जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 31, 2011

साउदीमा २५ लाख चोरी गरेपछि, साथीहरुलाई पक्राउ पूर्जी

 होम कार्की

काठमाडौ, माघ १८ - साउदी अरेबियामा श्रम गर्न गएका एक कामदारले झन्डै २५ लाख रुपैयाँको सामान चोरेर नेपाल आएपछि उनीसँगैका अन्य सहकर्मीलाई साउदी कम्पनीले पक्राउपुर्जी जारी गरेको छ ।
दुई महिनाअघि साउदीमा एक ट्रान्सपोर्ट कम्पनीमा काम गर्ने श्यामबहादुर लुइटेल छेत्रीले बीचबाटोमै २५ लाख रुपैयाँ बराबरको सामान बेचेर फरार भएका थिए । श्यामबहादुर उमेश परियारको पासपोर्टमा साउदी पुगेका हुन् ।'उनी एक ट्रान्सपोर्ट कम्पनीका चालक थिए । साहूले तोकिएको ठाउँमा सामान पुर्‍याउन पठाएका रहेछन्,' परियारलाई पठाउने म्यानपावर कसमस नेपालका
निर्देशक सुनिता रावलले ईकान्तिपुरलाई भनिन्, 'बीचबाटोबाटै सामान बेचेर उनी नेपाल आएछन् ।'
कम्पनीले म्यानपावर कम्पनीलाई क्षतिपूर्ति दिन र उसका सहकर्मीलाई पक्राउ पुर्जी जारी गरेकाले म्यानपावर, ती कामदार र उनीहरूका परिवार निकै तनावमा छन् । 'एक जनाको गल्तीले सबै तनावमा छौं,' उनले भने, 'साउदीमा ६ जनालाई चोरी गर्न सिकाएको आरोपमा पक्राउ पुर्जी जारी गरेकाले उनीहरू भगौडा बनेर हिँडिरहेका छन् ।'
अनाहकमा भगौडा बन्नेमा राजाराम सापकोटा, नारायणप्रसाद भण्डारी, दीपेन्द्र सापकोटा, टेकबहादुर सापकोटा, झापटकुमार श्रेष्ठ र सूर्यप्रसाद पौडेल रहेका छन् । समस्या बढेपछि म्यानपावर कम्पनीका सञ्चालक ऋषि रावल श्यामबहादुरलाई खोज्न दुई पटक नेपाल आएपछि प्रहरीले पक्राउ गरेको छ ।
तनहुँमा पक्राउ परेका श्यामबहादुरलाई सोमबारै काठमाडौंमा ल्याइएको छ । म्यानपावर कम्पनी र कामदारका आफन्तले साउदीमा भागेर हिंडिरहेका ६ जना कामदारलाई तुरुन्त सरकारी पहलमा उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेको छ । उनीहरूले रियादस्थित नेपाली दूतावासले पहल नगरेको भन्दै सोमबार परराष्ट्र मन्त्रालयमा विरोध प्रदर्शन गरेका थिए । '६ जना फरार कामदार दुइ वर्षअगाडिदेखि त्यस कम्पनीमा काम गर्थे । दुइ वर्षको रोजगार सम्झौता सकिएपछि कम्पनीमा काम नगरी नेपाल आउन कम्पनीविरुद्ध स्थानीय श्रम अदालतमा मुद्दा लडिरहेका थिए,' रावलले भनिन्, 'तर श्यामले सामान चोरेपछि उनीहरूलाई कम्पनीले अनाहकमा मुछिदिए ।'
कम्पनीले उनीहरूलाई सामान चोर्न सिकाएको अभियोग लगाएको छ । ती कामदार यति म्यानपावरमार्फ गएका हुन् । 'हामीले हाम्रोतर्फाट कम्पनीलाई भन्यौं तर मानेनन्,' उनीले भनिन्, 'राज्यका तर्फबाट पहल गर्न दूतावासलाई अनुरोध गर्‍यौं, सहयोग मिलेन ।' फरार कामदारको खाना, बस्न निकै समस्या भइरहेकाले जीवन निकै कष्टकर भएको रावलले बताइन् । परराष्ट्रले भने यो विषयमा मन्त्रालय र रियादस्थित नेपाली दूतावासबीच पत्राचार भइरहेको जानकारी दिएको छ । यही विषयमा परराष्ट्रमन्त्री सुजाता कोइराला र म्यानपावर सञ्चालक रावलबीच कोइराला निवासमा वार्ता भएको थियो ।

No comments:

Post a Comment