जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 17, 2011

हिस्टेरिया : कुण्ठाको विस्फोटन

 डा रवीन्द्र पाण्डेs
१४ वर्षमाथि उक्लन थालेपछि कतिपय किशोरीहरू बिनाकारण रुन्छन्, कराउँछन्, जिद्दी गर्छन्। अस्वाभाविक रूपमा हिंस्रक गतिविधिसमेत गर्छन्। लामो सास लिने, हातखुट्टा बाउँडिने, पेट कराउने, घाँटी अँठ्याएजस्तो हुने, ढुकढुकी तीव्र बढ्ने, काम्ने गर्छन्। किशोरकिशोरीलाई त पीडा हुन्छ नै, अभिभावकसमेत आत्तिन्छन्।
यस्तो समस्या देखिएपछि अस्पतालमा स्वास्थ्य परीक्षण गर्दासमेत शरीरका सबै अंगले सामान्य रूपमै काम गररिहेको भेटिन्छ। रगत र दिसा-पिसाब परीक्षण,एक्सरे, सिटीस्क्यानजस्ता जाँचपड्तालका क्रममा कुनै खराबी देखिँदैन। यसले गर्दा बिरामी थप निराश हुन्छ। देउता लागेको, लागो लागेको भन्दै धामी-झाँक्री, पूजापाठको सहारा लिने
प्रचलन छ, हामीकहाँ। वास्तवमा यो समस्या कुनै देउता, लागो वा शारीरकि खराबी होइन। यो तीव्र चिन्ता तथा तनावबाट उत्पन्न हुने मानसिक समस्या हो। यसलाई चिकित्सा क्षेत्रमा हिस्टेरयिा भनिन्छ। मानसिक तथा स्नायुगत विकारका रूपमा उत्पन्न हुने यस समस्यालाई पहिलापहिला महिलाको यौनकुण्ठाको कारण उत्पन्न हुने रोग मानिन्थ्यो। तर, अचेल 'कन्भर्सन डिस्अर्डर,' 'सोमाटाइजेसन', 'आकस्िमक चिन्ता', अवसाद, सिजोप|ेनिया आदिसँग मिल्दो मानसिक रोगका रूपमा लिइन्छ। यो रोग महिला तथा पुरुष दुवै लिंगीलाई वा तेस्रोलिंगीलाई समेत हुन्छ। मुख्यतया किशोरी अथवा १४-२५ वर्षसम्मका महिलामा बढी हुने भएकाले पुरुष तथा तेस्रोलिंगीमा देखिने समस्या ओझेल पर्दै आएको छ।
१४ देखि २५ वर्षका युवतीमा उमेरगत संवेदनशीलता र हर्मोनको कारणले यो समस्या बढी मात्रामा देखिन्छ। ३० वर्षपछि यो समस्या खासै देखापरेको पाइँदैन। यस समस्यामा बिरामीको संवेदना तथा क्रियाकलापमाथि नियन्त्रणको अभाव हुन्छ। जसले गर्दा अचानक काम्ने वा बेहोस हुने लक्षण देखिन्छ। मानसिक अन्तरद्वन्द्वलाई दबाउनाले पनि यो समस्या देखिन्छ। अझ यौनजन्य व्यवहारलाई हेर्ने पुरातन संस्कारको उपज मान्न सकिन्छ यसलाई। नेपाली समाजमा अझै यौनप्रति रुढीवादी, पुरातनपन्थी मान्यताहरू छन्। धार्मिक, साम्प्रदायिक र सांस्कृतिक मान्यताहरू पनि कट्टर छन्। पुरुषका तुलनामा महिलाहरूका लागि सामाजिक र नैतिक बन्धनहरू बढी छन्। यसले गर्दा आफ्ना चाहना, आकांक्षा, स्वतन्त्रता, अधिकार, यौनशिक्षा, पुरुषसँग घुलमिल हुने अवसर आदिबाट कुण्ठित हुनुपर्ने बाध्यता छ। यिनै बन्धनका कारण भित्री इच्छा-आकांक्षाहरू दबिँदै कुण्ठाको रूप लिन्छन्। अन्ततः ती मानसिक विकारको रूपमा विस्फोट हुन्छन्।



