जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, February 1, 2011

मरेको मान्छेको पैसा खाने राजदूत बर्खास्त

By Salokya, on February 1st, 2011

पैसा आफ्नो निजी खातामा राखेर ठग्ने साउदी अरबका राजदूत हमिद अन्सारीको जागिर खुस्केको छ। आज बसेको मन्त्रिपरिषद्‍को बैठकले ‘नेपाल र नेपालीको हित गर्न नसकेको’ भन्दै उनलाई फिर्ता बोलाउने निर्णय गरेको छ। साउदीमा मृत्यु भएका झापाका रमेश सुवदी, सर्लाहीका सन्तलाल तामाङ र गुल्मीका हर्कवहादुर कार्कीका आफन्तले बिमा कम्पनीले क्षतिपूर्ति रकमवापत् दूतावासलाई बुझाएको २२ लाखभन्दा बढी रुपैयाँ राजदूतले झ्वाम पारेको आरोप लगाएका छन्। अन्सारीको यस्तो खबर आएपछि संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र मानव अधिकार समितिले उनका सम्बन्धमा छानविन गरी दोषी ठहर
भएमा फिर्ता गर्न सरकारलाई निर्देशन दिइसकेको थियो। तर उनलाई कारवाही गर्न परराष्ट्रमन्त्री सुजाता कोइरालाले रोकेको खुलासा भएको थियो। सुजाताकै आडमा अन्सारीले मन्त्रालयले पठाएको पत्रको जवाफ समेत दिएका थिएनन् सुरुमा।
नेपाल भ्रमणमा आएका साउदी राजकुमारलाई नेपालमा पीएचडी र तक्मा दिइन्छ भनेर झुठ बोल्ने पनि यिनै थिए। उनले त्यसरी झुठ बोलेकाले भ्रमणका क्रममा काठमाडौँमा ठूलै समस्या परेको थियो। हतारहतार उनका लागि तक्मा बनाउनु परेको थियो। तक्मा नदिए त नेपालै आउँदिन थिएँ भनेर भने पछि के गर्नु त नि, दिनै पर्‍यो।
विवाद सार्वजनिक भएपछि परराष्ट्रले उनलाई काठमाडौँ बोलाई बयान लिएको थियो। बयानका क्रममा अन्सारीले झुठो बोलेर आलटाले जवाफ दिएका थिए। उनले ‘मृतकले काम गरेको कम्पनी र मुद्धा लड्ने वकिललाई कूल क्षतिपूर्तिको चालिस/चालिस प्रतिशत दिनुपर्ने भएकोले रकम पठाउन नसकिएको हो’ भनेका थिए। तर अचम्मको कुरा- कामदार मर्दा कम्पनीले क्षतिपूर्ति दिने कि उल्टा कम्पनीलाई पैसा दिनुपर्ने ?
उनीविरुद्ध अख्तियारले पनि छानबिन गर्दैछ।
उनको पद त खुस्कियो। राजनीति गर्ने मान्छे भएकोले यस्ता पद त उनले फेरि फेरि पनि पाइहाल्लान्, त्यसमा कुन ठूलो कुरो भो र। मुख्य कुरो त पीडितहरुले पैसा पाउनु पर्‍यो। पद खुस्कियो भन्दैमा पैसा पच गर्न पाइँदैन। कारबाही त उनलाई के होला र। कसले पत्याउने र कारबाही हुने कुरा। कि कसो ?

No comments:

Post a Comment