जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Saturday, January 29, 2011

चुटकिला

होइन अलि तल बाट

तीन देशको प्रधानमन्त्रीहरुको बैठक थियो । अमेरिका , जापान अनि नेपाल ।
अमेरिकाका प्रधानमन्त्री भन्नुहुनछ : हाम्रो देशको मान्छेहरुले आकाश छुने जहाज बनाएका छन् ।
नेपाल र जापानका प्रधानमन्त्री एकै साथ(अच्चम मान्दै) : आकाश छुने जहाज !!
अमेरिकाका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र ।
जापानका प्रधानमन्त्री : हाम्रो देशका मान्छेहरु उफ्रेर चन्द्रमा छुन् सक्छन् ।
नेपाल र अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): चन्द्रमा छुन् सक्छन् !!??
जापानका प्रधानमन्त्री : होइन-होइन अलि तल सम्म मात्र । अब पालो नेपाली प्रधानमन्त्रीको (के भनौ- के भनौ भन्ने सोच्दा-सोच्दै) हाम्रो देशको मान्छेहरुले नाकले खाना खान्छन् ।
जापानका प्रधानमन्त्री अनि अमेरिकाका प्रधानमन्त्री (अच्चम मान्दै): नाकबाट !!??
नेपाल प्रधानमन्त्री : होइन-होइन अलि तल बाट ।

महादेव पार्वतीसँग

एक दिन महादेव पार्वतीसँग बिदा भएर पृथ्बी घुम्न आँटेछन् र हिंड्ने बेलामा पार्वतीलाई मेल गर्दै गर्नु भनेर हिंडेछन् । महादेव डुल्न गएको एक महिना बितिसक्दा पनि पार्वतीको कुनै पनि मेल नआएकोले महादेव के भएछ भनि हिमालय पर्बतमा फर्केछन र पार्वतीलाई सोधेछन्:”मलाई किन मेल नगरेको ?” र पार्वतीले पनि तुरुन्त जवाफ दिइछन्: “तपाईं हिंडेको भोलीपल्ट नै गणेशले mouse लिएर उ पनि भ्रमण गर्न गयो । अनि मैले कसरी मेल गर्नु त ?”

नातिले एउटा सानो धागो, प्वालमा छिराउन लागेको थियो।।
हजुरबा: नाति तैले त्यो धागो त्यसमा छिराउन सक्दैनस्।
नाति: बाजी राखौ न त?
हजुरबा: ल बाजी, सय-सय रुपैँय बाजी।
(नाति भित्र जान्छ र एउटा ईस्प्रे(spray) लिएर आउँछ र धागोमा छरेर सिधा बनाएर त्यस प्वालमा छिराउँछ।)
(हजुरबाले नातिलाई सय रुपैँया दिनुहुन्छ र हजुरबुबाले त्यो ईस्प्रे लिएर जानुहुन्छ र एक घण्टा पछि आउनुहुब्छ र नातिलाई फेरि सय रुपैँया दिनुहुन्छ)
नाति: मैले त पैसा पाइ सके त।
हजुरबा: यो चाहिँ तिम्रो हजुरआमाले दिनुभएको।।।
---------------------------
एकजना ज्वाँई आफ्नि माईत गएर बसेकि श्रीमति लिन भनि ससुरलि गएछन ससुरालिमा ससुराले ज्वँईलाई गफ गरन ज्वाँई गफ गर भनेर निक्कै कर गरेछन् ।
ससुरा : ज्वाँई गफ गर्नुस्न ।
ज्वाँई : खोई के गफ गरौं र ससुरा गफै आउदैन।
ससुरा : होईन केहि कुरा निकालेर गफ गर्नुसन ।
ज्वाँई : मालाई त कुरा निकाल्नै पो आउदैन त बुवा ।
ससुरा : होईन केहि न केहि त कुरा निकालेर गफ गर्नुस ।
ज्वाँई : ससुरा यस पालि त खेतिपति पनि मजाले सप्रियो भित्र्याउनलाई पनि निक्कै गारो         भयो फेरि एक्लै मान्छे  अनि मैले ता स्यालको पनि पुच्छारमा हँसिय झुन्ड्याई दिएँ    त्यसपछि त स्याल्ले पनि धान काट्यो मैले पनि काटेँ बल्ल बल्ल खेति भित्र्याई सकेर  ससुरालि तिर आएको ।
ससुरा : अचम्म मान्दै हँ स्याल्ले पनि धान काट्छ र ?
ज्वाँई : गफै त हो नि ससुरा ।
-------------------------------
सर : राम तिमि भन त हाम्रो देशमा बोलिने विभिन्न भाषाहरुमा के समानता छ ?
राम : सर सबै भाषाहरु मुखबाट नै बोलिन्छ ।
-------------------------------------------------
छोरा: आमा आज मेरो साथी आउदैँ छ....... घरमा भएका खेलौना सबै लुकाइदिनु।।
आमा: किन तिम्रो साथी चोर छ र?
छोरा: होइन त्यसले आफ्नो खेलौना चिन्न सक्छ!!!!!!
-------------------------------------------------


 

No comments:

Post a Comment