जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 24, 2011

एउटै नम्बरको दुईटा मोटरसाइकल

 धरान । एउटै नम्बर भएको दुई वटा मोटरसाइकल शनिबार धरानमा फेला परेको छ । धरानकै दुई व्यक्तिले प्रयोग गरिरहेको ती मोटरसाइकलमा एउटै नम्बर को 7 प ६४७७ छ ।
दुवै मोटरसाइकल यामाहा ग्लाडिएटर हो भने मोटरसाइकलको रंग पनि एउटै छ । ती मोटरसाइकलका धनी धरान ७ निवासी तीर्थ मास्के र धरान ५ का संगीत शाह हुन् । दुइटै मोटरसाइकल हाल धरानस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ । ट्राफिक प्रहरीका अनुसार मास्केले मोटरसाइकलको ब्लु बुक बुझाएपनि त्यसमा शाहको मोटरसाइकलमा भएको चेसिज नम्बर
छ भने शाहले भने मोटरसाइकल फाइनान्सबाट लिएको हुनाले ब्लु बुक फाइनान्ससँ रहेको बताएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।
चोरीको मोटरसाइकलको विगविगी भइरहेपनि यो घटनामा भने चोरीको मोटरसाइकल नभई मोटरसाइकल शोरुम वा यातायात व्यवस्था विभागको गल्तीले एउटै नम्बर दुईटा मोटरसाइकलमा भएको अनुमान गरेको छ । शनिबार छाताचौकमा मोटरसाइकल पार्किंग गर्नेक्रममा तीर्थ मास्केले आफ्नै मोटरसाइकल नम्बर भएको अर्को मोटरसाइकल देखेपछि तत्काल ट्राफिक प्रहरीलाई खबर गरेका थिए । दुईटा मध्ये एउटाको मात्रै ब्लु बुक ल्याएको र शाहले फाइनान्सबाट ब्लु बुक ल्याउने बताएकोले त्यो आाएपछि मात्रै चोरीको वा के भएर यस्तो भएको पत्ता लाग्ने ट्रफिक प्रहरी कार्यालयले जनाएको छ ।
Posted by Rohit 

No comments:

Post a Comment