जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

भारतीय मन्त्रीबाट १ करोड लिएको खुलासा

 Source:-Onlinekhabar
१६ माघ, काठमाडौं । केही दिनअघि काठमाडौंको बसुन्धरामा आत्महत्या गरेको भनिएका प्रहरीका डीएसपी कन्चन थापाले पेशेवर बेश्याको चुंगुलमा परेर आत्महत्या गरेको खुलासा भएको छ ।
आत्महत्याका समयमा थापासँगै रहेकी खोपकुमारी अधिकारीसँगको बयानका क्रममा प्रहरीले सो तथ्य पत्ता लगाएको हो । अधिकारीले सुरुमा प्रहरीसमक्ष आफू थापाको श्रीमती भएको
दावी गरेपनि बयानका क्रममा पेशेवर यौन व्यवसायी भएको र आफ्नो सञ्जाल भारतदेखि सिंगापुरसम्म फैलाएको स्वीकार गरेकी छन् ।
प्रहरी नियन्त्रणमा रहेकी खोपकुमारीले आफूले नेपालदेखि भारत, थाइल्यान्ड र सिंगापुरसम्मका विभिन्न सहरमा नेपाली युवती पुर्‍याउने गरेको स्वीकारेकी छन् । उनको सन्जालमा २
० देखि २५ जना युवती संगठित बनेको प्रहरीको अनुसन्धानबाट पत्ता लागेको छ । जसमध्ये केहीको नाम र तस्बिरसमेत फेला परेको प्रहरीको भनाई छ । अनुसन्धानमा संलग्न प्रहरीले फेला परेका तस्बिरका आधारमा सन्जालमा सम्भ्रान्त परिवारका सदस्यसमेत संलग्न रहेको पत्ता लागेको छ ।
डिएसपी थापा करिब चार वर्षदेखि खोपकुमारीको नियमित सम्पर्कमा रहेको र बसुन्धरामा घर भाडामा लिएर खोपकुमारीलाई राख्दै आएको खुलेको छ । थापाले खोपकुमारीसँगको प्रेममा परेर विवाह गर्नेसमेत योजना बनाएका थिए । भारतको कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरसँग समेत सम्बन्धमा रहेकी खोपकुमारीको मोवाइलमा उनीसँग सहवास गर्दा खिचिएको अश्लिल क्लिप देखेपछि थापाले आत्महत्या गर्ने अवस्थामा पुगेको प्रहरीको अनुसन्धानले देखाएको छ ।
खोपकुमारीको सञ्जालले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारी तथा ठूला व्यापारीसम्म पनि युवती पुर्‍याउने गरेको देखिएको छ । ‘घुम्ने बहानामा भारत जाँदा परिवारका सदस्यहरुले त्यस्ता युवतीको निगरानी गरेको देखिएन,’ एक प्रहरी अधिकारीले भने । नेपालका उच्चपदस्थ सरकारी अधिकारी, प्रहरी, सेना तथा व्यापारीसम्म कल गर्लको सेवा पुर्‍याएको खोपकुमारीले स्वीकार गरेकी छन् ।
भारतीय मन्त्री पनि अधिकारीको चुंगुलमा
प्रहरीका अनुसार खोपकुमारीले भारत कर्नाटक राज्यका पूर्वमन्त्री सुरेन्द्रसिंह राठौरलाई समेत आफ्नो चंगुलमा पारेकी थिइन् ।
राठौरले खोपकुमारीलाई दुई वर्षको अवधिमा एक करोडभन्दा बढी नगद उपलब्ध गराइसकेका छन् । नयाँदिल्लीको एक्स ब्लकमा बस्दै आएका ६६ वर्षीय राठौर खोपकुमारीसँगको सम्बन्धकै लागि बेलाबेलामा नेपाल आउने र खोपकुमारी पनि पटक-पटक नयाँदिल्ली जाने गरेको अनुसन्धानबाट देखिएको छ । खोपकुमारीले राठौरले २०६५ सालमा पठाएको साढे ६२ लाख रुपैयाँले नेपालटारको हिले टोलमा तीनतले घर बनाएको र २०६६ सालमा पठाएको ४० लाख रुपैयाँ बैंकमा जम्मा गरेको प्रमाण प्रहरीले फेला पारेको छ । हिले टोलमा उनका बुवा गोबिन्द अधिकारीसहितको परिवार बस्दै आएको छ । खोपकुमारी २०५८ सालदेखि भारत जान थालेको पनि अनुसन्धानमा खुलेको छ ।
को हुन् खोपकुमारी ?
रसुवाको भोर्ले ९ स्थायी घर भएकी २४ वर्षीया खोपकुमारीले १४ वर्षको उमेरमा कल गर्लको रुपमा काम गर्न थालेकी थिइन् । सुरुमा राजधानीको सुकेधारामा फ्ल्याट भाडामा लिएर यौन व्यवसाय चलाएकी उनी पछिल्लोपटक भारतका विभन्न सहरसम्म सन्जालका सदस्यका साथ पुग्ने गरेकी थिइन् । उनको सञ्जालमा १५ वर्षदेखि ३५ वर्ष उमेरसम्मका युवती रहेको जानकारी प्रहरीले दिएको छ ।
उनीहरुले एकपटकको भारत भ्रमणमा प्रतिव्यक्ति ५० हजारभन्दा बढी रकम लिएर फर्कने गरेका छन् । ‘म गरिबकी छोरी हुँ, केही बिराएकी छैन,’ बयानका क्रममा पटक-पटक खोपकुमारीले भनेको शब्द उद्धृत गर्दै अनुसन्धानमा संलग्न प्रहरी अधिकारीले भने ।

No comments:

Post a Comment