जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

काठमाडौको सुन्धारा स्थित होटलमा श्रीमति मृत, श्रीमान बेहोस अवस्थामा फेला

१६ माघ, 

काठमाडौ । काठमाडौको सुन्धारा स्थित रोयल गोरखा होटलको कोठामा बसेका दम्पति मध्ये श्रीमति मृत र श्रीमान बेहोस अबस्थामा फेला परेका छन् ।
कोठा नम्बर २०२ मा साबित्री जिसी शनिबार मृत अवस्थामा फेला परेकी हुन् । उनका श्रीमान् राजु पाठक भने अर्ध बेहोस अवस्थामा भेटिएका थिए । उनीहरुको घर भैरहवा भएको प्रहरीले जनाएको छ ।
प्रहरीले शनिबार कोठमा प्रवेश गर्दा श्रीमतिको मृत्यु भइसकेको र श्रीमान बेहास अबस्थामा भेटिएको बताएको छ । श्रीमति विद्युत प्रधिकरणको कर्मचारी हुन् भने श्रीमान ठेक्का पट्टाको काम गर्दै
आएका थिए । मृतकको शवलाई पोष्टमार्टमका लागि फारे_िन्सक मेडिसिन विभाग महारागन्जमा राखिएको छ भने श्रीमान्लाई वीर अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रहरीले कोठाबाट आल्युमिनियम फस्फाइट एक प्रकारको विषादि लेखिएको खाली बट्टा फेला पारेकाले दुवै जनाले विषादि सेवन गरेको हुन सक्ने अनुमान गरेको छ ।
प्रहरीले शनिवार कोठामा प्रवेश गर्दा श्रीमातिको मृत्यु भइसकेको र श्रीमान वान्ता गरिरहेको अवस्थामा फेला पारेको थियो ।
घटनामा श्रीमतिको मृत्यु हुनु र श्रीमानले त्यहि अवस्थामा विषदि सेवन गर्नुले घटना संकास्पद भएको प्रहरीको अनुमान छ । विषदि सेवन गरे पनि श्रीमान्ले प्रभाव पर्ने गरि खाएको नदेखिनु र भैरहवा बस्दै आएका दम्पति काठमाडौ आउनुको उद्देष्य प्रष्ट नहुनुले घटनालाई रहस्मय भएको प्रहरीले जनाएको छ ।
सुन्धाराकै होटल स्वस्तिकबाट शुक्रबार गुल्मीका काँग्रेस नेता फणिन्द्रराज भन्डारी मृत फेला परेका थिए । भन्डारी माघ १२ गते देखि हुमबहादुर बस्नेतसंग बस्दै आएका थिए ।
भन्डारीको टाउकोमा चोट लागि रगत बगेर मृत्यु भएको अबस्थामा प्रहरीले भेटाएको थियो । प्रहरीले सगै बस्दै आएका बस्नेतलाई नियन्त्रमा लिएर छानबिन सुरु गरेको छ ।
मृतक भण्डारीको शवलाई गुल्मीको तमघारमा श्रद्धान्जली सभा गरी गए राती रिडिमा अन्तिम संकार गरिएको छ ।

No comments:

Post a Comment