जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Thursday, February 10, 2011

खोजी प्रतिभामा धरानकी रविना

धरान । 

धरान ७, शान्तिपथकी २० बर्षीया रविना श्रेष्ठ सानै उमेरदेखि नाच्न भनेपछि हुरुक्कै हुन्थिन् । नृत्यप्रतिको त्यही रुचि र लगावले उनी अहिले खोजी प्रतिभा नामको प्रतियोगितात्मक टेलिभिजन कार्यक्रमा टप ६ मा पुग्न सफल भएकी छिन् ।
प्रतियोगिताको उपाधि जित्न रविनालाई अब आफ्नो क्षमता भएर मात्र पुग्दैन, उनको नृत्य क्षमतासागै शुभचिन्तकहरुबाट एसएमएसको पनि आवश्यकता छ । यतिबेला उनी आफ्ना शुभचिन्तकहरुबाट एसएमएस आउने आशामा छिन् । ‘आइतबारसम्म जसको कम एसएमएस भोट आउछ, उ प्रतियोगिताबाट बाहिरिनुपर्छ, त्यसैले मलाई पनि धेरै भन्दा धेरै एसएमएसको खााचो छ’—हाल काठमाण्डौंमा रहेकी रविनाले भनिन् । गायन, अभिनय र नृत्य विद्यामा भईरहेको प्रतियोगितामा उनी नृत्यबाट सहभागी
भएकी हुन् । ‘मलाई एसएसएस गर्न मोवाइलबाट kpd स्पेश 10 टाइप गरेर 3264 मा पठाउनुपर्छ, मलाई एसएमएस भोट दिन सबैलाई आग्रह गर्दछु’—रविनाले भनिन् । प्रतियोगिताको फाइनल आगामी चैत १ गते हुदैछ ।
हाल धरानको सगरमाथा कलेजमा ११ मा पढ्दै गरेकी रविना सानै उमेरदेखि नृत्य गर्न रुचाउाथिन् । उनको त्यही रुचि उमेरसागै बढ्दै गयो र क्रमश: नृत्यमा पारंगत पनि हुदै गइन् । नृत्यसागै उनी मोडलिङमा पनि उतिकै लागिपरेकी रविनाले थुप्रै स्टेज कार्यक्रमहरुमा नृत्य क्षमता प्रस्तुत गरिसकेकी छिन् भने फेशन शोहरुमा र्याम्पमा पनि उत्रिएकी छिन् । खोजी प्रतिभामा सहभाग भएकै समयमा पनि निर्णायक रेनशा राईले उनलाई पोखरा, बुटवल, नारायणघाटलगयतका शहरमा स्टेज कार्यक्रममा नृत्य प्रस्तुत गर्ने अवसर जुटाइदिएकी थिइन् ।
भविष्यमा पनि नृत्य, मोडलिङसागै चलचित्रमा अभिनय गर्ने चाहना रहेको उनी बताउछिन् । ‘नृत्य, मोडलिङ क्षेत्रलाई निरन्तर अघि बढाउछु, फिल्मक्षेत्रमा जाने पनि चाहना छ’—उनले भनिन्—‘मेरो क्यारियरको लागि खोजी प्रतिभाको उपाधि महत्वपुर्ण हुन्छ, त्यसैले एसएमएस दिन सबैमा आग्रह गर्दछु
Enhanced by Zemanta

No comments:

Post a Comment