जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 31, 2011

गर्भ बोकेर सञ्चिताको गन्तव्य कता ?

पारिवारिक विवादका कारण झन्डै एक वर्षदेखि देशबाहिर रहँदै आएका हिरो निखिल उप्रेती यसै साता देश फर्किएका छन् भने उनकी कान्छीपत्नी तथा नायिका सञ्चिता लुइँटेल तीन महिनाको गर्भ बोकी केही महिनादेखि काठमाडौंमा बस्दै आएकी छन् ।
स्रोतका अनुसार, बाहिर चर्चा गरिएजस्तो अहिले निखिलको परिवारमा तनाव छैन । निखिलले सञ्चितालाई मुम्बईमा गर्भवती बनाई काठमाडौं पठाएपछि जेठीपत्नीलाई मुम्बई
बोलाइसकेका छन् । कोपिला सानो छोरो च्यापेर केही समय पहिले मुम्बई गइन् । पति निखिलसँग भेट गरिन् । र, खुशीसाथ काठमाडौं पनि फर्किइन् । पारिवारिक स्रोतका अनुसार निखिलले कोपिलासँग फेरि पनि झुट बोलेका छन् । उनले सञ्चितासँग आफ्नो सम्बन्ध बिगि्रसकेको र उनी आफूबाट अन्यत्र गएको कोपिलालाई बताएका थिए । तर, सञ्चिता भने निखिलकै गर्भ स्याहारेर काठमाडौंमा आराम गरिरहेकी छन् । भनिन्छ, शारीरिक कारणले पनि सञ्चिता सार्वजनिक रूपमा हिँडडुल गर्न सक्षम छैनन् ।
मुम्बई बस्ने नेपालीले निर्माण गर्ने ‘परिचय’ नामक चलचित्रको कामका सिलसिलामा यो साता निखिल काठमाडौं आउन लागेका हुन् । उनी मुम्बई जानुपूर्व उतैको फिल्म इन्डस्ट्रीमा जम्ने जो चाहना पालेका थिए, त्यसले मूर्तता नपाएपछि काठमाडौं फर्किने मेलो कसेको पनि उनको पारिवारिकस्रोत बताउँछ । उनले मुम्बई बोलाएर सञ्चितालाई दुःख नदिन भनी सम्झाएका छन् । गल्ती आफूबाटै भएको सकार्दै निखिलले आफूबाट अलग्गिएपछि उनका विरुद्ध कुनै उजुर-बाजुर नगर्न अनुरोध गरेको बताइन्छ ।

No comments:

Post a Comment