जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Monday, January 31, 2011

जिन्दगानी

आँफैलाई कुल्चिएर चल्छ कतै जिन्दगानी
आगो जस्तै सल्किएर जल्छ कतै जिन्दगानी

तर्न खोज्छु नियतिको बाढी उर्लिदिन्छ
बढ्न खोज्छु गन्तब्यको यात्रा
लम्बिदिन्छ
जंघारमा रोकिएर गल्छ कतै जिन्दगानी
सँघारमा ठोकिएर ढल्छ कतै जिन्दगानी

निदरिमा उडी दिन्छ अगेनामै परी दिन्छ
भरोसाका फूल पनि कोपिलामै झरी दिन्छ
सपनाको आकाशमा फल्छ कतै जिन्दगानी
आँफैसँग तर्किएर छल्छ कतै जिन्दगानी

आँफैलाई कुल्चिएर चल्छ कतै जिन्दगानी
आगो जस्तै सल्किएर जल्छ कतै जिन्दगानी

- हरिहर तिमिल्सिना 
यौटै फूल कैले पाउमा कैले शिरमा
कैले फुल्छ खुसीमा त कैले पीरमा

कैले चढ्छ देउतामा कैले लाशमा
कैले बोटमै सुकिजान्छ आशैआशमा

कैले चिसो तुसारो त कैले पोल्ने घाम
त्यसैमाथि कैलेकाहीँ भँमराको डाम

यौटै मान्छे कैले रिसमा कैले मायामा
कैले सधैँ दिन बल्छन् कैले छायाँमा

कैले बास्नै अभिशाप कैले वैरी रूप
च्यातिच्याति फाले पनि हुनुपर्ने चुप

कैले ज्यानै हत्केलामा कैले डालीमा
कोही फाल्छन् गङ्गाजीमा कोही नालीमा

यौटै व्यक्ति कैले काखा कैले पाखैमा
कैले देख्नै नचाहने कैले आँखैमा ।

No comments:

Post a Comment