जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 24, 2011

चिसो मौसममा स्वास्थ्य

भक्तबहादुरथापा
 
हामीकहाँ भनाइ छ- बलिया बाङ्गा बाघलाई, लुते र अशक्त माघलाई अर्थात् माघ महिना अति चिसो हुने भएकाले जाडो थेग्न नसक्नेको मृत्यु हुनसक्छ । विशेषगरेर जाडोको मौसममा मानिसलाई विभिन्न किसिमका रोग देखापर्छन् । जसमा 'अपर र लोअर रेस्पिरेटरी ट्राक्ट इन्फेक्सन', जसलाई सास फेर्ने नलीदेखि तल र माथि लाग्ने रोग भनिन्छ । सास फेर्ने नली अर्थात् घाँटीदेखि माथि लाग्ने रोगमा साधारणतया पिनास, घाँटीको सङ्क्रमण
-इन्फेक्सन) हुने र रुघाखोकी लाग्नेगर्छ । घाँटीदेखि तल लाग्ने रोगहरूमा विशेषगरी छातीको सङ्क्रमण, वृद्धवृद्धालाई दम, बालबालिकालाई निमोनिया तथा रोटा भाइरसका कारण हुने झाडापखाला हुन् । यसबाहेक छाला चिलाउने, फुट्ने, कत्ला देखिने जस्ता समस्या पनि त्यतिकै देखिने गर्छन् ।
जाडोका समयमा श्वास-प्रश्वाससम्बन्धी समस्याले जटिल रूप लिने गरेको पाइन्छ । समस्या पनि निकै जटिल र खतरायुक्त हुनसक्छ, जसमा दमरोग निकै संवेदनशील देखिएको छ । जाडोको समयमा मानिसमा स्वास्थ्य समस्या किन देखिन्छ त ? सामान्यतया मानिसको शरीरले ३७ डिग्री तापक्रम 'मेन्टेन' गरिराखेको हुन्छ । स्वास्थ्य सेवा विभागका उपनिर्देशक डा. बालकृष्ण सुवेदी भन्नुहुन्छ- मानिसको शरीरमा एक्कासि तापक्रम घट्न गएमा त्यसलाई थेग्न नसकेर कठ्याङ्गि्रएर मानिसको मृत्यु हुनेगर्छ । जाडोको समयमा वृद्धवृद्धा, बालबालिका तथा अशक्तले चिसो धान्न नसकेर समस्या आउने हो र कहिलेकाहीँ कतिपयको मृत्युसमेत हुनेगर्छ । यस्तो अवस्थामा विशेषगरी न्यानो राख्ने, तातो सुप तथा पोषिलो खानेकुरा खानु नै बच्ने उपाय हुन् ।
यस वर्ष नेपालका तराई क्षेत्रमा लगातार चलेको शीतलहरले जाडो थेग्न नसकेर करिब ४० जनाले ज्यान गुमाउनु परेका खबर आए यद्यपि यसको आधिकारिक पुष्टि भने कहीँ कतैबाट भएको पाइँदैन । स्वास्थ्य संस्थामा जचाउन आए मात्र यसको तथ्याङ्Þक स्वास्थ्य मन्त्रालयले राख्ने र रहने मन्त्रालयले जनाएको छ । यस्ता तथ्याङ्क जिल्ला प्रशासन कार्यालयबाट आउनु पर्छ भनेर दायित्वबाट पञ्छिने प्रचलन हामीकहाँ छ । अहिले पनि त्यही भएको छ । जाडोबाट प्रभावितलाई कसरी बचाउने त ? यसका उपायहरू राज्यका तर्फबाट भने हुनसकेको पइँदैन र गर्नसक्ने तथा गरेको पनि केही देखिँदैन । तराईका विभिन्न जिल्लामा चलेको शीतलहरबाट प्रभावितहरूलाई सम्भवतः केही उपाए नभएर होला मन्त्रीले गएर आगो ताप्न दाउरा बाँडेको खबरले पनि स्पष्ट पार्दछ ।
सामान्यतया तराई क्षेत्रमा चिसोको प्रभावले समस्या उत्पन्न गराएको पाइएको छ । यसो हुनुमा तराईमा खासगरी 'कोल्ड स्ट्रोम' भन्ने हावा चल्दछ र त्यहाँका मानिसले पातलो लुगा लगाउने भएकाले त्यसले छिटो समाउने गर्दछ । फलतः जाडो थेग्न नसक्दा स्वास्थ्यमा समस्या देखिने गरेको सम्बन्धित क्षेत्रको भनाइ छ । चिसो मौसममा रोग लाग्नु ठूलो कुरा होइन । चिसोको बेलामा मानिसले झोलिलो पदार्थ कम खाने गर्दछन्, त्यसो गर्नु राम्रो होइन । चिसोका बेलामा तातो सुप, पानी, नास्ता झोलिलो पदार्थ खानुपर्दछ । जसले शरीरलाई तातो राख्न सघाउँछ । हात सफा राख्नुपर्दछ जसले धूलो, धूवाँ तथा अरू भाइरलदेखि बचाउँछ । च

No comments:

Post a Comment