जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

भारतले पानी थुनेपछि नेपाली भु-भाग डुवानमा

इनरुवा, माघ १५ - 

भारत बिहारको जल संसाधन मन्त्रालयको आदेसमा कोसी ब्यारेजका सबै ढोका शुक्रबारदेखि थुनिएपछि सुनसरीको ब्यारेज स्थित नेपाली भु-भाग डुवानमा परेको छ । ढोका बन्द गरिएपछि पानी बग्न नसक्दा कोसी ब्यारेजको सुनसरी क्षेत्रको पूर्वपट्टीको भाग डुवानमा परेको छ  सप्तकोसीको पुर्वी तटबन्ध अन्तरगत होचो रहेको स्थानमा तटबन्धमाथी पानीको दवाब बढेको छ । पानी नियमित रुपमा बग्न नसक्दा ब्यारेजको पूर्व उतर क्षेत्रमा लगाइएको सयौ बिगहाको गहुँबाली समेत डुवानमा परेको स्थानिय वासिन्दाहरुले जानकारी दिएका छन् । भारत सरकारले निर्माण गरिरहेको राष्ट्रिय राजमार्ग अन्तरगत बिहारको भवटियाहीमा
कोसी नदीमा निर्माण गरिरहेको पुल ढलानका लागि शुक्रबारदेखि ब्यारेजका सबै ५२ वटै ढोका थुनिएको हो । आइतबार सम्म ब्यारेजका ढोकाहरु नखोलिने कोसी ब्यारेज स्थित नियन्त्रण कक्षले जनाएको छ । नियन्त्रण कक्षका कर्मचारीहरुले आफुहरुले माथीको आदेशमा ढोका बन्द गरेको बताएका छन् ।  कोसी ब्यारेजका किसानहरुले भने आफुहरुले लगानी गरि खेतमा लगाइएको गहुवाली कोसी योजनाको लापरवाहीले डुबेको आरोप लगाएका छन् ।

No comments:

Post a Comment