जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Friday, February 11, 2011

ज्ञानेन्द्रकी छोरीसँग एक करोड माग्नेलाई तीन वर्ष जेल

पूर्व राजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणासँग एसएमएस मार्फत मार्ने धम्की दिएर एक करोड रुपैयाँ माग्ने राजेश हमाललाई अदालतले तीन वर्ष कैद र २५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।
रुकुम घर भएका हमाललाई काठमाडौ जिल्ला अदालतले यस्तो सजाय सुनाएको हो । उनलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कैद र जरिवाना सजाय सुनाएका हुन् । दुई वर्ष अघि कात्तिक २४ गते आफ्नी प्रेमिका प्रतिक्षारत्न शाहसँग
प्रेरणाको मोबाइल नम्बर लिएर हमालले एक करोड नदिए श्रीमान् राजबहादुर िसंह र छोरालाई मार्ने धम्की दिएका थिए ।

दाङ घर भएकी प्रतिक्षारत्न प्रेरणाकी पूर्व स्वकीय सचिव हुन् । हमालले ९८०८३१८०३१ नम्बरको मोवाइलबाट- प्रेरणा सरकार । नमस्कार तपाईले हाम्रो पार्टीलाई सहयोग गर्नु पर् यो । तपाईको सचिवलाई मेरो मोबाइल नम्बर दिएर एक करोडका साथ गोदावरी पठाउनु होला । नत्र तपाईका श्रीमान् राजबहादुर िसंह र छोराको मौत हुनसक्छ भन्ने एसएमएस पठाएका थिए ।
हमाललाई प्रहरीले मंसिर १ गते काठमाडौको गोपीकृष्ण हल नजिकबाट पक्राउ गरेको थियो ।

हमालले भने आफ्नो कुनै पार्टी नभएको बताएका छन् । उनले यासा्रगुम्बा व्यापारमा भएको घाटा र विवाह खर्च जुटाउन पैसा मागेको बयान दिएका छन् । प्रतीक्षालाई भने अदालतले सफाई दिएको छ ।

No comments:

Post a Comment