत पुरुष महिलाबाट पीडित छन् ।
‘अधिकारकर्मीको संगतमा लागेपछि मेरी श्रीमती निकै बिग्रेकी छ । ऊ त आजकाल भूईमा न भाँडामा भएकी छ । छोइसक्नु छैन । श्रीमानलाई मान सम्मान गर्नु त उसका लागि निकै टाढाको कुरा हो, राम्रोसँग बोल्ने पनि ढंग छैन । खै के के सिकाउँछन यी महिला अधिकारकर्मीहरु, मेरो त होस् हृवास नै खान लागिसकी ‘ । अनामनगरका एक घरबेटीले डेरावालासँग आफ्नै गुनासो पोख्दै थिए । पहिले पहिले राम्रो व्यवहार गर्ने श्रीमती एकाएक परिवतर्न भएपछि उनी छक्क परेका छन । ‘मुखमा जे आयो त्यही बोल्छे, यति छाडा भइकसी म केही भन्नै सक्दिन, सधैभरी अफिसबाट आउँदासाथ सोधखोज गर्ने चिया खुवाउने, खाजा खाए नखाएको सोध्ने श्रीमती आजकाल भोक लागे आफै बनाउने खाने, सक्दिन म तिम्रा जुठा भाँडा मोलेर बस्न भन्छे । तिर्खा लाग्नेले खोला धाउनुपर्छ जे मन लाग्छ गर भन्छे ।’ एक छोरा एक छोरी सात र आठ कक्षामा पढ्छन । आमाको संगतले छोराछोरीले पनि उस्तै व्यवहार गर्न थालेका छन उनलाई । राम्रो मुखले यसो गर छोरा भन्दा त्यती काम गर्न पनि सक्नुहुन्न र भन्छन रे । ‘कोही इष्टमित्र पनि घरमा बोलाउँदैन उनी । बरु बाहिरै गएर भेट्छु किन सबैलाई बेइज्जत देखाउनु, जे छ म आफै सहेको छु ।’
एनले गुनासो पोख्दै गर्दा अर्का पत्नीपिडित उदाय । पुतलीसडकमा बसोवास गर्दै आएका पूर्वी नेपालका एक पुरुष जो दिनमा पाँचवटा क्याम्पसमा स्नातक तहका विद्यार्थीलाई एकाउन्ट विषय अध्यापन गराँउँदै आएका छन । उनी क्याम्पसबाट घरमा खाना खान आउँदा श्रीमती हुदिनन्, हुन्छ त केवल जुठा भाँडा र लथालिंग कोठा । एक दिन दुइ दिन होइन वर्षौ भइसक्यो उनले यस्तो नियती भोगेको । श्रीमती त्यही नजिकैको सहकारी संस्थामा क्रृण अधिकृतको रुपमा कार्यरत छिन् । श्रीमान उज्यालो नहुँदै पढाउन पुगिसक्नुपर्छ । श्रीमती आठ बजे उठ्छिन हतारहतार आफ्नो काम गर्छिन खाना पकाउँछिन खान्छिन अफिस जान्छिन । श्रीमानको बारेमा कुनै मतलव छैन ।’ विहान अलि छिटो उठ् खाना पकाऊ मलाई पनि राखिदेऊ भन्दा उल्टै जवाफ लगाउँछिन म गाऊको बुहारी होइन विहान भालेको डाकोसँगै उठ्ने मन लाग्छ भने पकाएर हड्किसमा राखेर जाऊ आएर खाऊ । आफ्नो काम आफै गर्ने हो । मलाई तिमीले पकाएर खुवाउनु पर्दैन म पनि खुवाउन सक्दिन ।’
