जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 31, 2011

प्रहरी भ्यानमै समलिङ्गी महिला बलात्कृत

३१ जनवरी, काठमाडौं । गम्भीर प्रकारका हत्या, अपहरण एवं डकैतीका घटनामा सुरक्षा निकायका व्यक्ति नै संलग्न रहने गरेका समाचार कतिपय अवस्थामा आउने गरेका छन् । आखिर प्रहरीले चाह्यो भने जस्तोसुकै जघन्य अपराध पनि कसरी ढाकछोप गर्दोरहेछ भन्ने पछिल्लो उदाहरण फेला परेको छ ।
तपाईंले कल्पनासम्म पनि गर्न नसक्ने एउटा अपराधमा प्रहरी संलग्न भएको र
उनीहरूलाई जोगाइएको यो घटनाले प्रहरीभित्र मौलाउँदो दण्डहीनता एवं त्यसलाई संरक्षण गर्ने हाकिमहरूको खराब मानसिकतालाई उजागर गरेको छ ।
प्रसंग प्रहरी स्वयंले गरेका गम्भीर प्रकृतिका अपराधलाई गुपचुप गराउनमा ठूला हाकिमसम्मको कसरी मिलेमतो हुँदोरहेछ भन्ने कुराको हो । महाराजगन्ज प्रहरी प्रभागको प्रमुखका रूपमा डिएसपी विशाल खनाल कार्यरत रहेका वेला सो प्रभागबाट नियमित गस्तीमा भ्यानसहित एक असईको अगुवाइमा एक हवल्दार र एक जवान निस्किए । भ्यानमा बाटाबाट असईका एकजना सिभिल साथी पनि थपिए । गस्तीका क्रममा राति लैनचौर पुगेको सो टोलीले एक युवती फेला पार्‍यो । तत्काल चिलले चल्ला छोपेझैँ प्रहरी टोलीले ती २३/२४ वर्षकी युवतीलाई समाएर प्रहरी भ्यानमा राख्यो । तर, देख्दा सामान्यझैँ लाग्ने ती युवती समलिंगी थिइन् ।
रातको समय प्रहरीको पन्जामा परेकी समलिंगी युवतीलाई लिएर उनीहरू बालुवाटार आइपुगे । राज्यका तीनै अंग कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाका प्रमुख क्रमशः प्रधानमन्त्री, प्रधानन्यायाधीश तथा सभामुखसमेतको निवास रहेको संवेदनशील क्षेत्रमा गल्लीको एक छेउ भ्यान रोकियो । रातका वेला सडक छेउमा रोकिएको प्रहरी भ्यान सम्भावित अपराधको सुराकीका लागि बसेको होला भनी मान्छेले सोच्नु स्वाभाविकै थियो । सो भ्यानभित्र ती युवती प्रहरीबाटै सामूहिक बलात्कारमा परिन् ।
बलात्कृत युवतीले आफ्ना समलिंगी साथीबीच सो घटनाको बेलिविस्तार लगाइन् । तर, प्रहरी स्वयंले सरकारी भ्यानमै राखी बलात्कार गरेकाले सुनुवाइ हुने हो कि होइन भनी उनीहरू एक सातासम्म मौन रहे । तर, अन्त्यमा प्रहरी स्वयंबाट भएको अत्याचार नसहने निर्णय गरी समलिंगीहरूको टोली प्रहरी हाकिमकोमा एकजना महिला कानुन व्यवसायीलाई समेत लिएर उजुरी गर्ने तयारीका साथ पुग्यो । सबै व्यहोरा प्रत्यक्ष सुनिसकेपछि सो रात प्रहरी गस्तीमा खटिएको कनिष्ठ अधिकृत र अरू को-को हुन् भन्ने पत्ता लगाई बयान पनि लिइयो । अपराधको पुष्टि भयो । तर, मुद्दा दर्ता गरिएन ।
यो घटनालाई बाहिर ल्याउँदा प्रहरीको झन् बदनाम हुन्छ भन्दै प्रहरी अधिकारीहरूले घटना बाहिर नल्याउने योजना बनाए । त्यसपछि ती प्रहरीहरु र उनका साथीलाई समेत बोलाई सिभिल साथीलाई ८० हजार र बाँकी ३ जनाबाट जम्मा ७० हजार उठाई पीडित समलिंगी महिलालाई डेढ लाख रुपैयाँ दिइयो । प्रहरी र उनका साथीहरु अपराध गरेर पनि पैसा तिरेपछि उन्मुक्त हुन पाएकोमा दंगदास भए ।

No comments:

Post a Comment