जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

आलुमा डढुवा रोग र समाधानको उपाय

अहिलेसम्म सबैभन्दा बढी तरकारीको रुपमा उपयोग गर्दै आएको आलुमा डडुवा रोग प्रकोपका रुपमा देखिएकॊ छ । तराईका अधिकांस जिल्ला र पहाडी क्षेत्रका केही जिल्लामा समेत अहिले आलुमा डडुवाको प्रकोप देखिएको नेपाल कृषि अनुसन्धान परिषद् नार्कले जनाएको छ ।
बादल लाग्ने रातीको तापक्रम १० डिग्रीभन्दा कम हुने र दिउँसोको समयमा २० डिग्री भन्दा बढी नहुने अवस्थामा डडुवाको प्रकोप शुरु हुने नार्कका वरिष्ठ वैज्ञानिक रामबहादुर केसीले बताउनु भयो ।
आलुको हैजाका रुपमा चिनिने यो रोग लागेको ७२ घन्टापछि आलु सखाप हुने उहाँले बताउनु भयो । आलुमा डडुवा लागेको बेलामा िसंचाई बन्द गर्नुपर्छ ।हल्का लागेको छ भने ईन्डोफिलएम ४५ नामक विषादीलाई तीन ग्राम प्रतिलिटर
पानीमा मिसाएर स्प्रे गर्नु पर्छ । डडुवाको जिवाणु पातको तल्लो भागमा बस्ने भएकाले बोट पुरै भिज्ने गरेर स्प्रे गर्दा नियन्त्रणमा सजिलो हुने केसीले बताउनु भयो ।
आलुमा डडुवा बढी लागेको छ भने म्यानकोजेभ र मेटाल्याक्जिल विषादी डेढ ग्राम प्रतिलिटर पानीमा मिसाएर स्प्रे गर्दा डडुवा नियन्त्रण हुन्छ । आलु लगाएको ८० दिन भैसकेको अवस्थामा भने झ्याङ्ग उखेल्दा राम्रो हुने वरिष्ठ वैज्ञानिक केसीको भनाई छ ।

No comments:

Post a Comment