जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, January 18, 2011

बुधबारदेखि टेलिकमको सिपफोन

 नागरिक

काठमाडौं, माघ ४ (नागरिक) - नेपाल टेलिकमले विदेश बस्ने नेपालीलाई सस्तोमा देशभित्रै कल गर्न सकिने सिपफोन बुधबारदेखि सुरु गर्ने भएको छ। यो इन्टरनेटबाट गर्न मिल्ने फोन हो।
सिपफोनको सफ्टवेयर कम्प्युटरमा डाउनलोड गरेर विदेशबाट नेपालमा, विदेशबाट विदेशमै र नेपालबाट नेपालमा यो फोनबाट कुराकानी गर्न मिल्छ। 'काठमाडौंमा पाँच ठाउँबाट सिपफोन बिक्री
गर्न योजना बनाएका छौं,' टेलिकमका डेपुटी मेनेजर दिनेशदेव पन्तले भने।
टेलिकमले टेकु, बानेश्वर (अल्फाबिटा), पाटन, चाबहिल र गोंगबु कार्यालयबाट सिपफोन बिक्री गर्दैछ। यसको लागि पाँच सय रुपैयाँ तिर्नुपर्छ। यसबाट चारसय ४१ रुपैयाँको कुराकानी गर्न सकिन्छ। यो फोनबाट कुराकानी गर्दा मिनेटको ८ रुपैयाँ (कर जोड्दा ११ रुपैयाँ ४४ पैसा) लाग्छ। विदेशमा रहेका नेपालीले यसबाट नेपाल कल गर्न सस्तो पर्ने पन्तले बताए। सिपफोनबाट सिपफोनमै कुराकानी गर्दा भने मिनेटको करबाहेक एक रुपैयाँमात्र लाग्छ।

दूरसञ्चार प्राधिकरणले सिपफोनको महसुल स्वीकृत गरेपछि टेलिकमले व्यबसायीक रुपमा यो सेवा सुरु गर्न लागेको हो। सिफफोन लिदा टेलिकमले ग्राहकलाई युजर आइडी र पासवर्ड दिन्छ। त्यसलाई सिपफोनको सफ्टवेयरमा राखेर मात्र कल गर्न सकिन्छ।

यो फोन विदेशमै रहेका नेपाली र छोटो समयको लागि जानेलाई समेत सजिलो हुनेछ। यसबाट नेपाली रुपैयाँमै विदेशबाट नेपाल र अरु देशमा कल गर्न सकिन्छ। टेलिकमले उपलव्ध गराउने सफ्टवयर एप्लिकेसन ल्यापटप वा इन्टरनेट चल्ने मोबाइल फोनमा डाउनलोड गरेपछि त्यसबाट नेपालमा कल गर्न मिल्छ।

सुरुमा ग्राहक हुँदा तिरेको पाँच सय रुपैयाँले ६ महिनासम्म पुर्‍याएर कल गर्न सकिन्छ। त्यसपछि इजी कलको रिचार्ज कार्डबाट रिचार्ज गरेर कल गर्न मिल्छ। कम्प्युटरमा हेडफोन जोडेर कल गर्न सकिने यो फोन विदेशमा रहेका नेपालीलाई सुविधा दिनको लागि ल्याउन लागिएको हो। कम्प्युटरमा काम गर्दागर्दै पनि बिदेशमा रहेका नेपालीले यहाँ सस्तो मूल्यमा नेपालकै कम्पनीले मात्र पैसा पाउनेगरि यसबाट कल गर्न पाउँनेछन्।

यो सेवा सुरु भएपछि अवैध भिओआइपी नियन्त्रण हुने आशा टेलिकमको छ। अवैध भिओआइपीले गर्दा टेलिफोन कम्पनीहरुले मासिक १६ करोड रुपैयाँ गुमाइरहेका छन्। छोटो समयको लागि विदेश जानेले यो सुविधा लिएर ल्यापटप लिएर जाँदा इन्टरनेट भएको जुनसुकै ठाउँबाट नेपालमा फोन गर्न सकिन्छ।
यो फोनबाट देशभित्रै पनि कल गर्न सकिन्छ। तर, मिनेटको ११ रुपैयाँ ४४ पैसा पर्ने भएकोले यो फोन देशभित्र भन्दा पनि विदेशबाट कल गर्न सस्तो पर्ने टेलिकमका अधिकारीहरुले बताए।

सिपफोन मार्फत जहाँबाट कल गरेको भएपनि रिसिभ गर्नेको टेलिफोनको डिस्प्लेमा ग्राहकलाई दिइएको एकाउन्ट नम्बर देखिन्छ। टेलिकमले सुरुमा ६०४ र त्यसपछि पाँचअंकको एकाउण्ट नम्बर दिन्छ।

No comments:

Post a Comment