श्रीमानले श्रीमतीलाई नसम्झाएका होइनन तर सम्झिने भए पो । ‘आफ्नो त भाग्य नै यस्तो , जिन्दगीमा कुनै गल्ती गरेँ भने यही बिहे गर्नु नै महा गल्ती भयो मबाट ‘ नजिकका आफन्त भेट्दा भेटैपिच्छे प्रयोग गर्ने थेगो हो यो । श्रीमती समानता खोज्ने परिन्, जुठा भाडाँ श्रीमानले पनि माज्नूपर्छ , नमाजे जुठै भाडाँमा खानुपर्छ भन्छिन उनी । मानवअधिकारबादी महिलाको संगतमा लागेपछि बढ्दा घमण्डी भएको श्रीमानको गुनासो छ । ‘बिहे गरेको पाँच वर्ष भयो शुरुमा राम्रो भएपनि पछिपछि त्यतीकै नराम्रो हुन थाल्यो । हाम्रो पारिवारिक स्टाट्स पनि नमिल्ने होइन, बुवाको खोजीमा मैले हेरेरै चित्त बुझाएर बिहे गरेको हुँ तर भइदियो दुर्भाग्य । हामी सन्तान जन्माउने मेशिन होइनौँ, तिमीले चाहन्छौ भने अर्को बिहे गर सन्तान जन्माऊ तर म पाउन सक्दिन भन्छिन उनी। ‘ उनी पुर्पुरोमा हात लगाउँदै भन्छन ‘यो समानता भन्ने चिज बडा डरलाग्दो रोग रहेछ । हुँदाहुँदा सन्तान पनि पुरुषले जन्माऊ भन्न थाले आइमाईहरु ‘। बिहे गरको पाँच बर्षसम्म पनि उनका सन्तान छैनन । घरपरिवारबाट दवाव आउँछ आजसम्म पनि नातिनातिना देख्न पाइएन हामी मरेपछि जन्माउनू, श्रीमती भने तैँ जन्मा भन्छिन विक्षिप्त जस्तै देखिन्छन श्रीमान् ।
निजामती सेवामा नासुको जागिर खाँदै गर्दा खरिदार स्तरकी युवती बिहे गरेका बानेश्वरमा बसोबास गर्ने एक कर्मचारी यतिबेला भाग्यलाई सत्तोसराप गर्दैछन । शुरुमा सरकारी जागिरे श्रीमती भित्राउन पाएकोमा उनी लगाएत घरपरिवार जति खुसी थियो अहिले उत्ति नै दुखी बनेकेा छ । ‘तँ भन्दा म के कम भन्दै मानमर्दन त कहाँ हो कहाँ आफ्ना माइतीको धाक देखाउने , नन्द आमाजुलाई वास्ता नगर्ने दशैँमा घर जाँदा पनि जागिरकै फूई लगाउने, इष्टमित्र कसैको मान नगर्ने व्यवहारका कारण समाजले पनि यस्ती आइमाई बिेह गर्नुभन्दा नपढेकी बिहे गरेकेा भए कम्तिमा मानमर्दन गर्न त जानेकी हुन्थी ‘भन्नेहरु बढेका छन ।
यी त केवल प्रतिनिधि घट्नामात्र हुन । यस्तै पात्र खोज्दै जाने हो भने ठूलै शृखला बन्छ । विशेष गरी शहरमा पत्नीपिडतकेा सख्या बढी छ । खानदानीका छोरी बिहे गर्नेहरु बढी पिडित बनेक छन । अझ जागि खाएकी श्रीमती बिहे गर्ने पुरुषहरु पिडामा जिन्दगी बिताउन बाध्य भएका प्रशस्तै उदाहरण छन । दमन चाहे पुरुष होस् चाहे महिला कसैले कसैमाथि गर्नुहुँदैन । समानता र समावेशीको नाममा एकले अर्कालाई वास्तै नगर्ने, गन्दै नगन्नै, मान मर्दन नै नगर्ने परिपाटीले भावी पुस्तामा राम्रो सन्दैश प्रवाह हुँदैन ।

No comments:

Post a Comment