जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 9, 2011

काठमाडौंमा लाशको ब्यापार, एउटा लाशको मूल्य साढे सात हजार !

 काठमाडौंमा

नेपालका चेलीहरु भारतमा बेचिन्छन् । बालबालिकाहरु सर्कसका लागि बेचिन्छन् । नेपालमै पनि शरिर बेचेर पैसा कमाउनेहरु कैयन छन् । यो त ज्यूदो शरिरको ब्यापार भयो । तर काठमाडौंमा लाशको पनि ब्यापार हुन्छ । कानुन त भन्छ – लाशको किनबेच अपराध हो । तर यसको परवाह नगरी किनबेच भइरहेको छ । एउटा लाशको मूल्य साढे सात हजार तोकिएको छ । लाश बेच्ने निश्चित स्थान छ ।  विशेष रिपोर्ट । 
काठमाडौंमा ज्यूदा मान्छेको मात्र होइन, लाशको पनि ब्यापार हुन्छ । मान्छे मरेपछि लाशको दाहसंस्कार गरिनुपर्ने हो । तर लाशको ब्यापार हुन्छ । जिउदो हुंदा मूल्य नपाएकाहरुको पनि मरेपछि मूल्य तोकिन्छ । मृत्युपछि उनीहरुका लाशको मोलतोल हुने गरेको छ । त्यो लाशको मूल्य धेरै पर्दैन । एउटा लाशको मूल्य जम्मा साढे सातहजार । काठमाडौंको महाराजगंजबाट लाशको ब्यापार हुन्छ । यो कुनै आपराधिक गिरोहले संचालन गरेको ब्यापार व्यवसाय होइन । सुन्दा अचम्म लाग्न सक्छ, त्यहांबाट लाशको खुल्लमखुल्ला व्यापार भइरहेको छ । हो, तपाईहरु उपचारका लागि भन्दै जाने महाराजगंजको शिक्षण अस्पतालले नै लाशको ब्यापार गर्दै आइरहेको छ । महाराजगंजको शिक्षण अस्पताल बिरामीको उपचार गर्ने स्थलमात्र होइन, लाशको ब्यापार गर्ने पसल समेत बनेको छ ।
यहीं अस्पतालले तोकेको हो, एउटा लाशको मूल्य साढे सात हजार । त्यसैले लाश किन्न चाहनेहरुले अस्पतालमा साढे सातहजार बुझाउंछन् । र, आफूलाई मनपर्ने लाश छानेर लिन्छन् । लाश किन्नु भन्दा अगाडि कतिवटा लाश र कस्ता लाश चाहिएको हो भन्नेबारेमा विवरण खुलाएर पेश गर्नुपर्ने हुन्छ । अनि बेच्नेलाई विवरण चित्त बुझेमा मात्र ग्राहकले लाश किन्न पाउंछ । शिक्षण अस्पतालबाट किनिएका लाश धरान, पोखरा लगायतका स्थानमा लगिने गरिएको छ । बेच्नेहरु जस्तै किन्नेहरु पनि प्रतिष्ठीत नै हुन् । लाश किन्नेको सुचीमा कान्तिपुर डेन्टल कलेज, पिपुल्स डेन्टल कलेज, बिपी कोइराला मेमोरियल कलेज, नेपाल मेडिकल कलेज, काठमाडौं मेडिकल कलेज, धुलिखेल मेडिकल कलेज, पोखराको मनिपाल मेडिकल कलेज लगायत छन् ।
यसरी शिक्षण अस्पतालबाट लाशको ब्यापार हुन थालेको वर्षौ भइसक्यो । लाश बेचेबापत अस्पतालले पैसा पनि कमाउदै आएको छ । त्यसैले लाशको ब्यापार अस्पतालका लागि आम्दानीको श्रँेत भएको छ ।
सडक पेटीमा, मन्दिरको आशपासमा , अस्पतालको आशपासमा भेटिने वेवारिसे लाश प्रहरीले उठाएर महाराजगंजको शिक्षण अस्पताललाई बुझाउछ । हरेक वर्ष दर्जनौं यस्ता लाश भेटिन्छन् काठमाडौंमा । प्रहरीको तथ्यांक अनुसार काठमाडौंमा हरेक महिना सातवटाको हाराहारीमा यस्ता लाश भेटिने गरेका छन् । लाश शिक्षण अस्पतालमा लगेपछि बढीमा ३५ दिनसम्म राखिन्छ । त्यसपछि बिक्री गरिन्छ । अस्पताल लगिएका लाशमध्ये केही क्षतविक्षत अवस्थामा हुन्छन् । कामै नलाग्ने अवस्थामा रहेका यस्ता लाशको दाहसंस्कार गरिन्छ भने सग्ला लाश ब्यापारको लागि राखिन्छ । यसरी लाश बेचेर मात्र शिक्षण अस्पतालले मासिक ३० हजारसम्म आम्दानी गर्दै आएको छ ।
शिक्षण अस्पतालबाट मेडिकल कलेजमा विद्यार्थीको अध्ययनका लागि लाश लगिने गरिन्छ । कालगतिले मृत्यु भएकाहरुको लाश विद्यार्थीको प्रयोगात्मक अध्ययनको लागि उपयुक्त मानिन्छ । तर यस्ता लाशको बिक्रि गैरकानुनी रहेको र लाशको बिक्रि गर्नु अपराध रहेको बताउंछन् कानुनविद्हरु । कानुनविद्हरुका अनुशार यसरी लाश बेच्ने र किन्ने दुबैले अपराध गरिरहेका छन् । तर अस्पतालका अधिकारीहरु भने लाश बेच्न पाउनु कानुनी रहेको दाबी गर्छन् । कानुनविद्हरुका अनुशार यसरी वेवारिशे लाश बेच्ने व्यवस्था न मुलुकी ऐनमा छ न चिकित्सा नियमावलीमा । मुलुकी ऐनमा नै नभएको विषयलाई अस्पतालका अधिकारीहरु भने कानुनी बताउछन् । अधिवक्ता कुन्छाङ लामाका अनुसार कसैको मृत्युअघिको मन्जुरी बिना यसरी प्रयोगशालाका लागि लाश बेच्नु अपराध नै हो । लाश प्रयोगशालामा लैजानका लागि मृत्यु अगाडि त्यो व्यक्तिसंग अनुमति लिन जरुरी छ । कानुन व्यवसायी र अस्पतालका अधिकारीहरुबीच कानुनी व्यवस्थाका बारेमा बाझिएको मत कहिले टुंगो लाग्ने हो , ठेगान छैन ।

No comments:

Post a Comment