जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 24, 2011

सबैले वेवास्ता गरेपछि पूर्वबडामहारानीको बिजोग, रोएरै बित्छन् रत्नका दिन

बुढाबुढीलाई लक्ष्य गरेर खोलिएको आफ्नै एनजीओको कार्यक्रममा हिमानी शाहलाई भ्याईनभ्याई छ । उनका पति पारश शाहको त कुरै अर्को । शशुरा ज्ञानेन्द्र शाहपनि पत्नीका साथ मस्ती नै गरिरहेका छन् । कसैलाई वास्ता छैन पूर्वबडामहारानी रत्न शाहको । त्यसैले रत्नाका दिनहरु अचेल रोएरै बित्ने गरेका छन् । विश्वन्यूजको विशेष खोजबाट तयार पारिएको रिपोर्ट
कि हस्तिनापुरको राज्य कि चपरीमुनिको बास । यो उखान धेरै पुरानो भयो । तर फेरि सान्दर्भिक भएको छ पूर्व राजा ज्ञानेन्द्र शाहकी आमा रत्नका कारण । छोराले शासनसत्ता गुमाएपछि रत्नले बुढेशकालमा केही सुसारेका साथ
हरेक दिनजसो रुदैं  निरश जीवन काटिरहेको श्रोतले बताएको छ ।  दुईवर्ष अगाडिसम्म पशुपतिको पाटीमा बस्ने मनस्थितीमा रहेपनि ज्ञानेन्द्रको आग्रहपछि उहां पशुपतिको पाटीमा त जानुभएन तर महेन्द्र मन्जीलमा नै बसेपनि हरेक दिनजसो रुने गरेको निकट श्रोतले जानकारी दिएको छ ।
हो , रत्नले आफ्नै पति राजा महेन्द्रले कार्यकारी अधिकारसहित राजाको भुमिका खेलेको देख्नुभयो छोरा बीरेन्द्रले उदार भुमिका स्वीकारेर संवैधानिक राजा बनेको पनि देख्नुभयो । अनि अर्का छोरा ज्ञानेन्द्रले शासन हातमा ल्याएर शक्तिशाली राजा बनेको पनि देख्नुभयो । तर ति त सबै विगत भए । अहिले त सबै अधिकार रसम्पत्ति खोसिएको छ । शक्तिशाली राजतन्त्र हेर्दाहेर्दै धुलो भयो राजसत्ता खोसेर राजा ज्ञानेन्द्रलाई नारायणहिटीबाट नागार्जुन पठाइयो । राजाकी आमालाई भने नारायणहिटी भित्रको एउटा कोठीमा बस्न दिइएको छ त्यो पनि सहानभुति दर्शाएर । आफ्नै आखा अगाडि राजतन्त्रको आरोह अवरोध र विनाश देखेकी रत्नलाई ज्ञानेन्दले समेत त्यती वास्ता नगरेकाले उहां रुने गर्नुभएको श्रोतको भनाइ छ ।
राजतन्त्र अन्त भएपछि पूर्वराजा ज्ञानेन्द्र दरबारबाट बाहिरिनुभयो तर आमा रत्न बाहिरिन मान्नुभएन । आफ्ना िदंवगत पति महेन्द्रको नामबाट नामाङ्कित महेन्द्र मन्जीलमै बस्दै आउनुभएको छ उहां । केही वर्षअघिसम्म देशको शक्तिकेन्द्र र चहलपहलको प्रमुख थलो नारायणहिटी यतिबेला सुनसान छ । यसैले पनि रत्नलाई पिर पर्ने नै भयो । जेठा छोरा वीरेन्द्रको बंशनाश कान्छा धीरेन्द्र र बुहारीको मृत्यु अनि नयां राजाका रुपमा उदाएका ज्ञानेन्द्रको सत्ता अवसानले रत्न निकै चिन्तित हुनुहुन्छ । एकातिर राजतन्त्र गयो अर्कोतिर नाति पारस र हिमानीबीच किचलो छ  भन्ने समाचार आइरहेका छन् । त्यसो त ज्ञानेन्द्र र पारसबीच पनि मनमुटाव भएको खवर बारम्बार आइरहेको छ । यो तनावबीच रत्नका आंखाबाट आशुं झर्ने गरेको श्रोतले जानकारी दिएको हो ।
ज्ञानेन्द्रले दरबार छाडेपछि दरबार स्वभाविक रुपमै एकान्त भयो । ज्ञानेन्द्रको परिवार दरबारबाट हटनु अघि रत्नको सेवामात्र ५० जना कर्मचारी थिए । स्याहार सुसारे पनि उत्तिकै थिए । तर राजतन्त्र विघटन भएपछि रत्नको ख्याल गर्ने कोही पनि छैन । राजा हटेपछि दरबारमा भएका कर्मचारी पनि सरकारले हटाइदियो । अहिले ७ जना कर्मचारी छन तर उनीहरुको तलब राज्यले तिर्दैन । त्यसैले कामदारहरुले पनि पहिलेजत्तिकै तलब मागेर रत्नलाई पहिलेजस्तो स्याहारसुसार गरेका छैनन् । फेरि रत्नले पनि उनीहरुको तलब तोकिदिनुभएको छैन । रत्न बस्दै आएको महेन्द्र मन्जिल नारायण मन्दिरको छेउमै छ । नारायणमन्दिरमा शसस्त्र प्रहरीले क्याम्प खडा गरेको छ । अर्कोतर्फ रत्नसंग कुनै यातायातका साधन पनि छैन । यसैले पनि निराशा छाएको छ रत्नलाई । बुढेसकालमा एक्लो र अन्त्यन्त दर्दनाक जिन्दगी बांच्नुपरेपछि रत्न निकै चिन्तित हुनुहुन्छ ।  दरबारमा ३५ बर्षसम्म उपसचिवका रुपमा काम गरेका नारायणहिटी दरबार संग्रहालयका प्रमुख जयराम महर्जन पनि रत्नको अवस्था अत्यन्त पीडादायक रहेको बताउनुहुन्छ । बडामहारानी छंदा रत्नका अधिकांश दिन बालबालिकाको सेवामा बढ्यो । बाल कल्याण परिषदको उहां संरक्षक पनि हुनुहुन्थ्यो ।  तर बुढेसकालमा रत्नको सोधीखोजीसम्म गर्ने कोही छैन आफ्नै परिवारबाट उपेक्षित हुनुभएको छ  पूर्वबडामहारानी रत्न । त्यसैले अहिले उहांको जिन्दगी आंशुमा डूबेको छ ।

No comments:

Post a Comment