जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, January 19, 2011

१२ जना नेपाली श्रमिक मलेसियाको जंगलमा

दिनेश कार्की, मलेसिया 

मलेसिया । बैदेशिक रोजगारीका लागि मलेसियाका कान्जाक राय एसडीएन बिचडी (Kangak Raya SDN.BHD) मा आई पुगेको १२ जना नेपाली श्रमिकहरु बीचल्लीमा परेका छन् । उनीहरु मेनपावर कम्पनीले भने बमोजिम काम र मेनपावरलाई बुझाउने रकम धेरै भएपछि विचल्लीमा परेका हुन् । मलेसियाको बातुपहात स्थित जंगलको बीचमा उनीहरुलाई राखिएको छ ।
अर्जुन कुमार दर्जी, लोकबहादुर थापा, मोहन बस्नेत, ऋतुवर्ण कार्की, टेकबहादुर कुवर,  तीलक बराइली, तुलबहादुर विस्वकर्मा, डेगेन्द्र चौधरी गरी १२ जना विचल्लिमा परेका छन् । उनीहरुलाई पिउने पानी, खाना र बस्न समेत उचित व्यवस्था छैन ।
१ जनवरी २०११ मा मलेसिया आईपुगेका १२ जना नेपाली श्रमिकहरु मध्ये तीन जना श्रमिकहरु तीलक बराइली, तुलबहादुर विश्वकर्मा र डेगेन्द्र चौधरीले भने मलेसिया आएदेखि नै काम र खर्च नपाएपछि दयनीय अवस्थामा दिन कटाइरहेका छन् । “६५० वटा ईटा बोकेर ८०० मिटर परसम्म लगेर मिलाएर राखेको जम्मा मलेसियन १ रिङ्गेट ४० सेन पाइन्छ” उदयपुर तपेस्वरी १ का लोक बहादुर थापाले भने “प्राणको बाजी राखेर १२ घण्टा काम गर्दा बल्लतल्ल १६ रिङ्गेट हुन्छ ।”
त्यसैगरी झापा मेचीनगर ६ का ऋतुवर्ण कार्की भन्छन् “दिनभरीको कमाईले मलेसियाको महङ्गी अनुसार खान पनि पुग्दैन ।” कार्की झापाको विर्तामोडस्थित डाईनोमिक ओभरसिर्जका सञ्चालक गायत्री शिवाकोटी मार्फत एबी इम्प्लोमोन्ट सोलुसन प्रा.ली. बाट मलेसिया आएका हुन् । कार्की अनुसार काठमाडौं स्थित एबी इम्प्लोमोन्ट सोलुसन प्रा.ली.ले सम्झौता पत्र समेत पढ्न नदिई जबरजस्ती दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गराएको थियो भने त्यो सम्झौता पत्र समेत मलेसिया स्थित कम्पनीले नै खोसेर लगेको छ । मेनपावरहरुले सम्बन्धीत निकायमा देखाउन किर्ते सम्झौता पत्र र अर्को कम्पनीको गरी दुईवटा सम्झौता पत्र बनाउने गरेको पाइन्छ ।
जनही ७५ हजार देखि १ लाख १० हजार सम्म तिरेर मलेसिया आइपुगेका १२ जना श्रमिकहरुको दैनिक कमाइ हेर्दा विसौं बर्षमा पनि उनीहरुले लगानी गरेको रकम उठ्दैन । “त्यत्रो पैसा  ऋण काढेर आइयो त्यो कसरी तिर्ने हो त्यो त परै जाओस् उल्टो यहााको कम्पनीले जनही १५ सय रिङ्गेट तिर्नुपर्छ भनेर भनेको छ” झापाकै टेकबहादुर कुवरले भने “जंगलको बीचमा हामीलाई राखेको छ कतै जान पनि सकिदैन, मेनपावरका डाइरेक्टर एचबी थापालाई फोन गर्दा फोन नै काटिदिन्छन्, दूतावासमा फोन गर्दा फोन नै उठ्दैन ।”

No comments:

Post a Comment