जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Tuesday, February 8, 2011

३४ जना नेपाली इराकमा अलपत्र {प्रवास}

२५ माघ, काठमाडौं 
 
 काम लगाइदिने भनी नेपालबाट इराक लगिएका ३४ जना नेपाली इराकमा अलपत्र परेका छन् । नेपाल र इराकका दुवै दलाल सम्पर्कविहीन रहेको पीडितका आफन्तले बताएका छन् ।
उनीहरूको पासपोर्टसमेत लिएर दलालहरू गायब भएको सम्पर्कबाट जानकारी पाएको पीडितका आफन्त डीपी पोखरेलले बताउनुभयो । कुन वैदेशिक रोजगार कम्पनीबाट इराक पुर्‍याइएको हो भन्नेसमेत आफूलाई राम्रोसँग जानकारी नभएको बताउँदै पोखरेल भन्नुहुन्छ, ‘जानुभन्दा दुई दिनअघि मात्र भाइले जान लागेको बतायो, कसरी सबै थाहा पाउनु ?’
जैसीथोक-५ गुल्मीका भरत पोखरेल, दीपेन्द्र पोखरेल र आत्माराम पोखरेलसहित अन्य चारजनालाई गत पुस ८ गते नेपालबाट लगिएको पीडित भरत पोखरेलका दाजु डीपी पोखरेलले जानकारी दिनुभयो । एउटै गाउँका तीन पोखरेल दाजुभाइमध्ये दीपेन्द्र र आत्मारामलाई काममा लगाइदिन लगिएको जानकारी दिँदै उनीहरू पनि सम्पर्कमा नआएको र भरत पोखरेलको पासपोर्टसमेत खोसेर दलाल फरार रहेको फोन सम्पर्क हुँदा भरतले जानकारी दिएको पोखरेल बताउनुहुन्छ ।
पीडितका दाजु पोखरेलले भाइसँग भएको फोन सम्पर्कबाट उनका भाइसहित ३४ जनालाई अलपत्र अवस्थामा कन्टेनरमा छोडिएको र खानेकुरासमेत नदिएको उल्लेख गर्नुभयो । कहाँबाट कसकसले उनीहरूलाई त्यहाँ ल्याएको भन्नेबारेमा विस्तृत जानकारी भइसकेको छैन । इराकको कुन ठाउँमा पुर्‍याइएको छ भन्नेसमेत थाहा नभएको पीडितका दाजु पोखरेल बताउनुहुन्छ । पीडितका दाजु पोखरेलले भाइले आफूलाई लैजाने मान्छेलाई देव दाइ भन्ने गरेको मात्र थाहा भएको बताउँदै भन्नुभयो, ‘पूरा नाम थाहा छैन ।’
दुबईसम्म भ्रमण भिसा भएको र पुस १० गते बिहान ११ बजे दुबई एयरपोर्टको टर्मिनल दुईबाट इराक लगिएको डीपी पोखरेलले बताउनुभयो ।
परराष्ट्र मन्त्रालयका सहप्रवक्ता हरिश्चन्द्र घिमिरेले यसबारेमा मन्त्रालयलाई कुनै जानकारी नभएको बताउँदै घिमिरेले भन्नुभयो, ‘जानकारी पाउनेबित्तिकै उद्धारका लागि प्रयत्न गर्छौं ।’ कुन वैदेशिक रोजगार कम्पनीले कसरी लगेको हो, पूर्ण जानकारी हुनुपर्ने घिमिरे बताउनुहुन्छ । समस्यामा परेको जानकारी भएमा पाकिस्तानमा रहेको नेपाली राजदूतावासबाट उद्धारकार्य अगाडि बढाइने सहप्रवक्ता घिमिरेले स्पष्ट पार्नुभयो ।
इराकमा कामदारका रूपमा नेपालीलाई वैधानिक रूपमा पठाउने व्यवस्था छैन । यद्यपि अवैधानिक रूपमा त्यहाँ गएका नेपालीलाई वैधानिकता दिने निर्णय भइसकेको बताइएको छ ।

No comments:

Post a Comment