जोन डब्लु वार्डनर - आजभोलि शिक्षा अप्रभावकारी छ । हामीले केटाकेटीलाई आफैँ फूल रोप्न सिकाउनुभन्दा तयारी फूल काटेर दिइरहेका छौँ । रोगर लिविन - मान्छे यदि गरिब घर मा जन्मिन्छ भने त्यो मान्छे को दोष होइन, यदि मान्छे गरिब भएर मर्छ भने त्यो चाही मान्छे को दोष हो!!!

Wednesday, February 23, 2011

अभिभावकमै निर्भर सन्तानको भविष्य

संगीता रौनियार 

विवाहपछि प्रत्येक नारीलाई मातृत्व सुखको चाहना हुन्छ । घर-आागनमा स-साना बालबालिकाको तोतेबोली गुञ्जियोस् भन्ने चाहना परिवारका सदस्यहरूको हुन्छ । तिनै बालबालिका यौवनावस्थामा पुगेपछि भने सपना पूरा भएको अनुभव हुन्छ । भनिन्छ-युवावस्थामा पुगेका छोराछोरीलाई आमाबुवाले साथीसरह व्यवहार गर्नुपर्छ तर हाम्रो त्याग, तपस्या, मायामा कतै केही न केही कमी-कमजोरी हुन्छ । सम्भवतः त्यसैले हाम्रा सन्तान आफ्नै अभिभावकलाई ढााट्ने, छल्ने आदि व्यवहार गर्न
थाल्छन् । कुलतमा फसेर आफूसागै परिवारलाई पनि कलङ्कति तुल्याउँछन् ।

अहिले महानगर मात्र नभएर गाउा-सहरका स्कुल-कलेजका कतिपय छात्रछात्रा अध्ययनको साटो गलत बाटोमा लागेका पाइन्छन् । कलेजका विद्यार्थीहरूमा पान, पराग, गुट्का, चुरोट, रक्सी, खैनी आदिको दुव्र्यसन बढ्दो छ । पश्चिमी सभ्यताको अन्धानुकरण गर्दै प|mेन्डसीप बढाउने निहुामा नयाा-नयाा खाले जोखिम मोल्न तयार हुन थालेका छन्-उनीहरू । मित्रता बढाउनु नराम्रो कुरा होइन । कृष्ण र सुदामा तथा दुर्योधन र कर्णको मित्रतालाई युगौंदेखि उदाहरण दिइन्छ । हिजोआज भने मित्रतामा शोषण र षड्यन्त्रको गन्ध आउन थालेको छ । नयाा शब्द 'डेटिङ' का नाममा युवतीहरूको यौन तथा मानसिक शोषण भैरहेको जानकारी विभिन्न मिडियाद्वारा पाइन्छ । युवाहरूले 'डेटिङ' को सामाजिक मर्यादा नाघ्न थालेका छन् । युवतीहरू कसैसाग बाइकमा च्यापिएर बस्नु र स्वच्छन्द रूपमा घुम्नु, आधुनिक पहिरनमा सिंगारिएर मस्ती गर्नु कस्तो स्वतन्त्रता हो ? हो महिलाहरूलाई मात्र होइन, कसैलाई पनि बन्धनमा बााध्नु हुादैन । यद्यपि स्वतन्त्रताको अर्थ छाडापन होइन भन्ने कुरा सबैले ख्याल गर्नुपर्छ । 'डेट' को वास्तविक अर्थ एक अर्कालाई बुझ्नु हो ।

छोराछोरी छाडा हुनुमा आमाबुवा पनि कम दोषी छैनन् । उनीहरू छोराहरूको व्यक्तित्व निर्माणका लागि व्यक्तिगत स्वतन्त्रताको समर्थन त गर्छन् तर स्वयं अभिभावकको भूमिका के हो बिर्सन्छन् । उनीहरू छोरीलाई 'डेटिङ' को अर्थ नबुझाई केटासाग घुम्न जाने अनुमति दिन्छन् । यसको परिणाम सबै अवस्थामा राम्रो हुन्छ भन्न सकिादैन ।

विदेशका केटाकेटीले एउटा निश्चित तारिख र समय तोेकेको ठाउामा भेटघाट गरेर मित्रता बढाउनुपर्छ भन्ने कुरा बुझेका छन् । हाम्रो देशमा भने एकान्त भेटियो भने अर्कै कुराको सुरुवात हुन थाल्छ । राजधानीका विभिन्न पार्क अनि रेस्टुरााहरूमा युवा-युवतीको अश्लील व्यवहार लाजमर्दो हुन्छ । के यही हो डेटिङ ?

