जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 11, 2011

एडिएसएसलको स्पिड बढ्ने

काठमाडौं, माघ  (नागरिक) – 

घरमा १२८ किलोबिट प्रतिसेकेन्ड स्पिडको एडिएसएल सेवा लिनुभएको छ भने फागुनदेखि स्पिड बढ्नेछ। टेलिकमले आगामी फागुनदेखि १२८ केबिपिएसको एडिएसएलमा थप महसुल नलिई १९२ केबिपिएस दिने भएको छ।
सातौं वार्षिक उत्सवका अवसरमा टेलिकमले एडिएसएल सेवामा उपभोक्तालाई थप सुविधा दिने योजना ल्याएको हो। १२८ केबिपिएसको एडिएसएल इन्टरनेटलाई उपभोक्ताले अहिले मासिक ९ सय (कर समेत १ हजार १७ ) रुपैयाँ तिर्नुपर्छ। फागुनदेखि
यही महसुलमा टेलिकमले १९२ केबिपिएस ब्यान्डविथ उपभोक्तालाई दिनेछ।
२५६ केबिपिएसको एडिएसएलमा पनि टेलिकमले ब्यान्डविथ बढाएर ३८४ केबिपिएस दिने भएको छ। अहिले २५६ केबिपिएसलाई टेलिकमले मासिक १ हजार ६ सय ९५ रुपैयाँ महसुल लिन्छ। यही महसुलमा टेलिकमले ग्राहकको ब्यान्डविथ बढाउने योजना ल्याएको हो।
 तोकिएको ब्यान्डविथ (भोलुम बेस) एडिएसएलअन्तर्गत ६ सय ६० रुपैयाँमा २ जिबीबाट बढाएर ३ जिबी बनाउने निर्णय टेलिकमले गरेको छ। १ हजार ६० रुपैयाँमा ४ जिबी उपलब्ध गराएकोमा फागुनदेखि ६ जिबी बनाइएको छ।
 टेलिकमका एडिएसएल इन्टरनेट उपभोक्ता ५५ हजार छन्। एडिएसएल सेवा ल्यान्डलाइन टेलिफोनबाट एकैपटक चल्ने प्रविधि हो। यो सेवा अहिले ७५ जिल्ला पुगिसकेको छ।
 टेलिकमले ग्राहकको ब्यान्डविथ बढाउने घोषणा गरे पनि तोकिएअनुसार अहिले पनि नचल्ने गुनासो छ। हाल टेलिकमले १२८ केबिपिएस ब्यान्डविथ कम्तिमा आठजनालाई बाँडेर दिइरहेको छ।

No comments:

Post a Comment