कारण

तिीव्र यौन आकांक्षालाई लामो समयसम्म दबाउनु, यौनबारे धेरै सोच्नु वा यौनलाई पूरै तिरस्कार गर्नु।

विंशानुगत ।

बिढी भावुक, संवेदनशील, अस्वस्थ पारविारकि वातावरण, मानवीय शरीरको विकासक्रम एवं संवेदनालाई गलत ढंगले शिक्षा दिनु। अभिभावकले अनावश्यक रूपमा नियन्त्रण एवं रेखदेख गर्नु।

भिावनात्मक पक्षघात। जस्तै- तनाव, डर, चिन्ता, अवसाद, चोटपटक, कुटपिट, हस्तमैथुन तथा दीर्घरोग आदिका कारण। 

िववाह, सम्बन्ध, जिम्मेवारी, सम्बन्धविच्छेद, पि्रय व्यक्तिको निधन आदिमा आफूलाई सम्हाल्न एवं व्यवस्थापन गर्न नसक्नु।

वैवाहिक जीवनमा यौनलाई पीडा, शोषण, अनैतिक वा व्यर्थ ठान्नु।

शारीरकि, मानसिक तथा यौनिक दुव्र्यसनमा पर्नु।

केही शारीरकि रोगहरू जस्तै- मस्ितष्कको ट्युमर, मानसिक रोग डिमान्सिया आदि।

परिविारभित्र भेदभाव, डर, त्रास एवं मनमुटाव भइरहनु।

यौनसाथीको दबाबका कारण यौनलाई अत्यधिक प्रयोग गर्नु ।

वैयक्तिक स्वभाव पनि यस समस्याको कारक हो। खासगरी, आफ्नो भावना, तनाव, इच्छा तथा समस्यालाई अरूसँग व्यक्त नगर्ने अन्तरमुखी स्वभावका व्यक्ति यस समस्याका सिकार हुन्छन्। आफ्ना भावना आदान-प्रदानलाई निरुत्साहित गर्ने संस्कार पनि घातक हुन्छ। संयुक्त परविारमा बसेका नवविवाहित महिलामा पनि यो समस्या देखिन सक्छ। सासू, ससुरा, पति, जेठाजु, जेठानी आदि कडा स्वभावका वा अमैत्री हुँदा नयाँ दुलहीलाई घुलमिल हुन अप्ठ्यारो हुन्छ। यस्ता परविारमा भावनात्मक आदानप्रदानको अभाव हुन्छ।



लक्षण

यस रोगका लक्षणहरूलाई दुई अवस्थामा वर्गीकृत गरएिको छ। सुरुको अवस्थामा हातखुट्टा भारी हुन्छन्, बाउँडिन्छन्। पेट निकै बटारएिजस्तो लाग्छ। निस्सासिएर सास फेर्न गाह्रो हुन्छ। छातीमा कसिने, धड्कन बढ्ने, घाँटीमा केही चीज अड्किएजस्तो हुने, घाँटी तथा घाँटीका नसा सुन्निने हुन्छ। टाउको दुख्ने, दाँत बाँधिने, हातखुट्टाका मांसपेशी तन्किने आदि लक्षण देखिन्छन्। सुरुमा बिरामले छोपेको अवस्थामा बेहोस नभए पनि काम्ने तथा बेहोस हुने प्रक्रिया अलिअलि मात्र हुन्छ। हातखुट्टा खुम्च्याउँदा बढी असर हुन्छ। 