हामीकहाा 'डेट' मा जाने युवाहरूको सोच युवतीले मानेकी छे अब जे गर्दा पनि हुन्छ भन्ने हुन्छ । 'डेट' मा युवतीले जब यौनक्रियाकलाप अघि बढाउने प्रस्तावको विरोध गर्छे तब युवाको व्यवहार नकारात्मक हुन्छ । परिणामस्वरूप कहिलेकाहीा 'डेट रेप' तथा हत्याजस्तो जघन्य अपराध हुन्छ । कहिलेकाहीा युवाहरू साथीसाग योजना बनाएर युवतीलाई फसाउाछन् । उनीहरूले नशा ख्वाएर सामूहिक बलात्कार गर्नुका साथै अश्लील चलचित्र बनाएर युवतीलाई जीवनभर मानसिक यातना दिन पछि पर्दैनन् । कुनै औषधि पेय पदार्थमा मिसाएर पिलाए मानिस बेहोस हुनसक्छ । हिाजोआज यो रङ्गहीन र गन्धहीन नशा नाइट क्लब र डिस्कोमा खुल्ला रूपमा प्रयोग हुन थालेको छ । यो नशाको बिक्री इन्टरनेट र मेल अर्डरबाट पनि भैरहेको छ ।

काठमाडौंको सुन्धारास्थित एक डिस्कोथेकमा ३ सय ६५ जना छात्रछात्रा स्कुलकै पहिरनमा नाचगान र नशा सेवन गरेको स्थितिमा पक्राउ परे । नाम चलेका क्याम्पस एवं +२ का विद्यार्थी बिहानी सत्रको पढाइ नै नसकी डिस्कोथेकमा पुग्छन् त्यो पनि स्कुल-कलेजको पहिरनमा । नाचगान मात्र होइन, चुरोट र नशालु पदार्थ सेवन गरेर रमझममा मस्त विद्यार्थीहरूलाई प्रहरीले समात्दा कति विद्यार्थी लजाएका थिए भने कति निर्लज्ज हाास्दै क्यामेरा फेस गरिरहेका थिए । छात्रछात्राको यस्तो स्थितिको जिम्मेवार शिक्षकहरूसागै अभिभावक अनि सम्पूर्ण समाज हो । आजका अभिभावकसाग समय छैन । आधुनिकताको लहैलहैमा उनीहरू छोराछोरीलाई बाइक, महागा मोबाइल आदि दिइरहेका छन्, तर छोराछोरीले के गरिरहेका छन्, उनीहरूको संगत कस्तो छ, उनीहरूलाई थाहा हुादैन । छाडापन र स्वतन्त्रता फरक कुरा हुन् । बालबालिकाका लागि घर प्रथम पाठशाला हो र आमाबुवा प्रथम शिक्षक-शिक्षिका । कलेज र स्कुलका पनि केही कमजोरी छन् । नैतिकताको पाठ सिकाउने विद्यालयमा विद्यार्थीहरू कस्तो पाठ सिकिरहेका छन् ? खुल्ला संस्कृतिका कारण विकृति मौलाउादैछ । बढ्दो उमेरका सन्तानमा नैतिक चरित्र निर्माण गरेर नीतिगत जीवनयापनको पाठ सिकाउनुपर्छ । एक दिनको मस्ती र सन्तुष्टि जीवनभरको दुःख र बोझको कारण बन्नु राम्रो होइन ।

जीवन सुधारेर करिअर बनाउने उमेरमा कुलतमा लागेर बर्बादी र बदनामीबाहेक केही पाइादैन । समय कहिल्यै फर्केर आउादैन । राम्रा कुरामा विदेशी सभ्यताको नक्कल गर्नुपर्छ । हाम्रो आफ्नो सभ्यता र संस्कृति यति राम्रो छ कि हामीले अरूको नक्कल नगर्दा पनि हुन्छ । यस्ता मामिलामा विशेष गरी आमाको भूमिका महत्वपूर्ण हुन्छ ।

 आमाहरूले सन्तानलाई राम्रो संस्कार सिकाउनुपर्छ । छोराछोरीलाई स्वतन्त्रता दिनुपर्छ तर सीमाभित्र । यसका निम्ति आफूले पनि आचरणमा सुधार ल्याउनुपर्छ । आमाबुवाको व्यवहारको असर सन्तानमा पर्छ । हरेक आमाबुवाले सन्तानलाई आदर्श र सभ्य नागरिक बनाउन पहल गर्नुपर्छ ताकि उनीहरू गर्व गर्न योग्य हून् अनि उनीहरूको कामले आफूले मुख छोप्नुपर्ने स्थिति नआओस् ।

No comments:

Post a Comment