जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 9, 2011

मास हिस्टेरियाले विद्यालय बन्द

२७ माघ, दोलखा 

छात्राहरु एक्कासी बिरामी परेपछि दोलखाको हावा गाविसस्थित अम्बिका निम्न माद्यमिक विद्यालय तीन दिनका लागि बन्द भएको छ । छात्राहरुमा हात बाँध्ने, र्‍याल र फिँज काड्ने, काम्ने र चिच्याउने जस्ता लक्षण देखिएपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक बेदबहादुर महतले जानकारी दिनुभयो ।
कक्षा ३ देखि ५ सम्म अध्ययन गर्ने १० देखि १५ बर्ष उमेर समूहका छात्राहरु बिरामी परेका हुन् ।
जिल्ला स्वास्थ्य कार्यालय दोलखाका प्रमुख ईन्द्रप्रसाद यादवले लक्षणअनुसार छात्राहरुमा ‘मास हिस्टेरिया’ हुनसक्ने आशंकामा रोग प्रभावित क्षेत्रमा औषधिसहित स्वास्थ्यकर्मीको टोलि पठाइएको जानकारी दिनुभयो ।
हावा उपस्वास्थ्य चौकीका लामो समयदेखि अहेवको दरवन्दि रिक्त रहेका कारण बिरामी छात्राहरुको उपचारमा समस्या भएको छ । मातृ शिशु कार्यकर्ता मिरा सुनुवारको भरमा उपस्वास्थ्य चौकी चल्दै आएको छ

No comments:

Post a Comment