दोस्रो अवस्थामा असहाय एवं चर्को गरी रुने, कराउने, विस्तारै होस हराउने लक्षण देखिन्छन्। घाँटी निकै सुन्निन्छ। तीव्र गति र आवाजमा मुटुको धड्कन बढ्छ। मांसपेशीहरू खुम्चिन्छन्। बारम्बार मुखबाट फिँज आउँछ। कतिपय बिरामी विस्तरामै उपि|न्छन्। मांसपेशी तथा स्नायु कडा भएर धनुष्टंकारजस्तो आकारमा शरीर बांगिनेजस्ता लक्षणहरू केही घन्टासम्म रहन्छन्। बिरामीले असहाय महसुस गरी माया तथा सान्त्वनाको अपेक्षा गर्छ। बिरामी गहिरो निन्द्रामा परेको देखिन्छ। तर, मांसपेशीहरू खुकुलो हुँदैनन्। गम्भीर अवस्थामा मुटुको धड्कन तथा श्वासको गति निकै हल्का भएर बिरामीको मृत्यु भएको भानसम्म हुनसक्छ। तर, उसले सबै कुरा थाहा पाइरहेकै हुन्छ। निन्द्रामा हिँड्ने तथा शरीर समसमाउने, हातखुट्टा अररो हुने, बेहोस हुने र बाहिरी क्रियामा प्रतिक्रिया दिन नसक्नेसमेत हुन्छ।



उपचार तथा रोकथाम

यो निको हुने रोग हो। यसका लागि दृढ इच्छाशक्ति, आत्मबल वृद्धि, सकारात्मक सोच, स्वस्थ र सरल जीवनशैली अवलम्बन गर्नुपर्छ। तनाव व्यवस्थापनसम्बन्धी अभ्यास र तालिम गर्न पनि सकिन्छ।

शारीरकि लक्षणलाई अर्कोतर्फ मोड्ने। जस्तै- हिँडेर, गीत सुनेर, अन्य काम गरेर ध्यानलाई अन्यत्रै मोड्न सकिन्छ।

िनयमित व्यायाम, पर्याप्त निन्द्रा र सन्तुलित आहारले चिन्ता घटाउँछ र शरीर पनि स्वस्थ हुन्छ।

अाफ्नो परविार एवं नजिकका व्यक्तिसँग खुला रूपमा आफ्ना धारणाहरू राख्ने। यसले आफन्तलाई कुरा बुझ्न, सहयोग र सान्त्वना दिन सजिलो हुन्छ। 

अाफ्ना लक्षण एवं समस्याबारे अधिकतम रूपमा जानकारी हासिल गर्ने। यसबाट आफूलाई वास्तविकता थाहा हुन्छ। 

अाफ्नो रुचिका क्षेत्रहरू बढाउने र आफूलाई व्यस्त राख्ने।

सिफा एवं स्वस्थ बसाइ, पोषिलो खाना, पर्याप्त शारीरकि-मानसिक आराम, मनोअनुकूल पेसा, स्वच्छ हावा, मनोरञ्जन, भ्रमण आदि गर्ने।

अाफूलाई नियन्त्रण गर्न, तनावसँग सामना गर्न, प्रतिस्पर्धालाई सहज रूपमा लिन, पारस्परकि सम्बन्ध दिगो राख्न अभ्यस्त हुने।

रक्सी, चिया, कफी, सुर्ती, चुरोट, चिनी, सेतो मैदा सेवन नगर्ने।

मनोचिकित्सकको परामर्श अनुसार चिन्ता कम गर्ने, अवसाद निको हुने, दुःखाइ कम हुने, साइकोथेरापी वा आवश्यक उपचार गर्ने।

हिस्टेरयिा कठोर सामाजिक मान्यता र व्यवस्थाको उपज हो। यौन शिक्षाको विस्तार, मनोनिग्रहको अभ्यास, विद्यालयमा किशोरकिशोरी स्वास्थ्यमार्फत जनचेतना, यौन तथा अन्य जिम्मेवारी बहन गर्न सक्ने गरी परपिक्वता हासिल गरेपछि मात्रै बिहे गर्ने परपिाटीको विकास नहुन्जेल यो समस्या कम हुन सक्दैन। आफ्ना भावनात्मक तथा संवेगात्मक समस्याहरूलाई घर, परविार, साथी, सहकर्मीसँग आदानप्रदान गर्ने वातावरण यो रोग कम गर्न सहायक हुन्छ। अभिभावकले आफ्ना छोराछोरीलाई उदार रूपमा स्वस्थ एवं स्वतन्त्र गतिविधि गर्न बन्देज नलगाएमा यस्तो विकराल मानसिक समस्याबाट कोही व्यक्ति प्रताडित हुने अवस्था आउँदैन।

No comments:

Post a Comment