जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 11, 2011

केटी लिएर पूर्वमन्त्री बेपत्ता

एमालेका पोलिटव्युरो सदस्य एवं निवर्तमान सामान्य प्रशासन मन्त्री रविन्द्र श्रेष्ठ वेपत्ता हुनुभएको छ । माधव नेपाल नेतृत्वको सरकारमा मन्त्री रहेका श्रेष्ठ गत माघ २३ गतेदखि सम्पर्कमा नआएपछि उहांको परिवारले आज एमाले पार्टी कार्यालयमा जानकारी गराई खोजी दिन माग गरेको छ । श्रेष्ठका परिवारले एमाले सचिव युवराज ज्ञवालीलाई भेटी उहांको खोजी गरिदिन आग्रह गरेको स्रोतको भनाइ छ ।

ज्ञवालीले घटनाबारे गृहमन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराइसक्नुभएको बुझिएको छ । पार्टी स्रोतका अनुसार, श्रेष्ठ केही दिन अघि पुल्चोकस्थित मन्त्री क्वाटरबाट कसैलाई थाहा नदिइ बाहिरिनुभएको थियो । श्रेष्ठले काठमाडौं मोर्डन कलेजमा अध्ययनरत सुभेच्छा श्रेष्ठलाई भगाएर हिडेको जानकारी प्राप्त भएको छ । धादिङकी सुभेच्छासंग पछिल्लो
समय उहांको हिमचिम बढेको थियो । माओवादीले युद्धकालमा पार्टी हित विपरित कार्य गरेको भन्दै कारवाही गरेपछि निष्क्रिय भएका श्रेष्ठ संविधानसभा निर्वाचन अगाडी एमालेमा प्रवेश गर्नुभएको थियो । एमाले प्रवेशपछि श्रेष्ठ नेता माधवकुमार नेपालको विश्वासपात्र हुनुभएको थियो । नेपालले संविधानसभा निर्वाचनको प्रचारमा समेत सक्रिय बनाउनुभएको थियो । साधा जीवन जिउने भन्दै मन्त्री भएका बेला सरकारी सुविधाको गाडी नचढी श्रेष्ठले मोटरसाइकल चढ्नुभएको थियो ।

No comments:

Post a Comment