जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 18, 2011

छिमेकीले संसारकै महंगो घर बनाए

संसारका चौथो तथा भारतका सबैभन्दा धनी व्यक्तिका रुपमा रहेका मुुकेश अम्बानीले आफ्नो नयाँ घरको निर्माण भर्खरै सकेका छन् । भारतीय शहर मुम्बइमा बनेको एन्टिलिया नाम गरेको उक्त भवनको डिजाइन भने सिकागोस्थित पर्किन्स एण्ड विल नाम गरेको कम्पनिले तयार गरेको हो । अन्तराष्ट्रिय एजेन्सीहरुका अनुसार यो घर आजसम्म बनेको संसारको सबैभन्दा महँगो निजी घर हो ।२७ तलाको यो घरमा जिम, स्वीमिङपुल, छ तलासम्मको पार्किङ, अनगिन्तिी बेडरुमहरु उक्त रहेका छन् भने हेलिकप्टर समेत ल्याण्ड गर्नको लागि छानामा तीन वटा हेलिप्याडहरु समेत बनाइएका छन्
। सिनेमाघर, इनारसमेत घरको विशेषताका रुपमा रहेका छन् । साथमा १६० वटा कार अट्नेगरी अन्डरग्राउण्ड पार्किङ समेत बनाइएको छ । एक विलियन डलर अर्थात् नेपालीमा ७५ अरब रुपैया हुन्छ ।
संरचनाको कुल उचाइ १७३ मिटर रहेको छ ।
उनको घरको कुल क्षेत्रफल ३७ हजार स्क्वार मिटर रहेको छ । अब उनलाई उनको नयाँ घरको हेरचाह गर्न छ सय जना मानिस चाहिन्छन् ।

अम्बानि भर्खरै आफ्नो नयाँ घरमा श्रीमती र तीन जना सन्तानहरुसहित बस्न थालिसकेका छन् । भवनको निर्माण कार्य भने आउँदो जनवरीसम्ममा सकिनेछ ।
हालै मात्र फोब्र्स नामक पत्रिकाले अम्बानी संसारकै धनी व्यक्ति हुने भविष्यवाणि समेत गरेको थियो । सन् १९५७ मा जन्मिएका अम्बानी स्टील र पेट्रोलियम रिफाइनरीका उद्योगहरुका मालिक हुन् । उनको सम्पत्ती बीस खर्ब रुपैया भन्दा बढी गणना गरिएको छ ।
Enhanced by Zemanta

No comments:

Post a Comment